निर्माण श्रमिकलाई सामाजिक सुरक्षामा जोड्न लहानमा सरोकारवालाको परामर्श

  • असोज ६, २०८३
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान । निर्माण क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउँदै उनीहरूको हक, अधिकार र श्रम सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले सिराहाको लहानमा सरोकारवाला परामर्श तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।

नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक-नेपाल) सिराहाको आयोजनामा ‘निर्माण श्रमिकहरूको लागि सामाजिक सुरक्षा पहुँचको प्रवर्धन र सुदृढीकरण’ विषयक कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा निर्माण क्षेत्रमा कार्यरत श्रमिक, श्रमिक संगठनका प्रतिनिधि तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।

IMG-20260922-WA0004

कार्यक्रममा क्यूपेक-नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र विष्ट प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले निर्माण श्रमिकहरूको सामाजिक सुरक्षा पहुँचको प्रवर्धन र सुदृढीकरणसम्बन्धी प्रशिक्षण दिनुभएको थियो। 

अध्यक्ष बिष्टले श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन श्रमिक संगठन, रोजगारदाता, स्थानीय तह र सम्बन्धित सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिनुभएको थियो।

IMG-20260922-WA0005

कार्यक्रममा निर्माण श्रमिकको सामाजिक सुरक्षा, श्रम अधिकार, सामाजिक सुरक्षा योजनामा आबद्धताको प्रक्रिया तथा श्रमिकले प्राप्त गर्न सक्ने सुविधाका विषयमा जानकारी गराइएको थियो। निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको रोजगारीको प्रकृति अस्थिर हुने भएकाले उनीहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन थप प्रभावकारी पहल आवश्यक रहेको सहभागीहरूले बताएका थिए।

सहभागीहरूले सामाजिक सुरक्षा योजनाबारे श्रमिकमा अझै पर्याप्त जानकारी नरहेको भन्दै स्थानीयस्तरमै नियमित सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका थिए। श्रमिकको दर्ता, योगदान र सामाजिक सुरक्षा योजनाबाट प्राप्त हुने सुविधाबारे सहज रूपमा जानकारी उपलब्ध गराउने व्यवस्था आवश्यक रहेको उनीहरूको भनाइ थियो।

20260922_150818

 

निर्माण श्रमिकलाई सुरक्षित कार्यस्थल, उचित पारिश्रमिक तथा सामाजिक सुरक्षाको पहुँच सुनिश्चित गर्न निरन्तर पहल आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो। आयोजकले श्रमिकको हक, अधिकार र सामाजिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले यस्ता सचेतना तथा परामर्श कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

केन्द्रीय महासचिव कीर्तिनिधी विष्ट र नेपाल कृषि श्रमिक संघका महासचिव प्रदीप कुमार चौधरी अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको अध्यक्षता रामकृष्ण चौधरीले गर्नुभएको थियो भने सुरतलाल चौधरीले सहजीकरण गर्नुभएको थियो। क्युपेक-नेपाल सिराहाका अध्यक्ष भगवती प्रसाद चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

IMG-20260922-WA0006 1

IMG-20260922-WA0003

लहान नगर कमिटीद्वारा ...

लहान, असोज ३ गते । नेकपा (एमाले) लहान नगर कमिटीले १२औँ ...

प्रकोपबाट जोगिन लहान ...

जीवछ उदासी लहान असोज २ गते लहान नगरपालिकामा रहेका ५९ व ...

लहानमा एमालेको ‘मिसन ...

फिरोज सिद्दिकी  लहान । नेकपा (एमाले) ले सञ्चालन ग ...

प्रविधियुक्त र जस्ता ...

    जीवछ उदासी लहान,भदौ ३० गते  सिरह ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A