संघर्षदेखि सफलतासम्मः यति परिवर्तन भइन् नेहा कक्कड (फोटोफिचर)

  • जेठ २४, २०७७
  • समृद्धिपथ
alt

एजेन्सी

बलिउडकी चर्चित गायिका तथा रियालिटी शोकी निर्णायक नेहा कक्कडको आज अर्थात् ३२औं जन्मदिन हो । नेहा आज जुन अवस्थामा आइपुगेकी छिन् त्यसका लागि उनले र उनको परिवारले निकै संघर्ष गर्नुपरेको छ । उनी आफ्नी बहिनी सोनूसँग भजन तिर गाउँथिन्, अहिले उनी देशको सबैभन्दा धेरै पारिश्रमिक लिने गायिकामध्येकी एक हुन् ।

नेहाका भाइ टोनी कक्कडले मुम्बई मिररसँगको कुराकानीमा नेहा अहिले पनि आफ्नो जन्मदिनका लागि बच्चा झैं खुसी हुने बताएका थिए ।

maxresdefault

टोनीले भनेका थिए, ‘वाल्यकालदेखि अहिलेसम्म, हाम्रो जीवनमा थुप्रै कुरा परिवर्तन भएको छ नेहा उपहार र जन्मदिनका लागि सधैं उत्साहित हुने गर्छिन् ।’

टोनीका अनुसार वाल्यकालमा उनीहरु ऋषिकेशमा बस्दथे । त्यहाँ निकै जन्मदिनको निकै साधारण पार्टी हुने गर्दथ्यो । उनकी आमाले छोराछोरीको जन्मदिनमा कम्तीमा एउटा केक र पेस्ट्रीको व्यवस्था गर्ने गर्थिन्  ।

नेहा कक्कड र उनका भाइ बहिनीको संघर्षको कहानी थुप्रैपटक सार्वजनिक भइसकेको छ । भारतीय सञ्चारमाध्यमलाई विश्वास गर्ने हो भने नेहाका बुवाले स्कूल बाहिर समोसा बेच्दथे जसका कारण नेहालाई उनका साथीहरुले निकै जिस्काउने गर्दथे ।

neha-and-tony_qhQ0iAfrr7

नेहा र उनकी बहिनी मन्दिरमा आरतीका लागि हुने भजनमा गाउने गर्दथे । टोनीका अनुसार सोनू र नेहाले यो अवस्थासम्म आइपुग्नका लागि अत्यधिक मिहिनेत गरेका छन् ।

सन् २००८–०९ मा नेहा मुम्बई आएको र इन्डियन आइडलमा भाग लिएपछि उनको जीवनशैली अत्यधिक परिवर्तन भएको टोनीले बताए ।

neha-kakkar-and-famliy_lIg8DG136r

नेहाले राम्रो काम पाउन थालेपछि उनको परिवारले मुम्बईमा आफ्नो अपार्टमेन्ट खरिद गरेको थियो । केहि दिनअघि नेहाले ऋषिकेशमा आफ्नो घर खरिद गरेकी छिन् र भाडाको घरमा बस्दा कति समस्यामा सामना गर्नुपरेको बारे पनि उनी कुरा गर्छिन् ।

Dghn1GdWAAEB5XK

neha k

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A