नियम र नीति सहित २ अर्बभन्दा बढीको बजेट पारित गर्दै लहान नगरसभा सम्पन्न

  • असार ११, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी

लहान नगरपालिकाले नीति नीयम सहित ६ वटा कानुन सहित छैठौ नगरसभाबाट दुई अर्वभन्दा बढीको बजेट अगामी आर्थिक वर्ष २०७७÷७८ को लागि बजेट पारित गर्दै नगरसभा सम्पन्न भएको छ ।

असार १० गते नियमित रुपमा छैठौ नगरसभामा पेस गरेका भूमि व्यवस्था सम्बन्धी ऐन २०७७,विद्यापति भानुभक्त वचनालय ऐन,२०७७,फोहोर तथा लेदो व्यवस्थापन नीति २०७७, कर्मचारी व्यवस्थापन ऐन २०७७ र लहान नगरपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन२०७५(चौथो संशोधन) पारित गरिएको लहान नगरपालिका प्रशासकीय प्रमूख खेमनन्दन भूषालले जानकारी दिनुभयो ।

यसैगरी आगामी आर्थिक वर्षका लागि प्रस्ताविक बजेट चालुतर्फ खर्च रु ८७ करोड ढलाख अर्थात ३७.४० प्रतिशत,र पूँजीगत खर्च रु १ अर्ब ४५ करोड,७६ लाख ५ हजार १९० अर्थात ६२.६० प्रतिशतगरी जम्मा २ अर्ब ३२ करोड८५ लाख,५ हजार १९० पारित गरिएको हो ।

lahan nagarpalika lhn 2
लहान नगरप्रमुख मुनि साह नगरसभालाई सम्बोधनको क्रममा भन्नुभयो,देशकै ठूलो नगरपालिका रहेको लहानको २४ वटै वडाको लागि यो बजेट अन्य गापा र नपाको तुलनामा कम भएपनि लहान नगरपालिकाले भ्याएसम्म शहरी र ग्रामीण भेगको सन्तुलित रुपमा विकास अघि बढाउदै लगेको छ । यस वर्षको बजेटबाट स्ुरु भएको योजनाहरुलाई सम्पन्न गर्न समपूर्ण जनप्रतिनिधिहरु इमानदारीपूर्वक विकास निर्माणको काम गरेर सुन्दर लहान समृद्ध लहानको सपना पूरा गर्न एक पटक फेरि अठोट गरेर लाग्न सबैमा आग्रह गर्नुभयो ।

nagarpalika lhn 1.3
चुनावमा जनतासँग गरेको ९० प्रतिशत प्रतिवद्धताहरु पुरा गर्नको लागि लहान नगरपालिका लक्ष्यप्राप्तिमा सफल भईरहेको छ । दस प्रतिशत योजनाहरु सफल बनाउन संघ र प्रदेश सरकारको साथ पाउन हामी सबै आफ्नो ठाँउबाट पहल गर्नुपर्ने आग्रह उहाँले गर्नुभयो ।

 

लहानदेखि गोठडाँडा सम ...

जीवछ यादव लहान,बैशाख १९ गते  जीवन कहिल्यै नटुङिन ...

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A