जीवछ उदासी
लहान, भदौ २४ गते
हिजो काठमाण्डौ केन्द्रित आन्दोलनमा उत्रिएका जिएनजी पुस्ताको आन्दोलन खबरदारीको रुपमा हुने सर्वत्र अनुमान थियो । लोकतन्त्रमा शान्तिपुर्ण प्रदर्शन गर्न पाइन्छ । गर्नपनि दिइनुपर्छ । शान्तिपूर्ण प्रदर्शन संसद भवनतर्फ अघि बढ्दै जाँदा सुरक्षाकर्मील चलाइयो गोली । दुई दर्जनभन्दा बढी युवाहरुको ज्यान गयो । सयौ घाइते भए । सोमबार राती देशवासीले सुत्नै पाएन । होनहार युवा विधार्थीहरु जसले जीवनका सुन्दर सपना बोकेका थिए तिनिहरुलाई सरकारको आदेशमा कसरी प्रहरी निर्मम भएर ठोके गोली, निरकुंश भए सरकारको नेतृ्रत्व गरेका प्रधानमन्त्री ओली । सोमबार शोकमा डुबेका राजधानी काठमाण्डौंको आन्दोलनमा तुफानी उर्जा आयो । जिएनजी पुस्ताले उठाएको भष्टाचार विरुद्धको आन्दोलनमा सबै देशवासीको भावना जोडिएको थियो । अनुकूल वातावरण भएपछि देशैभरी विष्फोटन भयो । श्रीलङका र बङगलादेशमा सता परिवर्तन भएको राजनीतिक परिवर्तनलाई सतासिन दलहरु विर्सेर भ्रष्टाचारमा लिप्त भएकाहरु नै सरकारको प्रधानमन्त्री र मन्त्री भएपछि भुटानी शरणार्थी र गिरिबन्धु चियाको फाइल रोकेर सहकारीको फाइलमा आफ्नो दलको नेतालाई जोगाउने रवि लामेछानेलाई फसाउने घटनाबाट जनतामा झनै घृण थियो ।
राजधानीमा कलिला जिएनजी पुस्ताको आन्दोलनको समर्थनमा देशैभरी विहानैदेखि चल्यो आन्दोलन । आन्दोलनमा उत्रिएका युवाहरुले देखाए तागत । प्रधानमन्त्री केपी शर्मा ओली बुझाए राजीनमा । काँग्रेस एमालेका शीर्ष नेताहरुलाई आन्दोलनकारीहरुले नियणत्रणमा लिएर साथी गुमाएको आक्रोस पोखे । ४८ घण्टामा नसोचेको परिर्वत ल्याए दिइयो । रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गराइए । नयाँ सरकारको गठनको लागि वार्ता चलिरहेकोछ र राष्ट्रपतिले समेत अहवान गरिसकेको छ । ४८ घण्टाभित्र जे देखियो यस्तो परिर्वतन विश्व इतिहासमा कहिपनि नभएको भनाइहरुपनि बाहिर आइरहेको छ । आन्दोलन नापे जोखे जस्तो नभएपनि यति उचाइ लिइने स्वयम आन्दोलनमा उत्रेका जिएनजी पुस्ताले समेत सोचेका थिएन । आन्दोलनलाई यो बिन्दुसम्म पुरयाउने काम सरकारको नेतृत्व गरिरहेको सरकारको गृहमन्त्रालयले गोली हान्ने आदेश दिएर गरियो । केपी ओलीको हठले गरियो । अहंकारले खायो । आफ्नो अहमले सताबाट ओर्लिन बाध्य गराइयो ।
पुरानो ठूलो दलका नेताहरु नयाँ पुस्तालाई जिन्दावाद र मुर्दावाद भन्न मात्रै प्रयोग गरिरहयो । पुस्तान्तरण गर्न पटक्कै रुचि देखाएन । अत्याचार र भ्रष्टाचार जोगाउन अदालतलाई समेत प्रयोग गरिरहे । गणतन्त्र र संघीयता जनताको हित गर्ने समृद्धि र विकाससँग जोडिनुपर्नेमा आफ्नो सत्ताको लागि घटियाभन्दा घटिया हर्कतहरु ग्रिरहे । जनताले गरेको आशा निरासामा बदलिरहे । कम्युनिष्ट भनाउने दलहरु कमाउनिष्ट भइरहे । सबभन्दा विचित्र त कहाा देखियो ? नेकपा एमालेको सम्पन्न भजन मण्डलीको विधान अधिवेशनले ७० वर्षको उमेरहद हटायो । २०७४ सालमा कम्युनिष्ट पार्टीलाई दिइएको दुई तिहाइको सरकारलाई टिकाउन सकेन । सत्य बोल्ने नेताहरुको गुन्जाइस भएन । ओलीको हठवादी प्रवृतिले सिङगै कम्युनिष्ट आन्दोलन नै तहसनहस भयो ।
नेपाली काँग्रेस विपि कोइरालाको समाजवाद गणेशमानको आदर्शमा चल्न सकेन । नेकपा एमाले जनताको बहुदलीय जनवादको प्रयोग गर्न जानेन । नेकपा माओवादीले संसदीय वयवस्थाको फोहरी खेलमा रमाइरहे । संघीयता पनि पुरानै ढर्राको विकृति बोक्यो । जनता पुरानो दलबाट आजित भएर विकल्प खोजिरहेको कुरा स्थानीय निर्वाचनमा काठमाण्डौ महानगरपालिकामा बालेनलाई जिताएर कम्युनिष्टहरुको लालकिलला रहेको धरानमा हर्क सम्पाङग जितिनु र रवि लामिछानेले नेतृत्व गरिरहेको रास्वपा शहरी क्षेत्रमा प्रतिनिधि सभामा बलियो उपस्थिति हुनुले पुरानो दलहरुबाट आजित भइरहेकेो छ भने संकेत गरिसकेको थियो । पुरानो दलहरु सचिनुपर्ने राजनीतिक विषलेषज्ञहरुले सचेत गराएपनि घुमिफिरी रुमजाटार अलोकप्रिय बन्दै गइरहेका नेताहरु पार्टी र सतामा जान ज्योतिषको भनाइलाई तर्क र सिद्यान्त ठान्ने असन्तुष्टि कहाँ र कहिले पोख्ने वातावरण र अवस्था कहिले आउला ? नेपाली जनताहरुले खेजिरहेको थियो त्यो वातावरण र अवस्था जिएनजी युवाहरुको आन्दोलनले बनाइदियो ।
फुटफाट भ्रष्टाचार त जनताले सहेकै थियो । तर कमिसनलाई मिसन बनाएर भ्रष्टाचारको संस्कृति नै बनाउने चलनले जनताले जनप्रतिनिधिहरुको रबैया तीनै तहको सरकारले भ्रष्टाचारको संरक्षण गर्ने भ्रष्ट प्रवृतिलाई जीवन ठानि सकेको थियो । मधेश प्रदेशका सरकारले त कमिशन प्रतिशत बुझाएपछि मात्रै बजेट दिइने चलन नै चलाइयो । कार्यालयहरुमा घुस दिएपछि मात्रै फाइल र कागज बढने यस्ता असन्तुष्टिहरु विभिन्न मिडियाहरुबाट व्यक्त भएपनि तीनै तहका सरकारका प्रतिनिधि र कर्मचारीतन्त्रले कुनै वास्ता गरिरहेका थिएन । जिएनजी युवाहरुले जनताको भ्रष्टाचारबाट मुक्तहुन खोजीरहेको मुद्दा उठाइ दिएपछि दुई दिनको आन्दोलनले सता पल्टाइदियो । प्रजातन्त्रकोृ लागि १४ वर्ष जेल जीवन बिताएको केपी शर्मा ओलीलाई सताको धरहराबाट फालिदियो ।
जिएनजी आन्दोलन सफल भएसँगै देशको नेतृतव सम्हाल्न बालेन शाहलाई अहवान गरिरहेको छ । बालेन, रबि लामिछाने र हर्कसम्पाङगको राजनीति भाउ हवातै बढेको छ । संसदीय व्यवस्था असफल भइसकेको छ । अब नयाँ जनादेशबाट राष्ट्रपति प्रणलीमा जनुपर्ने माग लोक चाहना भएको छ । हरेक दलमा इमानदार युवा नेताहरुको पार्टीमा नेतृत्व हुनुपर्ने संकेत गरेको छ । अब नेतृत्व गर्ने युवा पुस्ताले यो अवसर र चुनौतीलाई सदुपयोग गर्न आवश्यक छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A