सहिद पत्नीको माग : पटक–पटक वलिदानी गर्न नपरोस

  • माघ २२, २०८२
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान समाचारदाता
लहान,माघ २२ गते


फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुको सपना साकार हुने चुनावी प्रतिवद्धता आउनुपर्ने लहान वडा नम्बर १५ ढोडनाका जेनजी आन्दोलनका सहिद विजय चौधरीको पत्नी अमेरिका चौधरीले माग गरेकी छिन ।

यस पटकको निर्वाचनमा जेनजी आनदोलन लगायत पटक–पटकको आन्दोलनमा वलिदनी गरिएका सहिदहरुको सपना साकार हुने गरी काम नभएकोले भदौ २३ गते ७६ जना जेनजी युवाहरुले सहादात गरिएकोले सहिदको सपना साकार गर्ने सरकार बनाउन परिर्वतनको पक्षमा लागेको उहाँले बताउनुभयो । ‘‘एक सहिद पत्नीको पीडा अरुलाई के थाहा हुन्छ ? हाँस्ने खेल्ने उमेरमा पतिको वियोग सहनु परेको छ । मेरो पति विजय फर्केर त अब आउँदैन । केवल उहाँको सपना साकार हुने गरी काम भयो भने चित्त बुझाउ सक्छु,’’अमेरिकाले आँसु झार्दै मनको वह पोख्नुभयो । एक दक्ष हाउस वायरिङगको काम गरेर महिनाको एकलाख रुपैयाँसम्म कमाउन थालेपछि घरपरिवारको सङकट टर्दै गइरहेको सहिद विजय चौधरीको पत्नी अमेरिकाले सुनाउँदै थप्नुभयो,‘‘देशको विकास नहुनुमा भ्रष्टाचार नै सबैभन्दा ठूलो कारण रहेको कुरा उहाँ जेनजी आन्दोलन हुनुभन्दा अघिपनि गर्नुहुन्थ्यो ।’’

‘‘जेनजी आन्दोलन भदौ २३ गते काठमाण्डौमा सुरु भएपछि जति रोकेपनि विजयले मान्नु भएन । आन्दोलनमा जानुभन्दा अघि घर परिवारका सबैसँग फोनमा कुरा गरेर गएको विजय कहिले नफर्किने गरी जानुभयो । उहाँको सम्झनाले सताउँदा तस्बिर हेरेर चित्त बझाइ रहेको छु,’’अमेरिकाले सुनाउनुभयो,‘‘तीन वर्षिया छोरी विवान्सुले बुवा कतिखेर कहिले आउने प्रश्न अहिलेपनि गरिरहँदा आफूलाई सम्हाल्न गाह्रो भइरहेको छ ।’’

कान्छो छोरा विजयले कक्षा १२ सम्म मात्रै पढेर काठमाण्डौं गएर वायरिङगको काम गरे दाजु अजय चौधरलिाई पनि इन्जिनियर पढाएर गाउँमा ६ कोठाको घर समेत निर्माण गरिदिएको सहिद विजयका आमा जलेश्वरी देवी चौधरीले सुनाउनुभयो । ‘‘तिहारमा आएपछि घरमा वायरिङग र रङरोगन गरिदिइने भनेर गएको छोरा कहिले नफर्किने गरी गएको पीडा सहन नसकेर छोराको फोटो देखेर चित्त बुझाइरहेकी छु,’’उहाँले सुनाउनुभयो,‘‘विजय नै घर सम्हालेको थियो । छोरा गुमाएपछि संसार नै गुमेको महसु भइरहेको छ । अब कुनैपनि आमाले छोरा गुमाउन नपरोस । विजयको सपना साकार गरियोस ।’’

अहिलेसम्म सरकारले दिएको पन्ध्र लाखमध्ये पाँच लाख क्रिया खर्च र दसलाख नातिनी विवान्सुको नाउँमा वैंकमा जम्मा गरि दिएको विजयको आमा जलेश्वरी चौधरीले भन्दै लहान नगरपालिकाले लहान वडा नम्बर १५ मा कार्यालय सहयोगीमा बुहारी अमेरिकालाई रोजगारी दिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ,‘‘यस पटकको चुनावमा छोराको रगत खेर नजाओस,देशमा परिवर्तन होस् । बुढेसकालमा हाम्रो सहारा हुने सरकार बनोस । मेरो छोराको रगतमा भ्रष्टाचारीहरुले मौज गरेको दिन देख्न नपरोस् ।’’

लहानले हरेक आन्दोलनमा बलिदननी गर्दै आइरहेको छ । प्रजातान्त्रि आन्दोलनमा रा लक्ष्मण दाजुभाइ,माओवादी सशस्त्र युद्धमा ६ जना, मधेश आन्दोलनमा पाँच जना र जेनजी आन्दोलनमा गरी एक गरी १४ जनाले सहादात गरिएको लहानबाट सहिदको सपना साकार हुने गरी घोषणापत्र आउनुपर्ने न्यायिक मागप्रति दलहरुको माग केन्द्रित हुन आवश्यक देखिएको नागरिक अगुवा दिनेश यादवले बताउनुभयो ।

 

 

सिरहा एमालेभित्र विद ...

सिरहा, २ फागुन। सिरहामा नेकपा एमालेभित्रै गम्भीर अ ...

‘नेपाली काँग्रेस नया ...

जीवछ उदासीलहान माघ २८गते नेपाली काँग्रेसका केनद्रीय सभ ...

लहान क्याम्पसमा सप्त ...

जीवछ उदासी  लहान, माघ २२ गते  जेएस मुरारका ...

कडा प्रतिस्पर्धाले स ...

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ फेरि एकपटक र ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A