९१ किलो गाँजाजस्तो पदार्थसहित एक जना पक्राउ, चार जना फरार

  • साउन २३, २०८३
  • समृद्धिपथ
alt

लहान । सिरहा प्रहरीले ९१ किलो २५ ग्राम गाँजाजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आशंकामा थप चार जना फरार भएका छन्। पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ जमुवा टोलका ४३ वर्षीय मोहन साह रहेका हुन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति करिब २ः३० बजेको समयमा सखुवानान्कारकट्टी गाउँपालिका–४ स्थित बलान खोलामा इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेशपुर सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरीले गस्तीका क्रममा पाँच जना व्यक्तिहरू पाँचवटा बोरा कपडाको नाम्लो बनाई टाउकोमा बोकेर हिँडिरहेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि भाग्न खोजेका थिए। प्रहरीले एक जनालाई नियन्त्रणमा लिन सफल भए पनि बाँकी चार जना फरार भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलमा फालिएका पाँचवटा बोरा नियन्त्रणमा लिएर जाँच गर्दा ती बोराभित्र गाँजाजस्तो देखिने पदार्थ फेला परेको थियो। उक्त पदार्थको तौल गर्दा ९१ किलो २५ ग्राम रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

पक्राउ परेका साहलाई बरामद पदार्थसहित इलाका प्रहरी कार्यालय लहानमा ल्याएर अनुसन्धान तथा सोधपुछ गर्दा फरार रहेका चार जनामध्ये दुई जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ।

पहिचान खुलेका फरार व्यक्तिमा भगवानपुर गाउँपालिका–७ का ४२ वर्षीय कलेन्द्र यादव र भगवानपुर गाउँपालिका–४ जमुवा टोलका ४५ वर्षीय ब्रह्मदेव यादव रहेका छन्।

प्रहरीका अनुसार फरार रहेका अन्य दुई जनाको पहिचान खुलाउने तथा घटनामा उनीहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको छ।

पक्राउ परेका साहविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। बरामद पदार्थ प्रयोगशाला परीक्षणपछि मात्रै गाँजा भए नभएको यकिन हुने भएकाले प्रहरीले यसलाई हाल ‘गाँजाजस्तो देखिने पदार्थ’ भनेको छ।

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A