राष्ट्रिय

    Showing १-१० of १,०९६ items.
  • झिझिया नृत्यमा ‘डायन’सम्बन्धी गीत बजाएको विषयमा विवाद, सांसद विद्रोहीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

    लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक कार्यक्रममा झिझिया नृत्यका क्रममा ‘डायन’सम्बन्धी गीत बजाइएको विषयलाई लिएर मधेश प्रदेशसभा सदस्य ललिता दास विद्रोही र नेपाली कांग्रेस लहान नगर कार्यसमितिबीच विवाद उत्पन्न भएको छ। सांसद विद्रोहीले उक्त गतिविधिप्रति आपत्ति जनाएकी छन् भने कांग्रेसले नगर प्रमुख महेशप्रसाद चौधरी र उनको परिवारलाई लक्षित गरी अमर्यादित टिप्पणी गरिएको आरोप लगाउँदै कारबाहीको माग गरेको छ। लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरी अध्यक्ष रहेको दुर्गा मन्दिरअगाडि आयोजित धार्मिक जागरण कार्यक्रममा झिझिया नृत्यका क्रममा ‘डायन’सम्बन्धी गीत बजाइएको भन

    • प्रकाशित मितिः असोज २८, २०८३
    • ११० पटक पढिएको
    • समृद्धिपथ
  • मेला–महोत्सव राति १० बजेपछि सञ्चालन गर्न रोक, प्रशासनको अनुमति अनिवार्य

    फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाभित्र आयोजना हुने मेला, महोत्सव, जात्रा तथा चाडपर्वका कार्यक्रम राति १० बजेपछि सञ्चालन नगर्न आग्रह गरेको छ। प्रशासनले शान्ति सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न र धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पर्न नदिन आयोजकलाई सचेत गराएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वार जारी सूचनामार्फत मेला–महोत्सवका अवसरमा हुने सांस्कृतिक, मनोरञ्जनात्मक, नाचगानलगायतका कार्यक्रम राति १० बजेपछि सञ्चालन नगर्न तथा नगराउन अनुरोध गरिएको छ। सूचनामा ठूलो आवाजमा डिजे (DJ), साउण्ड सिस्टम तथा बाजागाजा नबजाउन र प्रचलित कानुन तथ

    • प्रकाशित मितिः असोज २६, २०८३
    • २४४ पटक पढिएको
    • समृद्धिपथ
  • दशैंमा दुलहीझैँ सिँगारियो लहानको दुर्गा मन्दिर, दर्शनार्थीको घुइँचो

    लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका–७ स्थित ऐतिहासिक दुर्गा मन्दिर झिलिमिली बत्ती र आकर्षक सजावटले दुलहीझैँ सिँगारिएको छ। मन्दिर परिसरदेखि प्रवेशमार्गसम्म गरिएको सजावटले भक्तजन तथा सर्वसाधारणलाई आकर्षित गरेको हो। नवनिर्मित मन्दिरको आकर्षक स्वरूप अवलोकन गर्न र दुर्गा भवानीको दर्शन गर्न विभिन्न स्थानबाट श्रद्धालुहरू पुगिरहेका छन्। मन्दिर परिसरमा पूजाआजा गर्ने भक्तजनसँगै तस्बिर खिच्ने तथा रील्स र टिकटक भिडियो बनाउने युवायुवतीको समेत उल्लेख्य भीड देखिएको छ। दशैंको धार्मिक उत्सवसँगै मन्दिरमा बढेको चहलपहलले लहानको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई थप उजागर गरेको छ। आकर्षक सजावट

    • प्रकाशित मितिः असोज २३, २०८३
    • १३९ पटक पढिएको
    • समृद्धिपथ
  • 'हामी आउँदैछौ' रास्वपाको अभियान लहानमा सम्पन्न

      जीवछ उदासी  लहान,असोज २२ गते  स्थानीय चुनावको तयारी र संगठनात्मक संरचना सुधारको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सञ्चालन गरिरहेको 'हामी आउँदैछौ' अभियान सिरहाको लहानमा सम्पन्न भएको छ ।  अभियानको प्रमुख अतिथि रास्वपा सांसद राजेश कुमार चौधरीले सम्बोधन गर्नुभयो । सम्बोधनको क्रममा सांसद चौधरीले स्थानीय चुनाव लक्षित यो अभियानले संगठनमा उर्जा भर्ने र स्थानीय चुनावको लागि पार्टीले गठन गरिएको क्यान्डिडेइट क्लवबारे प्रष्ट्याउनु भयो । उहाँले भन्नुभयो,' पार्टीले योगदान इमानदारी र पार्टीको जग मजबुत गर्नुको साथै स्थानीय तहको सरकार सञ्चालन गरेर जनतालाई सुशासन र विकासको प्रत

    • प्रकाशित मितिः असोज २२, २०८३
    • ५४२ पटक पढिएको
    • समृद्धिपथ
  • चाडपर्वको मुखमा जिल्लामा शान्ति सुरक्षा चुस्तदुरुस्त रहन्छ : प्रजिअ प्रसाइ

    जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समयमा सिरहामा शान्ति सुरक्षा चुस्त दुरुस्त पार्ने जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।  सरुवा भइ सिरहा जिल्ला प्रशासन कार्यालय सिरहामा हाजिर हुनु भएको प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाइले सिरहाका सञ्चारकर्मीहेुसँग आयोजित भेटघाटमा यस्तो बताउनु भएको छ ।  जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था बुझ्न र आवश्यक सल्लाह सुझावको लागि सबभन्दा पहिले सञ्चारकर्मीहरुसँग भेटघाट गरेर शान्ति सुरक्षा कायम गर्न पाँच बुँदे कार्यक्रम लागु गरिने प्रजिअ प्रसादले विश्वास व्यक्त गर्नुभयो ।   सुरक्षा समितिको संयोजकको हैसियतले चाडपर्वको

    • प्रकाशित मितिः असोज २२, २०८३
    • २३३ पटक पढिएको
    • समृद्धिपथ
  • रास्वपा नेतृ भण्डारी सिरहामा

        जीवछ उदासी लहान,असोज २१ गते  आगामी स्थानीय चुनावलाई लक्षित गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य मितिमा कार्की भण्डारीले सिरहाको तीन गाउँपालिकाहरुमा क्यान्डिडेइट क्लवबारे स्थानीय अगुवा नेता कार्यकर्ताहरुलाई प्रशिक्षित गर्नु भएको छ ।  हिजो मङ्गलबार सिरहाको सिरहा क्षेत्र नम्वर १ को भगवानपुर सिरहा -२ को नवराजपुर र सिरहा -३ को अर्नमा गाउँपालिकामा प्रशिक्षण तथा भेटघाट सम्पन्न गर्नुभयो ।  कुनै पार्टीमा आवद्ध नरहेको योग्य व्यक्ति ४५ दिनपछि र अरु दल त्यागेर आएको नेताले ९० दिन पछि क्यान्डिडेइट क्लवमा जोडिन सक्ने नेतृ कार्की

    • प्रकाशित मितिः असोज २१, २०८३
    • ६३१ पटक पढिएको
    • समृद्धिपथ
  • ५ ग्राम ब्राउन सुगरसहित २० वर्षीय युवक पक्राउ

    सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरबाट प्रहरीले लागूऔषध ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–७ का करिब २० वर्षीय अजय कुमार यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत बन्दीपुरमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैया र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारीसाधन जाँचको क्रममा पक्राउ गरेको हो। पूर्वबाट पश्चिम पोखरातर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१–००१ ख ०२२१

    • प्रकाशित मितिः असोज १७, २०८३
    • १३५ पटक पढिएको
    • समृद्धिपथ
  • जितिया पर्व सुरु, सन्तानको दीर्घायु र पारिवारिक सुख शान्तिको कामनामा महिलाको कठोर व्रत

    लहान । सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता तथा पारिवारिक सुख शान्तिको कामना गर्दै मिथिलाञ्चलमा मनाइने पवित्र जितिया पर्व शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छ। सिराहा, सप्तरी, धनुषालगायत मिथिला क्षेत्रका महिला आज ‘नहा खा’ अर्थात् नुहाएर खाने विधि पूरा गर्दै पर्वको धार्मिक अनुष्ठानमा सहभागी भएका छन्। जितिया पर्व विशेषगरी तराई मधेस क्षेत्रमा बसोबास गर्ने थारू तथा मधेसी समुदायका महिलाले श्रद्धा र निष्ठापूर्वक मनाउने गर्छन्। पर्वका अवसरमा महिलाहरूले सन्तानको दीर्घजीवन, सुस्वास्थ्य, सफलता तथा परिवारको सुख शान्तिका लागि भगवान् जितमाहनको पूजा आराधना गर्दै कठोर उपवास बस्ने परम्परा छ।

    • प्रकाशित मितिः असोज १६, २०८३
    • ८१ पटक पढिएको
    • समृद्धिपथ
  • सिराहामा फेरि ठूलो परिमाणमा ११ क्विन्टलभन्दा बढी प्रतिबन्धित गाँजा बरामद

    सिराहा । सिराहाको सुखीपुर नगरपालिका–१० गागनखोला क्षेत्रबाट सशस्त्र प्रहरीले एकैपटक ११ क्विन्टलभन्दा बढी प्रतिबन्धित गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा ठूलो परिमाणमा गाँजा बरामद भएपछि सिराहाबाट हुँदै आएको लागुऔषध ओसारपसारमाथि सुरक्षा निगरानी थप कडा भएको देखिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टरबाट प्राप्त विशेष सूचनाका आधारमा गण, गोलबजार र सुखीपुरबाट परिचालित २९ जनाको संयुक्त टोलीले सुखीपुर नगरपालिका–१० स्थित गागनखोला नजिक विश्वकर्मा चोक क्षेत्रमा कारबाही गरेको थियो। कारबाहीका क्रममा १ हजार १०२ किलो ६ सय ५५ ग्राम अर्थात् ११ क्विन्टल २.६५५ किलो

    • प्रकाशित मितिः असोज १५, २०८३
    • १०४ पटक पढिएको
    • समृद्धिपथ
  • विपन्न परिवारकी छोरीको विवाहका लागि युथ मुस्लिम वेल्फेयर सोसाइटीद्वारा ५० हजार सहयोग

    फिरोज सिद्दिकी  लहान । विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारका छोरीहरूको विवाहमा सहयोग गर्ने उद्देश्यसहित सामाजिक अभियान सञ्चालन गर्दै आएको युथ मुस्लिम वेल्फेयर सोसाइटी नेपाल, लहानले एक विपन्न परिवारलाई छोरीको विवाहका लागि आर्थिक सहयोग गरेको छ। सोसाइटीले लहान नगरपालिका–१८, शोभापुर निवासी मोहम्मद किस्मतलाई उनकी छोरीको विवाहका लागि नगद ५० हजार रुपैयाँ सहयोग गरेको हो। छोरीको विवाहका लागि आवश्यक खर्च जुटाउन आर्थिक समस्या भएपछि किस्मतले सहयोगका लागि युथ मुस्लिम वेल्फेयर सोसाइटीसँग आग्रह गरेका थिए। सोही आग्रहअनुसार सोसाइटीका अध्यक्ष इसरायल सिद्दिकीसहित पदाधिकारी तथा सदस्यहरूको उपस्थितिम

    • प्रकाशित मितिः असोज ९, २०८३
    • ७९० पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A