६ असार, सिरहा । सिरहा जिल्लाको सिरहा नगरपालिका–१८ स्थित हुलाकी सडक खण्डमा शुक्रबार बेलुका मोटरसाइकल र साइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको प्रदेश २–०१–००३ प. ३२३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साइकल ठोक्किँदा मोटरसाइकल चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
मृत्यु हुनेमा कल्याणपुर नगरपालिका–२ बेल्हाका २४ वर्षीय प्रदीप मुखिया, कल्याणपुर–१२ का २२ वर्षीय नरेश मुखिया र सिरहा नगरपालिका–२ का २५ वर्षीय कुसे राय रहेका छन्। तीनै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A