एकता कपुरको सो नागिन–४ को सुटिङ सुरु

  • असार १४, २०७७
  • समृद्धिपथ
alt

एजेन्सी । लकडाउनका कारण बन्द भएको इन्टरटेन्मेन्ट इन्डस्ट्री बिस्तारै खुल्न थालेको छ । भारतमा मनोरञ्जन उद्योग महवपूर्ण उद्योगमध्ये एक हो । भारतको महाराष्ट्र सरकारले गाइडलाइन जारी गरेपछि मनोरञ्जन उद्योगलाई राहत मिलेको छ । जसकाकारण सुटिङ सुरु हुन थालेको छ ।

एकता कपुरको सो नागिन–४ को सुटिङ सुरु भएको बताइएको छ । शुक्रबार पूर्ण स्वास्थ्य सुरक्षा विधि अपनाएर निया शर्मासहितको टिमले सुटिङ सुरु गरेका थिए ।

लामो समयपछि सेटमा पुगेका लिड कलाकार निया शर्मा निकै खुसी भएकी थिइन् । केही कलाकारले इन्स्टाग्राम एकाउन्टमा सुटिङका केही तस्बिरहरू सेयरसमेत गरेका छन् । जसले कलाकारलाई उत्साहित बनाएको देखिन्छ । कतिपयले त्रास अझै कायम रहेको बताएका छन् । केहीले तीन महिनापछि सुटिङमा जान पाएकोमा खुसी व्यक्त गरेका छन् । सेटका केही तस्बिर तथा भिडियो सार्वजनिक भएको छ । जसमा सामाजिक दूरीसमेत कायम गरिएको देखिन्छ । डाइरेक्टर रञ्जनकुमार खुसी देखिएका छन् ।

नागिन–४ को पुरै टिमले फेस सिल्ड, मास्क र पीपीई किट्स प्रयोग गरेको रञ्जन कुमारले बताएका छन् । नियाका साथ रहेका सो लिड एक्टर वीजयेन्द्र कुमेरिया पनि सुटिङमा उपस्थित थिए ।

लकडाउनका कारण टेलिभिजन सोहरूमा लामो ग्याप भएको छ । कतिपय सो अफ एयर हुने चर्चासमेत चल्न थालेको छ । यसैबीच एकता कपुरले नागिन–४ को क्याइमेक्स एपिसोड सुट गरेर नयाँ सिजन सुरु गरेकी हुन् । एक अन्तर्वार्तामा एकताले भनेकी छन्, ‘सिजन–४ को अन्तिम एपिसोड समाप्त भएपछि सिजन–५ टेलिकास्ट गरिनेछ । जसमा दर्शकले धेरै नयाँ कुरा हेर्न पाउनेछन् ।’

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A