लहान । जिल्ला उद्योग वाणिज्य सङ्घ सिराहा, लहानका अध्यक्ष विकास शारडा सातजना माफिया व्यापारीको एजेन्ट, सानो व्यापारी वर्गको शत्रु र अविवेकी तथा गैरजिम्मेवार नेता रहेको आरोप लागेका छन्। महासचिव श्याम गुप्ताले आज पत्रकार सम्मेलन गर्दै उक्त आरोप लगाएका हुन्।
गुप्ताका अनुसार अध्यक्ष शारडा उद्योग वाणिज्य सङ्घको नेतृत्वमा होइन, ठूला व्यापारी र माफियाहरूको स्वार्थ पुरा गर्न मात्र केन्द्रित छन्। उनी झुठो बोल्ने, सूचना च्यात्ने र चोर शैलीमा निर्णय गर्ने कार्यमा संलग्न छन्।
महासचिव गुप्ताले अध्यक्ष शारडाको कार्यशैलीलाई अविवेकी, गैरजिम्मेवार र चोर शैलीको करार दिँदै २०८२ साल साउन ३० गते जारी नवीकरण सम्बन्धी सूचनालाई अध्यक्ष शारडाले च्यातेर फालिएको कुरा उदाहरण पेश गर्दै उनले भने, यस सूचनामा स्पष्ट भनिएको थियो कि सम्पूर्ण व्यापारी वर्गले अन्तिम म्यादभित्र नवीकरण गर्नुपर्नेछ। तर अध्यक्ष शारडाले सूचना अवैधानिक भन्दै सूचना पार्टीबाट च्यातेर फालिदिएका थिए, जसले सम्पूर्ण व्यापारी वर्गलाई अधिकारविहीन बनाएको गुप्ताले आरोप लगाए।
महासचिव गुप्ताले लाहान एक्स्पोमा ठूलो रकम हिनामिना, भवन निर्माण कार्यमा अनियमितता, ठाढी नाका सञ्चालनमा असफलता र रक्सी व्यापारीको सिन्डिकेट चलाएको समेत आरोप लगाएका छन्। गुप्ताले स्वतन्त्र लेखापरीक्षकमार्फत यी सबै विषयको जाँचको माग गरेका छन्।
गुप्ताले आगामी निर्वाचनमा आफू अध्यक्ष पदको उम्मेदवार हुने घोषणा गर्दै चेतावनी दिए कि अध्यक्ष शारडाले युवाहरूलाई निर्वाचनमा भाग लिनबाट रोक्न पाउदैनन्। उनले थपे, 'अध्यक्ष शारडा गैरजिम्मेवार, मूर्ख र चोर शैलीमा काम गर्छन्, तर यसपटक विधानअनुसार न्याय सुनिश्चित हुनेछ।'
यो विवादले उद्योग वाणिज्य सङ्घको निर्वाचन, नेतृत्व र पारदर्शितामा संकट उजागर गरेको छ र आगामी निर्वाचनमा यसको ठूलो प्रभाव पर्ने जानकारहरु बताउँछन्।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A