बारा र पर्सामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुने

  • असोज २३, २०८२
  • समृद्धिपथ
alt

काठमाडौं । बारा र पर्सामा फैलिएको हैजा महामारी र पछिल्लो वर्षाको बाढीले सिर्जना गरेको उच्च जोखिमलाई मध्यनजर गर्दै ती जिल्लामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले असोजदेखि कात्तिक महिनासम्म “हैजा रोग विरुद्धको प्रतिकार्य खोप अभियान, २०८२” सञ्चालन गर्ने तयारी गरेको हो।

परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक लालले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै पर्सा जिल्लामा असोज २६ गतेदेखि र बारा जिल्लामा असोज २९ गतेदेखि खोप अभियान सुरु भई तिहारअघि सम्पन्न गरिने बताए। उनका अनुसार खोप अभियानले दुवै जिल्लाका उच्च जोखिम क्षेत्रमा रहेका सबै नागरिकलाई समेट्नेछ।

गत भाद्र ६ गते पर्साको वीरगञ्ज महानगरपालिका–१२ मुरली टोलबाट सुरु भएको हैजाले हालसम्म बारा र पर्सामा एक हजार ६८५ जनालाई संक्रमित बनाइसकेको छ। हैजाको संक्रमण नियन्त्रणमा ल्याउन खोप अभियानले महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ्य अधिकारीहरूले विश्वास व्यक्त गरेका छन्।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका अनुसार सो अभियानका लागि १० लाख १८ हजार १०० मात्रा खोप पर्सा र बाराका लागि पठाउने तयारी गरिएको छ। यो खोप मुखबाट खुवाइने खालको हो र पूर्ण रूपमा सुरक्षित रहेको स्वास्थ्य अधिकारीहरूले स्पष्ट पारेका छन्।

महाशाखाले जारी गरेको विवरणअनुसार यो खोप एक वर्षभन्दा माथिका सबै उमेर समूहका व्यक्तिहरूलाई दिइनेछ। यसमा गर्भवती महिला र स्तनपान गराइरहेकी महिलाहरू समेत समावेश हुनेछन्।

डा. लालका अनुसार यो खोप एक पटक मात्र खुवाइने हो र यसले हैजाविरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्नेछ। उनले जनस्वास्थ्यका दृष्टिले यो अभियान अत्यावश्यक भएको बताउँदै स्थानीय तह, सामुदायिक संस्था र स्वास्थ्यकर्मीहरूलाई अभियानमा सक्रिय सहभागिताका लागि आह्वान गरे।

स्वास्थ्य मन्त्रालयले पनि पर्सा र बाराका सबै स्थानीय तहमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै सरसफाइ, सुरक्षित खानेपानी र व्यक्तिगत स्वच्छतामा विशेष ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेको छ।

सामुदायिक स्वास्थ्यकर्मीहरूले भने, “हैजा नियन्त्रणका लागि खोप अभियानले ठूलो राहत पुर्‍याउनेछ। स्थानीयको सहयोग र सचेतना आवश्यक छ।” सरकारले हैजाविरुद्धको यो खोप अभियानलाई महामारी नियन्त्रणका दृष्टिले विशेष प्राथमिकता कार्यक्रमका रूपमा अघि बढाएको जनाएको छ।

एमबिबिएस र बिएससि नर ...

  जीवछ उदासी  लहान,पुस १४ गते  लहान न ...

जिल्ला उद्योग वाणिज् ...

फिरोज सिद्दिकी  लहान, पौष २ गते । जिल्ला उद्योग व ...

सड्यन्त्रकारी र असक् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

प्रत्यक्षतर्फ जसपा न ...

  जीवछ उदासी  लहान,पुस १ गते  सिरहा क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A