पत्रकारितामाथि हस्तक्षेप बढ्दो, पत्रकार महासंघको कडा आपत्ति

  • माघ ४, २०८२
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान, माघ ४ गते ।

जिल्लामा समाचार संकलनमा खटिएका पत्रकारहरूको कार्यमा हस्तक्षेप बढ्दै गएको भन्दै नेपाल पत्रकार महासंघ सिराहा शाखाले कडा आपत्ति जनाएको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै महासंघले पछिल्लो समय पीडक पक्षको प्रभावमा परेका कथित मिडियाकर्मीहरूले तथ्य आधारित रिपोर्टिङलाई कमजोर पार्ने प्रयास गरेको र पत्रकारिताको मर्यादामाथि आघात पुर्‍याउने गतिविधि बढिरहेको उल्लेख गरेको हो।

महासंघका अनुसार हालै ‘सुकुम्वासी ठगी’ प्रकरणमा पीडित भुट्टा यादवले पैसा लेनदेनसम्बन्धी मुद्दामा सिराहाका एक नेताको नाम कान्तिपुर टेलिभिजन तथा पत्रिकामार्फत सार्वजनिक गरेपछि, केही व्यक्तिहरूले आफूलाई पत्रकारको रूपमा परिचय दिंदै यादवलाई दबाबमा पारेर उल्टो भिडियो वाइट दिन बाध्य पारेको घटना सार्वजनिक भएको हो। विज्ञप्तिमा यस्तो कार्य घोर निन्दनीय, लज्जास्पद र मर्यादित पत्रकारिताको आधारभूत मापदण्डविपरीत रहेको उल्लेख गरिएको छ।

नेपाल पत्रकार महासंघ सिराहा शाखाले पत्रकारिताको नाममा हुने गैरजिम्मेवार र अनैतिक क्रियाकलापको कडा भत्र्सना गर्दै सबै मिडियाकर्मीलाई सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको मान्यताप्रति सजग रहने आग्रह गरेको छ।

साथै, आफूलाई पत्रकार दाबी गर्ने कुनै पनि व्यक्तिले लोभ, दबाब, डरत्रास वा अन्य प्रभावका माध्यमबाट पीडितलाई हतोत्साहित गर्ने कार्य बन्द गर्न कडा चेतावनीसमेत दिएको छ। महासंघले यस्तो गतिविधि दोहोरिएमा सम्बन्धित निकायसँग आवश्यक छानबिन र कारबाहीका लागि पहल गरिने स्पष्ट पारेको छ। महासंघले सत्य पक्षमा उभिने, पीडितको आवाज बुलन्द गर्ने र प्रेस स्वतन्त्रताको संरक्षण गर्न आफू सधैँ प्रतिवद्ध रहेकाले पत्रकारिताको मर्यादा जोगाउन सबैलाई जिम्मेवार बन्न आग्रह गरेको छ।

press

सिरहा एमालेभित्र विद ...

सिरहा, २ फागुन। सिरहामा नेकपा एमालेभित्रै गम्भीर अ ...

‘नेपाली काँग्रेस नया ...

जीवछ उदासीलहान माघ २८गते नेपाली काँग्रेसका केनद्रीय सभ ...

लहान क्याम्पसमा सप्त ...

जीवछ उदासी  लहान, माघ २२ गते  जेएस मुरारका ...

सहिद पत्नीको माग : प ...

जीवछ उदासी लहान समाचारदातालहान,माघ २२ गते फागुन २१ गते ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A