कक्षा १ देखि १० सम्म विभिन्न टेलिभिजनबाट पठनपाठन गराइने

  • जेठ ३२, २०७७
  • समृद्धिपथ
alt

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरी विभिन्न टेलिभिजनबाट शिक्षण गराउने भएको छ ।

मन्त्रालयले भोलिदेखि असार ३१ गते सम्म टेलिभिजनबाट पढाउने भएको हो । कोभिड (१९ का कारण देश भरका सबै विद्यालयको पठन पाठन प्रभावित भएपछि मन्त्रालयले वैकल्पिक शिक्षण सिकाइ मार्फत विद्यार्थीको पठनसिपको विकास गर्न उद्देश्यले टेलिभिजनबाट शिक्षण गर्ने भएको छ ।

शिक्षा मन्त्रालयको सहकार्यमा नेपाल टेलिभिजनको एनटिभी प्लस च्यानलबाट बिहान ९।०० देखि साँझ ५।४० बजेसम्म विभिन्न अनिवार्य विषयमा क्रमशः कक्षा १ देखि १० सम्मका विषयका शिक्षकले भिडियो माध्यमबाट पढाउने भएका छन् ।

कक्षा १ देखि ८ सम्मका  पाठहरू नेपाल टेलिभिजनको एनटिभी प्ल्सबाट प्रशारण हुने भएका छन् भने कक्षा ९ र १० का विषयगत पाठहरू डिसमिडिया नेटवर्क लिमिटेड, डिसहोम, एनआइटिभी स्ट्रिम प्रालि, नेट टिभी, मेगा म्याक्स टिभीबाट कक्षा सञ्चालन गर्ने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक माधव दाहालले जानकारी दिएको समाचार इडियुपत्रमा छ ।

visual3 copy

visual2 copy

visual-1 copy

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A