मानव अधिकार एलायन्स नेपालको रक्तदान कार्यक्रम सम्पन्न

  • असार ३०, २०८२
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान, असार ३० गते। राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्यायमञ्च (मानव अधिकार एलायन्स नेपाल) को २६ औँ स्थापना दिवसको अवसरमा एक दिवसीय रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सिराहा जिल्लाको धनगढीस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाको कार्यालयमा आइतबार सम्पन्न गरिएको हो।

मानव अधिकार एलायन्स नेपाल जिल्ला कार्यसमिति सिराहाको आयोजनामा सम्पन्न कार्यक्रममा ८ जना सामाजिक कार्यकर्ताहरूले स्वेच्छिक रक्तदान गरेका छन्। कार्यक्रमको अध्यक्षता मानव अधिकार एलायन्स सिराहाकी अध्यक्ष पार्वती पाण्डेले गरेकी थिइन् भने प्रमुख अतिथिका रूपमा संस्थाका केन्द्रीय सदस्य गङ्गाराम यादव सहभागी भएका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले रक्तदानलाई मानव सेवाको उत्कृष्ट उदाहरण भन्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने बताए। उनले मानव जीवन रक्षाका लागि रक्तदानजस्ता सामाजिक कार्यलाई संस्थाको प्रमुख अभियानको रूपमा अघि बढाउने प्रतिबद्धता जनाए।

अध्यक्ष पाण्डेले मानव अधिकारको संरक्षण र सामाजिक न्याय प्रवर्द्धनका लागि संस्था सदैव अग्रसर रहेको बताइन्। उनले - 'रक्तदान जस्तो जीवनदायी कार्यमार्फत हामी मानव अधिकारको मूल मर्म—जीवन रक्षा—लाई व्यवहारमा उतार्न चाहन्छौं। यो कार्यक्रम हाम्रो स्थापनाको २६औँ वर्ष प्रवेशको अवसरमा जनताको सेवामा समर्पणको प्रतीक हो।'

कार्यक्रममा स्थानीय समाजसेवी, युवाहरू र मानव अधिकार अभियन्ताहरूको समेत उपस्थिति रहेको थियो।

स्थापना दिवसको अवसरमा एलायन्सले विभिन्न सामाजिक गतिविधिहरू गर्दै आएकोमा रक्तदान कार्यक्रमलाई विशेष महत्वका साथ सम्पन्न गरिएको जनाइएको छ। यस किसिमका कार्यक्रमहरूले समाजमा मानवीय मूल्य र सामाजिक एकता सुदृढ गर्न मद्दत पुग्ने सहभागीहरूको धारणा रहेको छ।

संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक एवं मानवीय सेवामूलक गतिविधिहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A