लहानका युवाहरूको सक्रियतामा लुटिएका चामल फिर्ता हुँदै

  • भदौ २९, २०८२
  • समृद्धिपथ
alt

  • फिरोज सिद्दिकी

लहान । जेन्जी आन्दोलनको क्रममा लहानका सरकारी कार्यालय र प्रतिष्ठानबाट लुटिएका खाद्यान्न फिर्ता गर्न स्थानीय युवाहरू सक्रिय देखिएका छन्। उनीहरूले लहानका विभिन्न वडाबाट सङ्कलन गरी करिब एक सय बोरा चामल आजै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लहानलाई बुझाएका हुन्।

गत मङ्गलबार भएको आन्दोलनको क्रममा करिब १२ करोड रुपैयाँ बराबरको चिनी, चामल र अन्य बोरा लुटपाट भएको थियो। यस क्रममा आन्दोलनकारीहरूले सरकारी कार्यालय र प्रतिष्ठानमा तोडफोड तथा आगजनी पनि गरेका थिए।

जिल्ला प्रशासन कार्यालय सिरहाले लुटपाट गरिएका सार्वजनिक सम्पत्ति फिर्ता गर्न सूचना जारी गर्दै, एक साताभित्र सामान फिर्ता नगरे कानुनी कारबाही गरिने चेतावनी दिएको थियो। प्रशासनले स्पष्ट रूपमा भनेको छ, “आन्दोलनका क्रममा लुटिएको सरकारी र सार्वजनिक सम्पत्ति फिर्ता गर्न सबै जिम्मेवार नागरिकहरूलाई आग्रह छ। सात दिनभित्र फिर्ता नगरे कारबाही गरिने छ।”

यस घटनामा स्थानीय युवाहरूको सक्रियता र जिम्मेवारीपूर्ण पहल प्रशंसनीय रहेको स्थानीय बुद्धिजीवीहरू बताउँछन्। प्रशासनले पनि उनीहरूको योगदानको सराहना गरेको छ।

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A