नेपाल प्रिमियर लिगमा चितवन राइनोजको ‘कनेक्टिभिटी पार्टनर’ बन्ने भयो भायानेट

  • कार्तिक २५, २०८२
  • समृद्धिपथ
alt

काठमाडौं। देशभरका लाखौँ घरमा इन्टरनेट सेवा पुर्‍याइरहेको भायानेट कम्युनिकेशनले अब खेलकुद क्षेत्रमा पनि आफ्नो उपस्थिति बलियो गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली चितवन राइनोजको ‘कनेक्टिभिटी पार्टनर’ बन्ने भएको छ। शुक्रबार आयोजित एक कार्यक्रममा भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शाहिन श्रेष्ठ र चितवन राइनोजका प्रमुख सञ्चालन अधिकृत डा. आशिष खड्काबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

नेपालकै ठूलो फ्रेन्चाइज क्रिकेट लिग मानिने एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ (नोभेम्बर १७ देखि डिसेम्बर १३, २०२५) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ। राष्ट्रिय क्रिकेटर कुशल मल्ल यो सिजनमा चितवन राइनोजका मार्की खेलाडी रहेका छन्।

सम्झौता कार्यक्रममा भायानेटका उपाध्यक्ष श्रेष्ठले खेलकुदलाई भायानेटको सामाजिक उत्तरदायित्व (CSR) को महत्वपूर्ण हिस्सा मान्दै यस्तो साझेदारी केवल व्यवसायिक उद्देश्यका लागि नभई समाज र नयाँ पुस्तामा सकारात्मक ऊर्जा प्रवाह गर्नेे हेतुले गरिएको बताए। “इन्टरनेटले जस्तै खेलकुदले पनि मानिसलाई जोड्छ। हामी खेललाई समर्थन गर्नु हाम्रो समाजप्रति जिम्मेवारी हो,” उनले भने।

भायानेटले यसअघि पनि खेल क्षेत्रमा सक्रिय सहभागिता जनाउँदै आएकाे छ। कम्पनीले यसअघि सम्पन्न अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप र कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर बनेको थियो। साथै, चर्चित महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बेसडर बनाउँदै ‘साम्बा प्याक’ नामक इन्टरनेट प्याकेज पनि सार्वजनिक गरिएको थियो।

चितवन राइनोजसँगको सहकार्यमार्फत भायानेटले देशभरका खेलप्रेमी, खेलाडी र समर्थकलाई एक प्लेटफर्ममा जोड्ने तथा खेलकुदको विकासमा थप योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरिएको छ।

एमबिबिएस र बिएससि नर ...

  जीवछ उदासी  लहान,पुस १४ गते  लहान न ...

जिल्ला उद्योग वाणिज् ...

फिरोज सिद्दिकी  लहान, पौष २ गते । जिल्ला उद्योग व ...

सड्यन्त्रकारी र असक् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

प्रत्यक्षतर्फ जसपा न ...

  जीवछ उदासी  लहान,पुस १ गते  सिरहा क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A