काँग्रेसको पुरानो नेता चौधरी रास्वपामा प्रवेश

  • फागुन १३, २०८२
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,फागुन १३ गते 

नेपाली काँग्रेसको पुरानो नेता अच्चमितलाल चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु भएको छ ।

रा्स्वपा सभापति रवि लामिछाने लहानको मुख्य चोकमा रहेको सहिद शालिकहरुमा माल्यार्पण र चुनावी सडक प्रदर्शनमा आउनु भएको अवसरमा अच्चमितलाल चौधरी नेपाली काँग्रेस परित्याग गरी रास्वपामा प्रवेश गर्नु भएको हो । यसैगरी वातावरणविद् दिनेश कुमार यादव पनि रास्वपामा प्रवेश गर्नु भएको छ । 

IMG_20260225_121826

२०७४ सालको स्थानीय निर्वाचनमा नौ हजारभन्दा मत ल्याएर लहान नगरप्रमुखको प्रत्यासी रहनु भएको अच्चमितलाल चौधरी पटक पटक नेपाली काँग्रेसको लहान नगर सभापति समेत रहि सक्नु भएको छ । पुर्व बामपन्थी र पछिल्लो समयमा मधेशवादी दलमा रहनु भएको दिनेश यादव बिधिवत रुपमा रास्वपा प्रवेश गर्नु भएको छ । 

''पुरानो दलहरुको कारण देशले निकास र विकास पाउन नसकेकोले परिवर्तनको बाहक शक्ति रास्वपा नै भरपर्दो विकल्प भएकोले हामी रास्वपा पार्टीमा प्रवेश गरेका छौ ,''उहाँहरुले भन्नुभयो । 

एक मिनेट २८ सेकेण्डको सम्बोधनमा सभापति लामिछानेले सहिदहरुको सपना साकार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,'' मधेश पहाड हिमाल जोडेर सिङगो देशको विकास रास्वपाले नै गर्ने छ ।' 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A