जीवछ उदासी
लहान, साउन ७ गते
सिरहा निर्वाचन क्षेत्र –१ का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ता निर्वाचनको समयमा पटक पटक मतदाताको बिचमा आइरहने प्रतिवद्धता पुरा गर्न कार्य सूची बनाएर नै वडा स्तरीय भेटघाटमा व्यस्त रहनु भएको छ ।
प्रतिनिधिसभाको बैठक सकिए लगतै उहाँ आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गर्ने कार्यलाई निरन्तरा दिइरहने कार्यक्रम अन्तर्गत साउन १४ गतेसम्ममा सिरहा निर्वाचन क्षेत्र नम्वर १ को भेटघाटको कार्यसूचीच तयार गरिएको प्रतिनिधिसभा सदस्य गुप्ताको सचिवालयले जनाएको छ ।
यस निर्वाचन क्षेत्रमा पर्ने ४१ वटा वडाहरुमध्ये हिजो मङगलबारदेदि देखि भगवानपुर गाउँपालिकाको पाँच वटा वडा र आज लहान नगरपालिकाको सहरी क्षेत्रमा पर्ने दस वटै वडा र ग्रामीण भेगमा पर्ने वडा नम्बर २१ मा उहाँ विहान आठ बजेदेखि बेलुका आठ बजेसम्म कार्य सूची बनाएर भेटघाटलाई निरन्तरता दिइरहेको उहाँले बताउनुभयो ।

भगवानपुर गाउँपालिकाको भेटघाटमा पाँच वटै वडामा सडक मलखाद्य, शिक्षा स्वास्थ्य धार्मिक पर्यटकीय स्थल बालासुन्दरी मन्दिर निर्माण पुरानो ठाडी बजारको व्वयस्थापन लगायतको समस्या हुनुपर्ने मतदाताहरुले सुनाएको जानकारी गराउनुभयो ।
लहान नगरपालिका वडा नम्वर २१ को धान खेत डुबानको समस्या बुझ्न पुग्नु भएको प्रतिनिधिसभा सदस्य गुप्तालाई कमला बलान जोडने सलहेस मार्गमा होचुवाको भरमा राखिएको हयुमपाइपबाट पानी निकासा नहुँदा विगत चार वर्षदेखि पचीस विगहा खेत डुबानमा परेर समस्या भएको स्थानीय कृषकहरुले गुनासो सुनाउनुभयो । स्थानीयहरुको गुनासो सुन्नुकोसाथै स्थलगत अवलोकन गरेर लहान नगरपालिकाको सम्बन्धित वडा र नगरपालिकासँग समन्वय गरेर समस्या माधान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
लहान नगरपालिकाको सहरी क्षेत्रमा पर्ने वडा नम्बर ३,४,५,६,७ र ८ का स्थानीयहरुसँगको भेटघाटमा व्यक्त भएको समस्या सुन्दा गएको ९ वर्षमा वडाध्यक्ष र लहान नगरपालिकाले सडक,सरसफाइ,शिक्षा, विद्युत र लागु औषध नियणत्रण वस पार्कको व्यवस्थापन र खुटी नहर सञ्चालनको लागि गतिलो काम नगरिएको व्यापक जन गुनासो आएको प्रतिनिधिसभा सदस्य गुप्ताले बताउनुभयो ।
‘‘लहान नगरपालिका वडा नम्बर ४,५ र ६ नम्बरको जुवा तास र लागु औषधको केन्द्र बनेको लहान ५ र ६ को सीमा रहेको सामुदायिक शौचालय र मन्दिर क्षेत्रको समस्या स्थानीयहरुले सुनाएको समस्याले आफू गम्भीर भएको छु । लहान नगरपालिकाले सहरी क्षेत्रको सडक निर्माण, नाला निर्माण रबढ्दो लागु औषधको समस्या समाधान गर्न पटककै पहल नगरिएको महिला र सचेत समुदायबाट गुनासो आएको छ,’’उहाँले भन्नुभयो,’’प्रतिनिधिसभाको सदस्यले सात किलोमिटरभन्दा बढीको सडक ठूलो योजनाहरु मत्रै विकासको लागि पहल गर्ने र आवश्यक कानुन निर्माण गर्न भूमिका खेल्ने र सदनमा जनताको आवाज उठाउने कार्य प्रतिनिधिसभा सदस्यको भएको विषयमा समेत स्पष्ट पार्नु परेको छ ।’’

मानव अधिकार संगठन मधेश प्रदेशका अध्यक्ष समेत रहनु भएको लहान वडा नम्वर ४ का स्थानीय विमल ठाकुरले वडामा देखिएको भद्रगोलता र फैलिएको लागु औषधको विकृतिबारे समेत वडा नम्बर ४ मा भेटघाटमा आउनु भएको प्रतिनिधिसभा सदस्य बब्लु गुप्तालाई ध्यान आकर्षण गराएको बताउनुभयो ।
आफू फरक दलको वडाध्यक्ष भएपनि लहान नगरपालिका वडा नम्बर ३ कै वडा कार्यालयमा प्रतिनिधिसभा सदस्य गुप्ता स्थानीय वडावासीसँग छलफल गरेर गर्नु भएको भेटघाटले मन हर्षित भएको वडाध्यक्ष रामदयाल महतोले बताउनुभयो ।उहाँले भन्नुभयो,लहानको वस पार्क सञ्चालनको पहल वडा नम्बर ३ को चारकिलोमिटर सडक नाला निर्माण बस पार्कसम्म निर्माणकोलागि पहल, लहान–३ मा रहेको रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको भौतिक निर्माण र दस वर्षदेखि अलपत्र परेको बाल अस्पताल सञ्चालनको लागि पहल गरि दिन माग गरेका छौ ।’’
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A