बथनाहा चोकमा जलेश्वरनाथ मन्दिरको शिलान्यास

  • असार २, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी 
लहान,असार २ गते । लहान २३ बथनाहा चोकमा सोमबार जलेश्वर नाथ महादेव मन्दिर निर्माण कार्यको शिलान्यास लहान नगरप्रमुख मुनि साहले गर्नु भएको छ । 
स्थानीयहरुले यस चोकमा जलेश्वरनाथ मन्दिरको स्थापनाको लागि पटक–पटक गरेको मागलाई पुरा गर्न एक वर्षमा यस भेगका भव्य मन्दिर बनोस कामना गर्दै उहाँले शिलान्यास गर्नु भएको हो । 
७५ लाख लाग्ने खर्चमा निर्माण हुने मन्दिरले यस भेगमा धार्मिक पर्यटकीयहरुलाई समेत तान्न सक्ने जन विश्वास लहान नगरपालिकाले लिएको प्रमुख साहले बताउनुभयो ।  
विगत वर्षहरुदेखि लहानको खुटी खोलामा जल भरेर जलेश्वरनाथ महादेवलाई पूजा गर्दै आइरहेका स्थानीयहरुले महादेवको मन्दिर निर्माणको लागि स्थानीय नेकपाका नेता अशेश्वर यादवले लहान नगरपालिकामा स्थानीयहरुको हस्ताक्षर सहित माग गरेर दबाब बढाएपछि स्थानीयहरुको मागलाई सम्बोधन गर्न लहान नगरपालिका यस निर्णयमा पुगेको नगरप्रमुख साहले प्रष्टयाउनुभयो । 
लहान नगरपालिका २३ यस नगरपालिकाको दक्षिणी सीमाना समेत रहेको यो वडा पहिलेको गढा गाविस थियो । गढा गाविस हुँदा ५ नम्वर वडा रहेको बथनाहा चोकमा दुई दशकभन्दा बढी समयदेखि हाट बजार समेत लाग्दै आइरहेको छ । हाटबजार व्यवस्थापन र नजिकै रहेको पोखरीको संरक्षण समेत गरेर लहान नगरपालिकाले ३५ लाख भन्दा वढीको लागतमा ६ कोठाको भवन समेत निर्माण गरि दिएको हो । 
गढा गाविस हुँदा दुई पटक गाविस अध्यक्ष र नगरपालिका वडा नम्वर २३ हुँदा पहिलोपटक वडाध्यक्ष नेपाली काँग्रेसबाट कन्हैया प्रसाद गुप्ता जीत हासिल गर्दै आइरहेको यस वडामा जनसंख्याको रुपमा पहिलो जाति यादव,दोश्रो सहनी (मलाह) तेश्रो चौधरी चौथाृे महतो र पाँचो तेली र छैठो स्थानमा अन्य दलित र अन्य जाति रहेको यस वडामा कन्हैया प्रसाद गुप्ता तेश्रो पटक विजयी हुनु भएको हो । 
विकासको हिसावले अत्यन्तै राम्रो भूगोल मिलेको यस वडामा ग्राभेल गरिएको सडकहरु भत्किएर यतिवेला गाँउमा हिड्ने बाटो अत्यन्तै विग्रेको छ । स्थानीय नरेश ठाकुर भन्नुहुन्छ, यस वडामा यतिवेला मन्दिर बनाउने प्रतिस्पर्धा नै चलेको छ । वडाधयक्ष गुप्ताले चुनावमा गरेको प्रतिवद्धता अनुसार मन्दिर मात्रै निर्माण गर्नु भएको छ । 
हिन्दु धर्मले मान्ने सबै मन्दिर यस वडामा छ । शनिको मन्दिर बँकी थियो त्यो पनि बनाउने सुरसार हुँदैछ । अरु मन्दिरभन्दा यस मन्दिरले फरक अर्थ यसमानेमा राखिने अर्का स्थानीय मुसहरु यादव भन्नुहुन्छ, जलेश्वरनाथ महादेवको मन्दिरले यस भेगमा धार्मिक पर्यटकीय भित्राउने हिसावले नगरपालिकाले बनाउन लागेको हो । 
वडानम्वर २३ मा राजनीतिक सन्तुलन हेर्ने हो भने नेपाली काँग्रेस र नेकपाको बीचमा कडा प्रतिस्पर्धा भएपनि चुनावको मुखमा दारु भारु र जातीय समिकरणले थोरै मतले नेकपा एमाले पछि पर्दै आएको वडा रहेको स्थानीय कमल यादवको मत रहेको छ ।  उहाँको अनुसार आउने चुनावमा नेकपा हावी हुन सक्ने विश्लेषण यति वेला नै यस वडामा हुन थालेको छ । 

 

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A