प्रहरी निरीक्षकद्वारा पत्रकारमाथि दुव्र्यवहार, प्रेस चौतारीको विरोध

  • वैशाख २९, २०८२
  • समृद्धिपथ
alt

सिराहा, वैशाख २९ गते । प्रहरी निरीक्षक राज यादवद्वारा पत्रकार सुरेश रायमाथि गरिएको अमर्यादित, अपमानजनक र धम्कीपूर्ण व्यवहारप्रति प्रेस चौतारी नेपाल, सिराहा शाखाले गम्भीर आपत्ति जनाउँदै विरोध जनाएको छ।

हिमालय टेलिभिजन र रातोमसि डटकमका सिराहा संवाददाता राय आइतबार गोलबजार–४ स्थित वर्धमान अस्पतालमा सुत्केरी महिलाको मृत्युसम्बन्धी घटनाको रिपोर्टिङ गर्न जाँदै गर्दा इलाका प्रहरी कार्यालय गोलबजार अगाडि प्रहरी निरीक्षक यादवले मोटरसाइकल रोकी हेल्मेट नलगाएको भन्दै पत्रकारलाई दुर्व्यवहार गरेको हो।

प्रत्यक्षदर्शीका अनुसार, निरीक्षक यादवले रायलाई "हेल्मेट लगाउन आउँदैन? सिकाउनुपर्छ? सिकाइदिउँ?" भनेर अपमानजनक भाषा प्रयोग गर्नुका साथै "मुख–मुखै लाग्छस्, बढी बोल्छस्" भन्ने धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए।

प्रेस चौतारीले सोमबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा यस्तो व्यवहार प्रेस स्वतन्त्रतामाथिको खुला हमला भएको स्पष्ट उल्लेख गरिएको छ। "प्रहरीजस्तो जिम्मेवार निकायबाट यस्तो व्यवहार हुनु लोकतन्त्र र विधिको शासनका लागि दुर्भाग्यपूर्ण हो," विज्ञप्तिमा भनिएको छ।

प्रेस चौतारी नेपाल, सिराहा शाखाका अध्यक्ष शिवकुमार साहद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको तत्काल र निष्पक्ष छानबिन गरी दोषी प्रहरी निरीक्षकमाथि कडा अनुशासनात्मक कारबाही गर्न माग गरिएको छ। साथै, पत्रकार सुरक्षाको प्रत्याभूति र यस्ता घटनाको पुनरावृत्ति रोक्न सबै सरोकारवालालाई सजग र जिम्मेवार बन्न आग्रह गरिएको छ।

अध्यक्ष साहले घटनालाई सामान्य रूपमा नलिने स्पष्ट संकेत दिँदै पत्रकारमाथिको दमनविरुद्ध दृढरूपमा प्रतिवाद गरिने बताएका छन्।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A