जीवछ उदासी
लहान,भदौ १८ गते
लहान नगरपालिका वडा नम्बर १० मा खुटी नहरको पानी निकासको लागि निर्माण भएको हेडवक्र्स सञ्चालनमा नआउँदै सहरी क्षेत्रमा खुटी नहरको विवाद पेचिलो बन्दै गइरहेको छ ।
चार वर्ष अघि आठ करोड ७२ लाखको लागतमा निर्माण भएको हेडवक्र्सबाट नहरमा पानी निकास भए दक्षिण भेगका ९३५ विगहामा सिँचाई हुने लक्ष्यको साथ निर्माण गरिएको हेडवक्र्सबाट पानी निकास हुने खुटी नहर किसान संघर्ष समिति प्रयासरत रहेको छ भने नहरमाथि र नदी गहिरो हुँदै गएकोले यसबाट पानी बग्न नसक्ने तर्क सहरी क्षेत्रका स्थानीयहरुले गर्दै आइरहेका छन् ।
चन्द्र शमशेरको पालामा नै गौरवको नौ वटा आयोजनाहरुमध्ये एक लहानको खुटी नहर सञ्चालनमा आएर किसानले खेतमा पानी लगिएकोले जीर्ण भएको यस नहरलाई पुनः सञ्चालनमा ल्याउन किसानहरुले माग गर्दै आएपछि राजनीतिक दलहरुलेपनि हरेक चुनावमा नहर सञ्चालनमा ल्याउने चुनावी प्रतिवद्धता गर्दै आइरहेको थियो ।
२०७४ सालको सम्पन्न स्थानीय निर्वाचनमा लहान नगरपालिका प्रमुखमा मुनि साह निर्वाचित भएर आएपछि खुटीमा बालुको बाँध बाँधेर नै पानी नहरमा चलाएर परीक्षण गरेपछि हेडवक्र्स निर्माणको लागि पहल गर्दा मधेश प्रदेश सरकारले बजेट विनियोजन गरेपछि सिँचाइ टिभिजन कार्यालय सिरहाले हेडवकर्स निर्माण गरिएको थियो ।
नेपाली काँग्रेसका स्थानीय नेता राम स्ुन्दर चौधरी,पूर्व उद्योग राज्यमन्त्री तथा नेपाली काँग्रेसको नेता पदम नारायाण चौधरी लगायका नेताहरुको पहलमा नहर सञ्चालनको लागि समेत पहल भएको स्थानीयहरुको भनाइ छ ।
एक वर्ष अघि लहान नगरपालिकाले सहरी क्षेत्रको नहरमा हयुम पाइप राखेर आठ करोड पतास लाखमा ड्रेन कोरिडर निर्माण सुरु भएपछि लहान –११ का धर्मराज चौधरीको संयोजकत्वमा खुटी नहर संघर्ष समिति गठन गरेर नहर सञ्चालनको माग गर्दै ६ महिनासम्म आन्दोलन गरेको थियो ।
किसान संघर्ष समितिले चर्काएको आन्दोलनले लहान नगरपालिकाले अघि बढाएको ड्रेन कोरिडोरको कार्य रोकिएको थियो । जिल्ला प्रशासन कार्यालय सिरहामा दुबै पक्षको बीचमा आपसी सम्झदारी भएर किसान संघर्ष आन्दोलन फिर्ता लिएको थियो .
यस वर्ष मधेशमा खडेरी लागेपछि नहर सञ्चालन हुनुपर्ने किसान संघर्ष समितिले आवाज उठाउन थालेपछि प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरी, राजकुमार गुप्ता र लललित दासले मधेश प्रदेशमा आवाज उठाएपछि मधेश प्रदेशको मुख्यमन्त्री सतीश कुमार सिंहले १५ लाख बजेट नहर सरसफााइको लागि विनियोजन गरेको हो ।
मधेश प्रदेशका सिँचाइ विभागले सिरहाको सिँचाइ कार्यालयलाई नहरको अनुगमन गरी तत्कालै सञ्चालनमान ल्याउन निर्देशन गरेपछि सिरहाका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल सिरहा प्रहरी प्रमुख अनन्तराम पौडेल किसान संघर्ष समिति र प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरीले अनुगमन गर्दा सिरहा सिाँई डिभिजन कार्यालय प्रमुख इन्जिनियर हसमत अन्सारीले नहरको सफाइ गर्दा पानी नहरबाट बग्ने र तत्कालै आएको १५ लाखबाट सफाई सुरु गर्ने बताउनु भयो । सोही अनुसार नहरको सरसफाइ अघि बढिरहेको छ ।
सरसफाइको क्रममा नहरबाट निकालेको गिलो र हिलो भएको माटो निकाल्दा सडक फोहोर हुन थाल्दा स्थानीयहरुले विरोध गरेपछि लहान नगरपालिकाले सरसफाइमा प्रयोग गरिएको टिपरलाई रोकिएको थियो । त्यसपछि सरसफाइमा लागेका किसान संघर्ष समिति र लहान नगरपालिकाको बीचमा विवाद देखिएको थियो । त्यो विवाद समाधान भएपछि अहिले ग्रामीण चोकको स्थानीय र नहर संघर्ष समितिबीच फेरि विवाद देखिएको छ । नहरको सरसफाइ गर्दा निर्माण भएको कालोपत्रे सडक बर्बाद हुने स्थानीय श्रीप्रसाद तामङगले भन्दै तत्कालै नहर सफाइ कार्य रोक्न लहान नगरपालिकालाई गुहारेको सुनाउनुभयो ।
लहान नगरपालिकाको वडा नम्बर ४,६,७ ,८ र १० नम्बर हुँदै जाने खुटी नहरको दुबै किनारको जग्गा अतिक्रमण भएको र नहर सञ्चालन नहुँदा भएको फोहोरले सहर नै दुर्गन्धित भइरहेकोले कि त खुल्ला नहर सञ्चालन भइ दिनुपरयो कि त यो नहरमा हयुम पाइप राखेर समस्या समाधान गरि दिनुपरयो सहरी क्षेत्रको आवाज रहेको छ ।
अहिलेसम्म खुटी नहर सञ्चालनको लागि मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह, भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादव,गृह सञ्चारत तथा कानुन मन्त्री राज कुमार लेखी,वन तथा पर्यावरण मन्त्री सञ्जय कुमार यादव प्रदेश सभा सदस्यहरु राजेन्द्र प्रसाद चौधरी ललिता दास र राज कुमार गुप्ता नहरको अवलानेकन गरी सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिएपनि नहर सरसफाइ गर्न करोडौ बजेट आउनु पर्नेमा मधेश प्रदेश सरकारले १५ लाख बजेट मात्रै विनियोजन गरेकोले नहरको समस्या समाधान हुन नसकिरहेको किसान संघर्ष समितिको संयोजक धर्मराज चौधरीको भनाइ छ ।
हेडवक्र्स निर्माण भएको स्थलमा पुगेर दिनहु भिडियो बनाएर आफनो आफ्नो पक्षलाई मात्रै बढावा दिएर गर्ने तर्कले किसान संघर्ष समिति लहान नगरपालिका र सहरी क्षेत्रका स्थानीयहरुको बीचमा विवाद मात्रै सृजना भइरहेकोले यसको ठोस समाधानको लागि पहल हुन आवश्यक रहेको मानव अधिकारवादी राज कुमार राउतले बताउनुभयो ।
लहान नगरपालिकाले अभिभावकत्वको भूमिका खेलेर नहर सञ्चालन गर्न पहल गर्नुपर्नेमा नहरमा हयुम पाइप राखेर ड्रेन कोरिडोर बनाउन लागेकोले लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीको विरोधमा उत्रिनु परेको किसान संघर्ष समतिले निकालेको प्रेस विज्ञप्ति र विरोध सभामा बोल्दै आइरहेका छन् ।
यता लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले लहान –१० शिव मन्दिर हुँदै क्याम्पसको अगाडि रहेको नहरबाट किसानको खेतमा सिँचाइको लागि पानी पनि पुरयाउने र सहरी क्षेत्रमा नहरमा ड्रेन बनाएर सहरको सौन्दर्यकरण गर्न थालेको आठ करोडको परियोजनालाई राजनीतिकरण गरेर अघि बढ्न नदिएको बताउँदै आइरहनु भएको छ ।
पछिललो चरणमा किसान संघर्ष समिति र लहान नगरपालिकाबीच समन्वय सहकार्य हुनुको सट्टा विवाद बढ्दै जाँदा यसले किसानको खेतमा खुटी नहरबाट पानी पुग्नु त परको कुरा विवादले अप्रिय घटना न घटोस संकेत देखिएकोले यसको निराकरण सिँचाई विज्ञ प्राविधिकहरुलाई राखेर समस्या समाधान गर्न दुबै पक्ष जिम्मेबार हुनुपर्ने सचेत नागरिक समाजले गराउँदै आइरहेको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A