मृतक सदाय परिवारलाई राहत वितरण

  • भदौ १८, २०८२
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान,भदौ १८ गते 

लहान-१९ कटहाका मृतक सदाय परिवारको घरमा पुगेर लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले राहत वितरण गर्नु भएको छ । 

गएको शनिबार भदौ १४ गते विद्युत सिटि रिक्सामा करेन्ट लागेर ४७ वर्षिय चमकलाल सदायको मृत्यु भएको थियो । 

लहान वडा नम्बर -१९ का वडाध्यक्ष मो कमरुदिनले मृतक सदायको मृत्यु भएको जानकारी लहान नगरपालिकामा गराएपछि आज बुधवार १ क्विन्टल चावल ५ किलो दाल ३ किलो नुन र ३ लिटर तेल लिएर मृतक सदायको घर पुगेर राहत वितरण गर्नुभयो । 

राहत ग्रहण गर्दै मृतक सदस्यको पत्नी सावित्री सदस्यले कक्षा १२ उतीर्ण गरेको छोरा कृष्ण सदायलाई नगरपालिकामा रोजगारीमा लगाइ दिन माग गर्नुभयो । 

मृत्युदर्ताको प्रमाणपत्र लिएर लहान नगरपालिकामा आएपछि पाँच हजार नगद र छोरालाई रोजगारी दिइने विषयमा सोच्ने नगरप्रमुख चौधरीले विश्वास दिलाउनुभयो । मृतक सदस्यको एक छोरा र तीन छोरी र पत्नी रहेका छन्

गुठी र बिटौरी जग्गा ...

लहान । सिराहामा गुठी तथा बिटौरी जग्गा फुकुवा प्रक्रिया ...

चाडपर्व लक्षित ट्राफ ...

फिरोज सिद्दिकी  लहान, ६ कात्तिक। जिल्ला ट्राफिक प ...

लहान नगरपालिका–७ को ...

लहान, सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर ७ को नवन ...

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A