बाढीपीडितका लागि लहानका मुस्लिम समुदायको सहकार्य, ४ टन राहत सामग्री प्रभावित क्षेत्रमा पठाइयो

  • भदौ १४, २०८३
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान, भदौ १४ गते । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सिराहाको लहानका मुस्लिम समुदायले मानवीय सहयोगको उदाहरण प्रस्तुत गरेका छन्। समुदायस्तरबाट नगद तथा जिन्सी राहत सामग्री संकलन गरी बाढी प्रभावित क्षेत्रमा पठाइएको हो।

बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै लहानका मुस्लिम समुदायले २ लाख ७० हजार रुपैयाँ संकलन गरेका छन्। शुक्रबार जुमाको नमाजपछि लहानका विभिन्न मस्जिदमा गरिएको अपिलपछि समुदायका व्यक्तिहरूले क्यूआरमार्फत पनि रकम जम्मा गरेका हुन्।

यस अभियानको अगुवाइ युथ मुस्लिम वेलफेयर सोसाइटी नेपाल, लहानले गरेको हो। सोसाइटीका अध्यक्ष इसराइल सिद्दिकीका अनुसार बाढीपीडितका लागि करिब ४ टन भन्दा बढी राहत सामग्री संकलन गरी ट्रकमाफर्त प्रभावित क्षेत्रतर्फ पठाइएको छ।

20260830_172646

राहत सामग्रीमा चामल, दाल, पिठो, चिउरा, भुजा, आलु, प्याज, चाउचाउ, कपडा, साबुन, ब्रस, टावेल, बाल्टी, जग, शुद्ध खानेपानी, औषधि तथा स्वास्थ्य सामग्री, जुत्ता–चप्पललगायत दैनिक जीवनमा आवश्यक सामग्री छन्।

विपद्को पीडामा परेका नागरिकलाई आफ्नो समुदायको सदस्यझैँ सम्झेर लहानका मुस्लिम समुदायले सहयोगको हात बढाएको सोसाइटीका प्रतिनिधिहरूले बताएका छन्। उनीहरूका अनुसार राहत केवल सामग्री हस्तान्तरण मात्र नभई विपद्मा परेका परिवारको दुःखमा साथ दिने मानवीय दायित्व हो।

Screenshot_20260830_215810_Gallery 1

भोटेकोशीमा आएको भीषण बाढीका कारण विशेषगरी रसुवालगायत प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक विस्थापित भएका छन्। आफन्त गुमाएका, घरबारविहीन बनेका र आधारभूत आवश्यकतासमेत पूरा गर्न कठिनाइ भोगिरहेका परिवारसम्म राहत पुर्‍याउन समुदायस्तरबाट गरिएको यो प्रयासले विपद्को समयमा सामाजिक एकता र मानवीय संवेदनाको सन्देश दिएको छ।

यसअघि सोसाइटीले बाढीपीडितका लागि सहयोग गर्न लहान–५ स्थित बाख्रा बजार नजिक राहत संकलन केन्द्र सञ्चालन गर्दै संघ–संस्था, निजी क्षेत्र, नागरिक समाज, उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई स्वेच्छिक सहयोगका लागि आह्वान गरेको थियो।

20260830_172814

यता, लहानमा व्यक्तिगत तथा संस्थागत रूपमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा क्यूआरमार्फत रकम जम्मा गर्ने क्रम अझै जारी रहेको बताइएको छ।

“विपद्को यो कठिन घडीमा पीडित परिवारको घाउमा मलम लगाउनु हामी सबैको साझा दायित्व हो,” मुस्लिम अगुवा तथा वेलफेयर सोसाइटीका प्रतिनिधिहरूले भनेका छन्, “सक्नेले आफ्नो क्षमताअनुसार सहयोग गरेर मानवीय एकता र सामाजिक उत्तरदायित्व प्रस्तुत गर्नुपर्छ।” लहानबाट पठाइएको राहतले विपदबाट प्रभावित परिवारका लागि तत्कालीन आवश्यकतामा केही राहत पुर्‍याउने अपेक्षा गरिएको छ।

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A