लागु औषध दुव्र्यसनविरुद्ध सचेतना, तीनदिने तालिम सम्पन्न

  • असार १९, २०८२
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान, असर १९ गते । युवामाझ बढ्दो लागू औषध दुव्र्यसनविरुद्ध चेतना फैलाउने उद्देश्यले मानिक दह सलहेस सामुदायिक विकास केन्द्र, लहान–२४, सिरहाको आयोजनामा तीनदिने सचेतनामूलक तालिम सम्पन्न भएको छ। सखुवानन्करकट्टी गाउँपालिकाको सहयोगमा श्री मावि महादेवा पोर्ताहा, सखुवानन्करकट्टी–३ मा उक्त तालिम सम्पन्न भएको हो। 

तालिममा कक्षा ८, ९ र १० का विद्यार्थीहरू सहभागी भएका थिए। मंगलबारदेखि विहिबारसम्म सञ्चालन भएको तालिममा प्रशिक्षकका रूपमा साजिदा सिद्दिकी, गंजेश्वर यादव र रवीन्द्र सिंहले सहभागीहरूलाई लागू औषधको असर, रोकथामका उपाय, कानुनी पक्ष र सामाजिक दायित्वका विषयमा प्रशिक्षण दिएका थिए।

FB_IMG_1751562766877

सहभागी विद्यार्थीहरूले प्रशिक्षकहरूसँग खुला संवाद गर्दै सकारात्मक जीवनशैलीको अभ्यास र नेतृत्व विकाससम्बन्धी कुरा सिकेका थिए।

कार्यक्रमको उद्घाटन सत्र नेकपा एमाले सिरहाका अध्यक्ष अशोक यादवले गरेका थिए। उनले युवाहरूमाझ लागू औषधको जोखिम बढ्दो भएकाले यस्ता चेतनामूलक कार्यक्रम झन् आवश्यक रहेको बताउँदै लागू औषधविरुद्ध सामूहिक प्रयास आवश्यक रहेको बताए।

साथै सखुवानन्कारकट्टी वडा नं ३ का अध्यक्ष भोगेन्द्र यादवले गाउँस्तरमै सचेतना कार्यक्रम हुन थालेकोमा प्रसन्नता व्यक्त गरे।

ईलाका प्रहरी कार्यालय महेशबारीका असई आमोद प्रसंग खड्काले प्रहरी प्रशासन सधैं युवाहरूको सुरक्षाका लागि क्रियाशील रहेको र लागू औषधविरुद्धको लडाइँमा सबैको सहभागिता आवश्यक भएको बताए।

20250703_130523

कार्यक्रमको समापन सत्रमा बोल्दै मानिक दह सलहेस सामुदायिक विकास केन्द्रका अध्यक्ष कमलदेव यादवले युवाहरूलाई लागू औषधको दलदलबाट जोगाउन यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए। उनले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धता जनाए।

विद्यालयका प्रधानाध्यापक घुरान यादवले यस्तो कार्यक्रमले विद्यार्थीहरूको सोच र व्यवहारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। 

प्रेस चौतारी नेपाल सिराहा शाखाका अध्यक्ष शिव कुमार साहले समाज परिवर्तनका लागि सचेतना र शिक्षा अपरिहार्य भएको भन्दै यस्ता प्रयासको खुलेर प्रशंसा गरे। उनले विद्यार्थीहरूलाई सही मार्गमा हिँड्न प्रेरित गर्दै यस्ता सचेतनामूलक कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताए।

20250703_124137

त्यस्तै, विद्यालयका शिक्षक राजदेव यादव र राजकुमारी यादवले पनि कार्यक्रममा अनुभव सुनाउँदै विद्यार्थीहरूमा आएको सकारात्मक परिवर्तनप्रति खुशी व्यक्त गरे।

कार्यक्रमले विद्यार्थीहरूमा लागू औषधबारे चेतना वृद्धि गर्नुका साथै उनीहरूलाई स्वस्थ, जिम्मेवार र अनुशासित नागरिकका रूपमा तयार गर्न सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

20250703_123520 20250703_123414

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A