जीवछ उदासी
लहान समाचारदाता
लहान भदौ ३ गते
लहान नगरपालिका वडा नम्बर १४ स्थित श्री बस्तीपुर माध्यमिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्मित चार कोठे भवनको आज लहान नगरप्रमुख महेश प्रसाद चौधरीले उद्घाटन गर्नु भएको छ ।
२५ लाखमा निर्मित चार कोठे भवन सञ्चालनमा आएपछि शैक्षिक कार्यक्रमको लागि निकै सहयोग पुगेको विद्यालयको प्रधानाध्यापक शोभानन्द चौधरीले बताउनुभयो ।
२००४ सालमा स्थापित बस्तीपुर माध्यमिक विद्यालय कुनैबेला लहानको मात्रै नभएर देशकै नमुना विद्यालय रहेको यस विद्यालयको शैक्षिक अवस्था ओरालो लागेको थियो । पुरानो शैक्षिक विरासत फर्काउन लहान नगरपालिका शिक्षा शाखाले नेपाली र अंग्रेजी दुबै माध्यममा सञ्चालन गर्न नमुना विद्यालय बनाउन भौतिक पूर्वाधार र शैक्षिक सुधारको लागि कार्यक्रम अघि बढाएको लहान नगरप्रमुख महेश प्रसाद चौधरीले उद्घाटन गर्दै बताउनुभयो ।
नमूना विद्यालयको रुपमा विकास गरिएको यस विद्यालयमा विधार्थी संख्या फेरि बढन थालेको र अभिभावकहरुको विश्वास बढ्न थालेको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अरुण कुमार यादवले सुनाउनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A