लहान सिटि जेसिसको पदस्थापना सम्पन्न

  • माघ १८, २०८२
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,माघ १८ गते 

लहान सिटि जेसिसको २४ औ स्थापना दिवस भव्य कार्यक्रमकोबीच सम्पन्न भएको छ । 

सन् २०२६ को लागि बमचन्द्र चौधरीको अध्यक्षतामा सर्वसम्मत गठित समितिलाई सन २०२५ का अध्यक्ष देवनलाल ठाकुरले चाँदीको सिक्रि गालामा लगाएर पद हस्तान्तरण गर्नुभयो । 

स्थापना दिवसको कार्यक्रममा लहान सिटि जेसिसको प्रमुख अतिथि सन् २०२५ को केन्द्रीय अध्यक्ष रजनी थापाले जेसिस चारवटा क्षेत्रमा काम गरेर नेतृत्व र व्यक्तित्व निर्माणको साथै सवल र सफल बन्ने माध्यम रहेको बताउनुभयो । 

कार्यक्रममा विशिष्ट अतिथि लहान नगरपालिकाको नगरप्रमुख महेश प्रसाद चौधरीले शासन व्यक्तिको होइन,विधिको हुनुपर्छ नीति सराहनीय रहेको शुभकामना दिनुभयो । 

IMG_20260201_174057

लहान सिटि जेसिसको पूर्व अध्यक्षहरु क्रमश: राकेश झा, धरणीधर अधिकारी चक्र दाहाल लगायतकाले लहान सिटि जेसिसले समयानुकूल प्रगतिको पथमा अघि बढ्नुपर्ने शुभकामना दिनुभयो । 

लहान सिटि जेसिसको पदस्थापना भडकिलो र खर्चिलो भइरहेकोले यसलाई परिवर्तन गर्नुपर्ने र मानव सेवामा लगाउनुपर्ने तर्कहरु पनिउठेको छ । 

सिरहा एमालेभित्र विद ...

सिरहा, २ फागुन। सिरहामा नेकपा एमालेभित्रै गम्भीर अ ...

‘नेपाली काँग्रेस नया ...

जीवछ उदासीलहान माघ २८गते नेपाली काँग्रेसका केनद्रीय सभ ...

लहान क्याम्पसमा सप्त ...

जीवछ उदासी  लहान, माघ २२ गते  जेएस मुरारका ...

सहिद पत्नीको माग : प ...

जीवछ उदासी लहान समाचारदातालहान,माघ २२ गते फागुन २१ गते ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A