लहानमा ‘फेमिली डेन्टल क्लिनिक’ सञ्चालनमा, नगरप्रमुख चौधरीद्वारा शुभारम्भ

  • जेठ १५, २०८२
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लाहान, जेठ १५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लाहान-३ स्थित अस्पताल चोकमा नवनिर्मित ‘फेमिली डेन्टल क्लिनिक’को उद्घाटन गरेका छन्। बिहीबार एक विशेष समारोहबीच नगरप्रमुख चौधरीले रिबन काटेर क्लिनिकको औपचारिक शुभारम्भ गरेका हुन्।

स्वस्थ दाँत तथा मुख स्वास्थ्यप्रति जनचेतना र पहुँच वृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको उक्त क्लिनिकले आधुनिक प्रविधियुक्त उपकरणमार्फत सेवा प्रदान गर्ने जनाएको छ। 

क्लिनिकका सञ्चालक डाक्टर मो. अफरोजले आधुनिक उपकरण तथा प्रविधिको प्रयोगमार्फत गुणस्तरीय सेवा दिने उद्देश्यसहित क्लिनिक सञ्चालनमा ल्याइएको जानकारी दिए। उनका अनुसार क्लिनिकमा दाँत दुख्ने, फुल्ने, झार्ने, रुट क्यानाल, ब्रेसेस जडान, स्केलिङ, एक्स-रेलगायत सम्पूर्ण डेन्टल सेवाहरू उपलब्ध छन्।

20250529_092948

उद्घाटन समारोहमा बोल्दै मेयर चौधरीले लाहानमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारको आवश्यकता औंल्याउँदै निजी क्षेत्रबाट गरिने यस्ता लगानी र सेवाका प्रयासले लाहानवासीलाई आवश्यक स्वास्थ्य सेवा घरमै उपलब्ध गराउन मद्दत पुग्ने बताए।

स्वास्थ्य क्षेत्रको सुधारमा निजी क्षेत्रको योगदान महत्वपूर्ण छ। यस्तो क्लिनिकले नागरिकको जीवनस्तर उकास्न भूमिका खेल्ने बताउँदै स्वास्थ्य नागरिक नै समृद्ध नगरको आधार हुन्। यस किसिमका क्लिनिकले जनतालाई सहज र स्तरीय सेवा उपलब्ध गराउने विश्वास लिएको बताए।

क्लिनिकले सेवा सुरु गरेसँगै स्थानीय बासिन्दाहरूले अब सस्तो, भरपर्दो र विशेषज्ञ सेवा पाउने विश्वास गरिएको छ। उद्घाटन कार्यक्रममा नगरका जनप्रतिनिधि, समाजसेवी, स्वास्थ्यकर्मी, व्यापारी तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।

20250529_093920 20250529_092954

मधेस प्रदेशलाई सुख्ख ...

समृद्धिपथ दैनिक सिरहा, असार २८ । मधेस प्रदेश सरकारले म ...

आदिकवि भानुभक्त आचार ...

— समृद्धिपथ दैनिक, लहान लहान, असार ३० । आदिकवि भ ...

मानव अधिकार एलायन्स ...

फिरोज सिद्दिकी  लहान, असार ३० गते। राष्ट्रिय मानव ...

लागुऔषधसहित दुई जना ...

लहान, असर २० गते । सिरहाको लहान नगरपालिका वडा नं. ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A