समाज

    Showing ४५१-४६० of ८५९ items.
  • कर्जन्हा नगरपालिकाले पाठेघर र हाइड्रोसिलका विरामीको निःशुल्क उपचार गर्ने

    मुकेशकुमार यादव सिरहा, २३ मंंसिर । कर्जन्हा नगरपालिका र फूलकुमारी  महतो मेमोरियल अस्पतालले पालिकामा पाठेघर र हाइड्रोसिलका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । पालिका र अस्पतालको साझेदारीमा पालिकामा पाठेघर खसेका महिला र हाइड्रोसिल भएका पुरुषको निःशुल्क शल्यक्रिया सहितको उपचार उपलब्ध गराउने भएको हो । कर्जन्हा नगरपालिका अस्पतालबीच पाठेघर खसेका महिला र हाइड्रोसिल भएका पुरुषको शल्यक्रियाका लागि क्रमशः अधिकतम २६ र ७ हजार दिने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले जानकारी दिए । निशुल्क शल्यक्रिया सेवा, बेड चार्ज, उपचार, औषधि खानाको सुविधा र ऐम्बुलेन्स सेवा निशुल्क हुने

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • ६९७ पटक पढिएको
    • समृद्धिपथ
  • गोलबजारमा माओवादी केन्द्रले गरेको जक्का जाम सहमति पछि खुल्यो

    लहान । नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरु गोलबजार स्थित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरी गरेको चक्का जाम ८ घण्टा पछि खुलेको छ । शुक्रबार सिरहा ३ बाट नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा मधेश प्रदेशका सह-इन्चार्ज लिलानाथ श्रेष्ठ निर्वाचित हुँदा विजय जुलुसमा सहभागी एमाले कार्यकर्ताहरुले गोलबजार नगरका पूर्व मेयर देवनाथ साहको घरमा ढुंगामुढा गरेको आरोप लगाउदै शनिबार दिन भरी बन्द गरिएको सडक ढुङ्गामुडा गर्नेमाथि कार्वाही गर्ने सहमति पछि खुलेको हो । माओवादी केन्द्रका कार्यकर्ताहरु विहानैदेखि प्रदर्शन गर्दै राजमार्ग अवरुद्ध गर्दा लामो तथा छोटो दूरीका सवारी साधन अलपत्र परेका छन् । विरोधमा संलग्नह

    • प्रकाशित मितिः मंसिर १०, २०७९
    • ४४१ पटक पढिएको
    • समृद्धिपथ
  • प्रतिनिधी र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम सम्पन्न

    एलिना हिङ्गंमाङ्ग चौधरी, लहान, १ मंसिर । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मधेश प्रदेशका ६ पालिका र प्रदेश नं. १ को उदयपुर जिल्लाको दुई वटा नगरपालिकामा मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा खसेको मतहरु वदर नहोस भन्ने उदेश्यले आई एफ एस नेपालको सहयोगमा समग्र विकास सेवा केन्द्रको आयोजनामा सिरहाको लहान र कर्जन्हा नगरपालिका, सप्तरीको सुरुङ्गा र शम्भुनाथ नगरपालिका, धनुषाको जनकपुर उपमाहानगरपालिका र धनुषाधाम नगरपालिकामा मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम गरिएको छ । त्यस्तै प्रदेश १

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • ६५९ पटक पढिएको
    • समृद्धिपथ
  • सप्तरीमा निर्वाचनको तयारी पूरा

    सप्तरी, १ मंसिर  जिल्ला निर्वाचन अधिकृतको कार्यालय सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले सप्तरीमा निर्वाचनको तयारी पूरा भएको बताएका छन् । उनले जिल्लामा २९७ मतदानस्थलमा ५३६ वटा स्थायी र २ वटा अस्थायी गरी ५३८ वटा बुथमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।'जिल्लामा टाढा रहेको बुथमा सुरक्षाकर्मीसहित आजै मतदान सामग्री पठाइउने काम भइरहेको छ । नजिकै रहेका बुथमा भोलि कर्मचारी सुरक्षाकर्मीसहित मतदान सामग्री पुग्ने उनको भनाइ रहेको छ । ३० वैशाखमा भएको स्थानीयतह निर्वाचनको आधारमा २९७ वटै मतदानस्थलको सुक्ष्म अध्यनन गरेर निर्वाचनको तयारी गरिएको जानकारी दिए

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • ६०२ पटक पढिएको
    • समृद्धिपथ
  • अब प्रत्येक दिन उम्मेदवारले गरेको खर्चको विवरण प्रहरीले पठाउने

    काठमाडौं, २८ कात्तिक  नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले अबदेखि दैनिक रुपमा उम्मेदवारले निर्वाचनको प्रचारप्रसारका क्रममा गर्ने खर्चको विवरण निर्वाचन आयोगलाई पठाउन्ु पर्ने भएको छ ।  केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजक निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्व बसेको बैठकले उक्त निर्णय गरेको हो ।  मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा आचारसंहितालाई कडाईका साथ लागू गर्न उक्त निर्णय गरिएको हो ।    बैठकले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको पालना तथा सो सम्बन्धमा गरेका सबै क्रियाकलापहरु र निर्वाचनमा ख

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • ३३६ पटक पढिएको
    • समृद्धिपथ
  • मतदानको दुई दिन अघिदेखि आयोगद्वारा मदिरा बिक्री र सेवनमा रोक

    काठमाडौं । आगामी मंसिर ४ मा हुने चुनावको ४८ घण्टा अघिदेखि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्वाचन आयोगले निर्णय गरेको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले निर्वाचनको प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न रोक लगाउने निर्णय गरेको हो । मतदान सुरु हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म मादक पदार्थ बिक्री वितरण भएको पाइएमा जफत गर्न समेत गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई निर्देशन दिने आयोगले निर्णय गरेको छ । -न्युज कारखाना

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • २६९ पटक पढिएको
    • समृद्धिपथ
  • निर्वाचनमा उत्साहित छैनन् सिरहाका मतदाता, भन्छन्- ‘जितेर गएपछि फर्केर आउदैन’

    सिरहा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै जाँदा पनि मतदाताहरुमा उत्साह देखिएको छैन । राजनीतिक दलका उम्मेदवारहरु मतदाताको घर घरमा पुगेपनि यसपटक विगतको जस्तो मतदाताहरूमा उत्साह देखिएको छैन । दलहरूले आयोजना गर्ने चुनावी भेटघाट कार्यक्रममा पनि उनीहरूको सहभागिता उत्साहजनक देखिएको छैन । निर्वाचनमा मात्रै गाउँ टोलमा पुग्ने निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरू गाउँ नफर्किने गरेको नागरिकहरूले गुनासो पोख्ने गरेका छन् । ‘नेता भोट माग्न मात्रै गाउँ आउँछन्, भोट सकेपछि फर्केर हेर्दैनन्,’ लहान नगरपालिका वडा नम्बर ९ का संजय कुमार साहले भन्नुभयो । साह जस्तै लक्ष्म

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • ४४५ पटक पढिएको
    • समृद्धिपथ
  • सप्तरीमा निर्वाचन आचारसंहिता कार्यान्वयन भएन

    सुधा देव सप्तरी २३ कात्तिक । सप्तरीमा निर्वाचन आचारसंहिताविपरीत कार्यले सहरलाई कुरुप देखाएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा क्रममा राजनीति दलका नेता कार्यकर्ताले प्रयोग गरेको उम्मेदवारको फोटो, पोष्टर, पम्प्लेटले सप्तरीको विभिन्न सहरलाई कुरुप बनाएको छ ।  चुनाव प्रचारप्रसारमा प्रयोग गरिएका विभिन्न पार्टीका झण्डा, चुनाव चिह्नअंकित पोष्टर, पम्प्लेट र उम्मेदवारहरुको फोटो जथाभावी राख्ने, फ्याल्ने कार्यले जिल्ला नै कुरूप देखिएको स्थानीय रामचन्द्र यादवले बताए । ‘अहिले बजार, हटिया सार्वजनिकस्थल जताततै उम्मेदवारको फोटो, पर्चा पम्

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • ३७४ पटक पढिएको
    • समृद्धिपथ
  • फोहोर नउठ्दा पुरै बस्ती दुर्गन्धित, स्थानीयवासीले लगाए पालिकामा ताला

    बारा, २० कात्तिक । जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुर क्षेत्रमा लामो समयदेखि फोहोर नउठेको भन्दै स्थानीयवासीले उपमहानगरपालिका कार्यालयमा ताला लगाएका छन् । फोहोर नउठ्दा पुरै बस्ती दुर्गन्धित भएको र समस्या समाधान गर्न उनीहरूले दबाबस्वरुप तालाबन्दी गरेका हुन् । यसअघि उपमहानगरलाई फोहोर उठाउन पटकपटक आग्रह गर्दा समेत बेवास्ता गरेको उनीहरूकाे गुनासो छ । ताला लगाउन जनप्रतिनिधिहरू समेत सहभागी थिए । उनीहरूले नगर प्रमुख राजन पौडेलले फोहोर व्यवस्थापनको विषयलाई बेवास्ता गरेको बताए । नगर प्रमुख पौडेलले निर्वाचन कार्यालय क्षेत्र ४ का प्रमुख कर्ण राई र इलाका प्रहरी कार्यालय सिमराका प्रमुख युवराज तिमल्स

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • ३४८ पटक पढिएको
    • समृद्धिपथ
  • सञ्चार क्षेत्र खुसी पार्न उम्मेदवारको आश्वासन : सञ्चारकर्मीलाई पेन्सनदेखि तालिम र फेलोसिप

    भैरहवा, २० कात्तिक । राज्यको चौथो अंगको रुप मानिने पत्रकारिता क्षेत्रलाई रुपन्देहीका उम्मेदवारले विशेष प्रथमिकता दिँदै विभिन्न प्रतिबद्धता जनाइरहेका छन् । देशकै ध्यानाकर्षण रहेको रुपन्देहीको भैरहवामा केन्द्रीय स्तरका नेताहरू चुनावमा होमिएपछि सबै विषयलाई समेटेर योजना सार्वजनिक भइरहेका छन् । पाँच दलीय गठबन्धनबाट बालकृष्ण खाण र तीन दलीय तालमेलबाट दीपक बोहराबीच चुनावी प्रतिस्पर्धा चलिरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, एमाले र जनता समाजवादीको साझा उम्मेदवारको रुपमा रहेका रुपन्देही ३ का उम्मेदवारले सञ्चार क्षेत्रमा विशेष काम गर्नेगरी प्रतिबद्धता सार्वजनिक गरेका छन् । तीन दलीय तालमेलका तर्फबाट

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • ३५४ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A