दुई मिनि टिफर काठसहित नियन्त्रणमा, तस्करीको आशंका

  • असार ३, २०८२
  • समृद्धिपथ
alt

३ असार, लहान । सिरहा प्रहरीले काठसहितका दुई वटा मिनि टिफर नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाले सोमबार राति करिब १० बजे मिर्चैया–कटारी सडकखण्डअन्तर्गत मिर्चैया नगरपालिका–७, फुलबरियाबाट ती गाडीहरू नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा कटारीतर्फबाट मिर्चैयातर्फ काठ ल्याइँदै गरेको थाहा पाएपछि सवारी जाँचका क्रममा म.प्र.०३–००१ च.७१४४ र अर्को एउटा मिनि टिफर गाडी नियन्त्रणमा लिइएको हो। गाडीका चालकहरूलाई समेत नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर सन्तोष कुमार बुढाथोकीले जानकारी दिनुभयो।

प्रहरीले काठ वन कार्यालयलाई बुझाउने प्रक्रिया अघि बढाइरहे पनि नियन्त्रणमा लिएको १२ घण्टाभन्दा बढी समय बितिसक्दासमेत औपचारिक हस्तान्तरण प्रक्रिया सुरु हुन सकेको छैन। कारण भने काठमा लागाइएको शिल तोडिएको अवस्थामा भेटिएपछि वन कार्यालयले सोही अवस्थाको मुचुल्का तयार नगरी लिन नमानेकाले प्रक्रिया लम्बिएको एक वन कर्मचारीले बताएका छन्।

नियन्त्रणमा लिइएको काठ गोलबजार नगरपालिका–४ मा सञ्चालित गुप्ता सः मिल फर्निचर उद्योगका सञ्चालक श्याम गुप्ताको रहेको प्रहरीले जनाएको छ। गुप्ता सोमबार राति नै प्रहरी कार्यालय पुगेका थिए।

सव डिभिजन वन कार्यालय मिर्चैयाकी अधिकृत आकृति तामाङले भने राति गाडी नियन्त्रणमा लिएको अनौपचारिक जानकारी प्राप्त भए पनि मंगलबार बिहान १० बजेसम्म प्रहरीबाट कुनै औपचारिक जानकारी नआएको बताइन्। “हामीले पनि अनौपचारिक रूपमा थाहा पाएका हौँ, तर अहिलेसम्म प्रहरीबाट पत्र वा सूचना आएको छैन,” उनले भनिन्।

तस्करीको आशंका

प्रहरीका अनुसार काठ उदयपुरबाट खरिद गरिएको बताइए पनि त्यसमा आवश्यक टाँचा नलागेको, कागजातको अभाव देखिएको र चेकजाँचको क्रममा गाडी भाग्न खोजेको जस्ता कारणले तस्करीको आशंका बलियो बनेको छ। एक स्थानीय प्रत्यक्षदर्शीले पनि गाडी जाँचका क्रममा भाग्न खोजेको पुष्टि गरेका छन्।

प्रहरीले काठ कहाँबाट कसले किन्यो भन्नेबारे अनुसन्धान जारी रहेको बताउँदै विस्तृत जानकारी दिन अस्वीकार गरेको छ। यसबीच प्रहरीले नियन्त्रणमा लिएको गाडी, चालक र काठ अझै प्रहरी निगरानीमा छन्। प्रहरी र वन कार्यालयबीच समन्वयको अभावले अनुसन्धानमा ढिलाइ भएको जनाइएको छ।

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A