शिक्षामा लगानी बिना दिगो विकास सम्भव छैन : सांसद लिलानाथ श्रेष्ठ

  • असार ११, २०८२
  • समृद्धिपथ
alt

फिरोज जिद्दीकी

१० असार, सिराहा । प्रतिनिधि सभा सदस्य, नेकपा एमाले मधेश प्रदेशका इन्चार्ज तथा पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले शिक्षामा भरपुर लगानी बिना दिगो विकास सम्भव नरहेको बताएका छन्।

गोलबजार नगरपालिकाको १३औं नगरसभा अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार नआएसम्म विकासले उचित गति लिन नसक्ने स्पष्ट पारेका हुन्।

श्रेष्ठले विकासलाई केवल सडक, भवन र भौतिक संरचना निर्माणसँग मात्र नजोड्न आग्रह गर्दै भने, "साँचो विकास त तब हुन्छ जब शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा समान रूपमा लगानी हुन्छ।" उनले प्रदेशको शैक्षिक अवस्था कमजोर रहेको उल्लेख गर्दै कम्तीमा २० प्रतिशत बजेट शिक्षामा छुट्याउनुपर्ने माग समेत गरे।

उनले भने, “शिक्षा क्षेत्रको मजबूतीबिना हाम्रा अन्य प्रयासहरूले दीर्घकालीन परिणाम दिन सक्दैनन्। स्वास्थ्य र कृषि पनि आर्थिक, सामाजिक विकासका आधार हुन्, त्यसैले ती क्षेत्रमा समेत ठोस लगानी आवश्यक छ।”

श्रेष्ठले जयगोविन्द साह पोलिटेक्निकल इन्स्टिच्युटको विकासमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरे। उनले गोलबजार नगरपालिकालाई सो संस्थाको लागि आवश्यक जग्गा तत्काल निक्र्यौल गर्न आग्रह गर्दै भने, “गोलबजारलाई शिक्षाको ‘हब’ बनाउन जयगोविन्द साह पोलिटेक्निकल इन्स्टिच्युटजस्ता संस्थाको स्थापनामा प्राथमिकता दिन जरुरी छ। बजेट त आउने गर्छ तर काम नगरी फर्किन्छ, अब त्यो अवस्था तोड्नुपर्छ।”

श्रेष्ठको भनाइले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै समावेशी र दिगो विकासको मार्गचित्र तय गर्नुपर्ने आवश्यकता औंल्याएको छ। गोलबजार नगरपालिकाको आगामी योजना र बजेट वितरणमा यसले गहिरो प्रभाव पार्ने अनुमान गरिएको छ।

सिरहा एमालेभित्र विद ...

सिरहा, २ फागुन। सिरहामा नेकपा एमालेभित्रै गम्भीर अ ...

‘नेपाली काँग्रेस नया ...

जीवछ उदासीलहान माघ २८गते नेपाली काँग्रेसका केनद्रीय सभ ...

लहान क्याम्पसमा सप्त ...

जीवछ उदासी  लहान, माघ २२ गते  जेएस मुरारका ...

सहिद पत्नीको माग : प ...

जीवछ उदासी लहान समाचारदातालहान,माघ २२ गते फागुन २१ गते ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A