‘नेपाली काँग्रेस नयाँ पार्टी बनेर चुनावमा होमिएको छ’

  • माघ २८, २०८२
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान माघ २८गते

नेपाली काँग्रेसका केनद्रीय सभापति गगन कुमार थापाले नेपाली काँग्रेस नयाँ पार्टी बनेर चुनावमा होमिएको बताउनु भएको छ । लहानमा नेपाली काँग्रेस सिरहा १ नम्बर क्षेत्रीय समितिले आयोजना गरिएको स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको छ ।

नेपाली काँग्रेस पुरानो पार्टीको रुपमा धेरै राजनीति विकृति बोकेको आभास भएर नै माघ १ गतेबाट यस पार्टीलाई नयाँ पार्टी बनाएको उहाँले बताउनुभयो ।‘‘आवेग आक्रास जम्मा गरेर नयाँ पार्टी बन्दैन । त्यसको लागि इतिहास, विरासत र अनुभवको समेत आवश्यक्ता पर्दछ । नेपाली काँग्रेस विगतबाट सिकेर वर्तमानमा नयाँपन ल्याएर देशको सुनौलो भविष्य निर्माण गर्ने एक जिम्मेबार पार्टी हो,’’सभापति थापाले औल्याउनुभयो ।

भ्रष्टाचारलाई संस्थागत गर्ने क्रमभङग गर्न नै नेपाली काँग्रेस नयाँपन ल्याएर फगुन २१ गते हुने निर्वाचनको लागि इतिहास बुझेको र भविष्य देखेको नयाँ अनुहारहरुलाई उम्मेदवार बनाएको उहाँले बताउनुभयो । सभापति थापाले भन्नुभयो,‘‘भ्रष्टाचारको विरोधमा भदौ २३ र २४ गते सडकमा उत्रेका जेनजी पुस्ताहरुलाई गोली खानुपर्ने र सिंहदरवार जलाउनुपर्ने अवस्था आउने समया कहिले नआउने गरी काँग्रेस जिम्मेवार पार्टीको रुपमा नयाँपन लिएर चुनावमा होमिएको छ ।’’फागुन २१ गते सम्पन्न हुने निर्वाचनबाट चैतमा नेपाली काँग्रेसको नेतृत्वमा बन्ने सरकारले बैशाख १ गतेदेखि प्रत्येक महिनामा सम्पन्न गर्ने कार्यको सूची सार्वजानिक गरेर जनताको आवश्यक्तालाई पुरा गर्नेगरी काम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

हुलाकी सडकको भ्रमणको क्रममा पुल निर्माण र ठूला आयोजनाहरु सम्पन्न हुन दशकौ लाग्ने विकृतिको अन्य गरी ठेक्का टेण्डरमा मौलाएको बिलो ठेक्का टेण्डर प्रवृतिको अन्तय नै गर्ने सभापति थापाले विश्वास व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो,‘‘बिलो ठेका टेण्डरले पनि भ्रष्टाचार हुने गरेको छ ।’’मधेशको किसान र उपभोक्ताहरु ठूलो पङक्ति लागेर मलखाद्य लिइने हरेक कार्यालयमा विचौलियाले कमिसन लिइने लगायतका भ्रष्टाचारको जरा उखेल्न नेपाली काँग्रेस नेतृतवको सरकारले गरेर देखाउने प्रतिवद्धता नेपाली काँग्रेसल ल्याउन लागेको चुनावी प्रतिज्ञापत्र ल्याउन लागेको जानकारी गराउनुभयो ।

हिमाल पहाड तराई सबैलाई जोडने नयाँ नेपाली काँग्रेसको मुख्य उद्येश्य रहेकोले आफू काठमाण्डौंमा सजिलै चुनाव जित्ने निर्वाचन क्षेत्र छाडेर मधेशको सर्लाही जिल्लाबाट उम्मेदवारी दिएको उहाँले प्रष्टयाउनुभयो । सिरहा १ बाट उम्म्ेदवार हुनु भएको रामसुन्दर चौधरी र सिरहा २ बाट उम्मेदवार हुनु भएको रामचन्द्र यादवलाई निर्वाचित गराउन सभापति थापाले अपिल गर्नुभयो । नेपाली काँग्रेसमा काण्डै काण्ड गर्ने र भ्रष्टाचारीलाई प्रश्रय दिइने नेताहरुको दिन समाप्त भइसककेकोले यस पटकको निर्वाचनमा नेपाली काँग्रेसलाई नै जिताउन उहाँले पटक–पटक दोहराउनुभयो । उहाँले भन्नुभयो,‘‘शिक्षा स्वास्थ्य, कृषि पर्यटन पूर्वाधार र सामाजिक न्याय दिइने नेपाली काँग्रेसको नेतृत्व नयाँ पुस्ताबाट आफूले गरिरहेकोले देशैभरीमा नेपाली काँग्रेसप्रति लहर देखिएको छ ।’’

‘‘माघ २७ गते एकै दिन १४ वटा निर्वाचन क्षेत्रमा पुग्ने कार्ययोजना रहेको सभापति थापाले सुनाउँदै मधेशको समस्या नेपाली काँग्रेसबाहेक अरु पार्टीले पुरा गर्न सक्दैन,’’सभापति थापाले भन्नुभयो । लहानको मुख्य चोकमा रहेको सहिद पार्कमा रहेका मधेश आन्दोलनमा सहादात प्राप्त गरेका सहिदहरु रमेश महतो, विजय सहनी,प्रमोद सदाय,बेचन यादव र मोहम्मद अनिस अन्सारीको शालिकमा माल्यार्पण सभापति थापाले गर्नु भएको थियो । कार्यक्रम सिरहा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति एवं लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

सिरहा एमालेभित्र विद ...

सिरहा, २ फागुन। सिरहामा नेकपा एमालेभित्रै गम्भीर अ ...

लहान क्याम्पसमा सप्त ...

जीवछ उदासी  लहान, माघ २२ गते  जेएस मुरारका ...

सहिद पत्नीको माग : प ...

जीवछ उदासी लहान समाचारदातालहान,माघ २२ गते फागुन २१ गते ...

कडा प्रतिस्पर्धाले स ...

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ फेरि एकपटक र ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A