लहान बाढीबाट अहिलेसम्म खतरामुक्त

  • असोज १९, २०८२
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,असोज १९ गते 

दुई दिनदेखि भइरहेको अविरल वर्षाको कारण देशका विभिन्न भागहरुमा धनजनको क्षति भएपनि लहान नगरपालिका भएर खुटी र बलानको बाढीबाट खतरामुक्त रहेको छ । 

लहान नगरपालिका -४ इस्लामपुर र सुन्दरपुर खुटी र बलान बग्ने दोभानमा विगत वर्षहरुमा आएको बाढीले कटान तीब्र रुपमा भएपनि हिजो र आजको वर्षाले कुनै असर देखिएको छैन् । 

 बलान नदी पूर्वी किनारा सप्तरीतर्फबाट वग्ने धार बनाएपछि र इस्लामपुर र सुन्दरपुरमा बनाएको स्परले कटान नभएको स्थानीहरुले सुनाउनुभयो । स्थानीयहरुको अनुसार आज बिहानदेखि राहत महसुस गरिएपनि शनिबार राति बाढीले बस्ती नै बगाउने हो कि त्रासले त्रसित भएका थियौ । 'अकाशमा बादल मडारी रहेको छ । कतिबेला के हुने हो ? अल्लाह र भगवानको भरोसा छ',उहाँहरुले पीडा सुनाउनुभयो । 

लहान नगरप्रमुख महेश प्रसाद चौधरीले विहान सुन्दरपुर र इस्लामपुर पुगेर स्थानीहरुको समस्या सुनेर आइपर्ने विपद व्यवस्थापन गर्न लहान नगरपालिका तयारी अवस्थामा रहेको विश्वास दिलाउनुभयो । 

लहान -२३ तिलेबोना र लहान -१६ तरेगनामा तटबन्ध निर्माण भैसकेकोले कटान रोकिएपछि स्थानीहरु राहत महसुस गरेका छन् । 

सिरहामा कमला बलान र गागन नदीमा आएको बाढीले कुनै क्षति नभएको जिल्ला प्रशासन कार्यालय सिरहाका सुचना अधिकारी चेतराज वरालले जानकारी दिलाउनुभयो ।   

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A