पूर्वराष्ट्रपति भण्डारीद्वारा राज्यकाे सेवा-सुविधा परित्याग, सक्रिय राजनीतिमा फर्किने तयारी

  • असार १८, २०८२
  • समृद्धिपथ
alt

काठमाडौं, असार १८ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजैदेखि आफूले पाउँदै आएको राज्यको तर्फबाटको सेवा-सुविधा परित्याग गरेकी छिन्। नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किने घोषणा गरेलगत्तै भण्डारीले यो कदम चालेकी हुन्।

भण्डारीको सचिवालयबाट गृहमन्त्रालयमा पठाइएको सेवा परित्यागसम्बन्धी पत्र बुधबार दर्ता भएको छ। मन्त्रालयका अनुसार उक्त पत्र सम्बन्धित शाखामा पठाइसकिएको छ।

पूर्वराष्ट्रपतिका रूपमा सरकारले उपलब्ध गराउँदै आएको सेवा-सुविधा त्याग्ने भण्डारी सम्भवतः पहिलो नेतृ हुन्। यसअघि प्रधानमन्त्री वा सभामुख बनेका नेताहरू पार्टी राजनीतिमा फर्किँदा पनि राज्य सुविधामा यथावत् बसेका उदाहरण छन्।

तर, पूर्वराष्ट्र प्रमुखका रूपमा भण्डारीलाई दिइने सुरक्षा प्रोटोकल भने अझै कायम रहनेछ। गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार राष्ट्र प्रमुखको सुरक्षाका लागि निर्धारित सुरक्षा व्यवस्था सेनातर्फबाट जारी रहनेछ, जसलाई भण्डारी स्वयंले पनि त्याग गर्न सक्दिनन्।

गृह मन्त्रालयका अनुसार पूर्वराष्ट्रपतिका रूपमा भण्डारीले मासिक डेढ लाख रुपैयाँ बराबरको सेवा-सुविधा लिँदै आएकी थिइन्। यसमा उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी तथा अन्य प्राविधिक सहयोग समावेश थियो। रत्नराज्यलक्ष्मी क्याम्पसका पूर्व स्ववियु सभापति राजकुमार राई स्वकीय सचिवका रूपमा कार्यरत थिए, तर अब उक्त सुविधा रोकिने मन्त्रालयले जनाएको छ।

त्यस्तै, पूर्व राष्ट्र प्रमुखका सुरक्षाकर्मीका लागि भाडामा लिइएको बसोबास सुविधा र गाडी चलाउने सुविधा नलिई भण्डारीले केवल मासिक २०७ लिटर पेट्रोलको व्यवस्था मात्र लिइरहेकी थिइन्। सुरक्षाकर्मीको बसोबासका लागि तिर्ने भाडा रकम भने सिधै घरधनीलाई प्रदान गरिँदै आएको थियो।

राजनीतिक विश्लेषकहरूका अनुसार पूर्वराष्ट्रपति भण्डारीको यो निर्णयले उनको सक्रिय राजनीतिक भूमिकाको संकेत मात्र होइन, राजनीतिक नीतिगत स्पष्टता पनि झल्काउँछ।

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A