‘भ्रष्टाचारको जगमा सुशासन र समृद्धि संभव छैन’

  • असार २६, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
असार २६ गते लहान
नेकपाको सरकार खुसी नेपाली,समृद्ध नेपालको नारा दिएर जनमत पाएको हो । नारालाई कार्यान्वयन गर्न सरकारी तयारी हुनु आवश्यक पनि छ । देश समृद्ध हुनु जनता खुसी रहनु भनेको आमूल परिवर्तन हो । नारा लगाउनु सजिलो छ, तर यसको कार्यान्वयन गर्नु चुनौतीपूर्ण कार्य नै हो । भ्रष्टाचार र समेद्धिसँगसँगै जान सक्दैन । जहाँ भ्रष्टाचार छ, त्याँहा समृद्धि हुँदैन । तर भ्रष्टाचार संस्कृति बनि सकेको छ, यसलाई हटाउनु र जरैदेखि उखेल्नु चानचुने कार्य होइन, यसको लागि राष्ट्रिय संकल्पको आवश्यक्ता छ । जनता ,नेता,कर्मचारी,ठेकेदार सबैले शपथ खाएर भ्रष्टाचार नगर्ने देश समाज बनाउने अठोट नगर्ने हो भने भ्रष्टाचारको अन्तय हुने छैन । बजेटको दुरुपयोग हुनु नै भ्रष्टाचार हो । तोकिएको मापदण्ड अनुसार काम नगर्नु भ्रष्टाचार हो । नैतिक र भौतिक भ्रष्टाचारले नेपाली समाज प्रगति गर्न सकिरहेको छैन । असी प्रतिशत काम गरि दिएर २० प्रतिशत भ्रष्टाचार गर्न त जनताले नै छुट दिएको छ तर ७० प्रतिशत खाएर ३० प्रतिशत काम गर्ने चलन भएको छ ।

 

असारे विकासे बजेटले त झन् भ्रष्टाचार गर्नकै लागि भएको व्यापक जनगुनासो सुन्छि । तर सुनिएको मात्रै होइन् सत्य पनि हो । सबैभन्दा बढी बचत माटोका काममा हुन्छ । सडक निर्माणकोको कार्यमा त करोडको रकम भ्रष्टाचार हुने गरेको छ । कामले त्यसै भनिरहेको छ, यस कार्यमा भ्रष्टाचार भयो तर कानुनी प्रक्रिया पूरा गरेको कागजी घोडा दौडाएकोले भ्रष्टाचार गरेपनि भन्न सकिदैन । लोकतन्त्र गणतन्त्र आएपछि भ्रष्टाचारको अन्तय भएर सुशासको स्थापना हुने मान्यता धरापमा पर्न गयो । भ्रष्टाचारको संस्कृति झनै मौलायो । कसले गरयो कुन दलले गरेन भने छुटयाउन समस्या छ । यहाँ त सचेत जनताले भन्न थालेको छ जुन जोगी आएपनि कानै चिरेको । राजा हटाएर काँग्रेस कम्युनिष्ट लगायतका दलहरुलाई शासन सत्ता सुम्पेपनि भ्रष्टाचारको गति कम भएन भनै तेज गति लियो । सानो देश प्रकृति छट्टाले सिंगारिएको सुन्दर देशलाई संसारकै मनमोहक देश बनाउन सकिने संभावना र सपनालाई पूरा गर्न सकिएन । हरेक वडामा करोडौको विकासे बजेट गयो तर निर्माण भएका सडक तीन चार वर्षभन्दा बढी जादैन फेरि बनाउनु पर्ने बाध्यता । सानो उदाहरणको रुपमा केहि दिन अगाडि लहान ठाडी सडकको नहरा र भगवानपूरबीचमा गत वर्ष नै पीच गरेको सडकमा ट्रक हिलोमा झै गाडिएको देखियो । पीच गरेको सडक एक वर्ष नहुँदै भत्किने उप्किने गरेको छ । यो त भयो सडक क्षेत्रमा भएको भ्रष्टाचार अन्य अन्य क्षेत्रमा पनि यहि रोगले गाजेको छ ।


कुनै यस्तो क्षेत्र छैन, कुनै यस्तो निकाय छैन जहाँ भ्रष्टाचार हुँदैन । राजतन्त्रमा हुकुमी शासन थियो । जनताले बोल्न सक्दैन्थयो । त्यसवेला निरंकुशताकै कारण भ्रष्टाचार भयो । राजतन्त्र फाल्न पनि नेपाली जनताले रगत बगाएर गणतन्त्र लयायो तर पहिले एउटा संस्थामा हुने भ्रष्टाचार अहिले सबै दलमा छरिए । व्यस्था बदलिएपनि अवस्था बदल्न सकेन । लोकतन्त्र आएपछि सबैभन्दा नेपाली काँग्रेसले शासन गरयो । काँग्रेसको पालामा भ्रष्टाचारको जरा गहिरियो । यसलाई उखालेर फाल्न कम्युनिष्टहरुको झण्डै दुई तिहाई जनताले दियो तर भ्रष्टाचारको नियणत्रण हुन सकेन । जबकि चुनावमा तत्कालिन एमाले र माओवादीको साझा चुनावी प्रतिवद्धतापत्रमा भ्रष्टाचारको अन्तय , सुशासन समृद्धि ल्याउने समृद्ध नेपाल र खुसी नेपालीको नारालाई जनताले अनुमोदन गरे । जमेर मतदान गरे । तीनै तहमा नेकपाको सरकार आयो । यो सरकारको पनि आयू अब अढाई वर्ष मात्रै छ तर सुशासनको प्रत्याभूति जनताले गर्न सकेन । जन चहना अनुसारको काम गर्न खरो उत्रिन सकेन भने आवाजहरु उठिरहेको छ । कम्यसनिष्ट घोषणापत्र अनुसारको काम हुन नसक्दा , गरीव मजदुरले राहतको महसुस नगर्दा , सुकुमवासी र जग्गा विहिनहरुले बस्ने ओत नपाँउदा समाजमा न्याय र समानताको अनुभूति नगर्दा कम्युनिष्टहरुले आफनो वोलीलाई व्यावहारमा नउतार्नु पनि नैतिक र राजनीतिक भ्रष्टाचार नै हो ।


यतिवेला सत्ताधारी कम्युनिष्ट पाटीको स्थायी कमिटिको बैठक चलिरहेको छ । यस बैठकले जनताले राहत पाउने विषयमा छलफल होला, किसानले मलखाद्य पाउला ,कम्युनिष्टहरु श्रम शिविर चलाएर देशको विकासमा योगदान गर्दा ,शिक्षा, स्वास्थ्य र भूनीति ल्याएर समाजवादको जग मजबूत गरेर तमाम विभेदहरुको अन्तय गर्न स्थायी कमिटिमा प्रस्तावहरु पेस होला भने रहर बोकेका समर्थक शुभचिन्तकहरु ठूला नेताको पदको झगडा हेरेर छक्क परेका छन् । सुविधाभोगी भएका कम्युनिष्टहरु पनि भ्रष्टाचारको दलदलमा फसिसक्यो भने सन्देस प्रवाह भइरहेको छ । आज सत्ताधारी नेपाल कम्युनिष्ट पाटी भित्र जुन किसिमको सत्ताको लागि अस्वस्थ्य र अभद्र प्रदर्शन भइरहेको छ । यसले आउने समयमा नेपालमा पनि कम्युनिष्टहरुको लागि सुखद छैन , समृद्धि आँउदैन, नेपाली जनता खुसी हुँदैन र भ्रष्टाचार हट्दैन । कुनै वेला भारतमा कम्युनिष्ट पाटी लोकसभामा दोश्रो स्थानमा हुन्थे । आज एक दुई सिटमा खुम्चिनु परेको छ । पश्चिम बंगालमा कम्युनिष्टहरुको हाल वेहाल भएको छ । यसको गहिराइमा जाँदा जनतासँग गरेका कबुलहरु पुरा नगरेर आफ्नो निहित स्वार्थमा केन्द्रित भएपछि क्रान्तिकारी पर्खालहरु भत्किएको प्रष्टै हुन्छ ।


नेपाल कम्युनिष्ट पाटीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संघर्षको जीवनले नेपालमा समृद्धि ल्याउन , समाजवादको जग बसाल्न यतिवेला राजकीय सेवा सुविधामा लिप्त हुने तृष्णलाई मनभित्र आउन नदिएर देशको विकासतर्फ मोडिनुपर्नेमा कुर्सीको लागि घरझगडामा लागेर जनताका भावना र शहिदका सपनाहरुलाई वेवास्ता गरिनुले वातवरणमा भौतिक फोहोर देखिए झै पाटीभित्र विकृति र कम्युनिष्टले गर्नै नहुने विकृति बढेर गएको छ । कम्युनिष्ट शासन सत्तामा भ्रष्टाचारीहरुको भगाभाग हुन्थ्यो तर त्यसो हुन सकिरहेको छैन । तश्कर र भ्रष्टाचारीहरुको विगविगी अहिले झन् बढेर गएको छ । काँग्रेसको पालामा गठन भएर उपभोक्ता समितिले गरेको काम र कम्युनिष्टको सत्तामा उपभोक्ता समितिले गरेको कामामा अकाश पतालको फरक हुनुपर्दथ्यो तर बोटल फेरिए पनि रक्सी उही रहेको जन बोली पनि रहेको छ । व्यवहारपनि त्यस्तै देखिएको छ । पूँजीपति कम्युनिष्ट विरोधीहरुले भित्रयाएको दारु भरुको संस्कृति कम्युनिष्ट सत्तामा समेत देखिनु खेदजनक छ । अहिलेपनि नेकपाका सरकार र पाटीलाई सुधार गर्न प्रर्याप्त समय छ । चमत्कार गरेर देखाउन राष्ट्रिय संकल्प लिएर जो जहाँ छौ, जुन क्षेत्रमा छौ अब देश समाज बनाउनु छ भने भावले कमरेडली मनले अघि वढ्न जरुरी छ ।


आठ लाख सदस्य रहेको कम्य्निष्ट पाटीका सदस्यहरुले चहयो भने देशको काया पलट गर्न सक्छ न तर सबै महल र पजेरोमा रमाएर काठमाण्डौको एअर कन्डिशनमा रमाएर बालुवाटारमा सरकार बनाउने र भत्काउने कामतिर मात्रै केन्द्रित हुनु भयो भने सत्यानास शिवा केहि हात लाग्ने छैन । महँगो चुनावी प्रणलीलाई बदलिन जरुरी छ । यस चुनावी प्रक्रियाबाट इमामनदारहरु केहिलेपनि दारु भरुको सामना गर्न सक्दैन र चुनाव पनि जित्न सक्दैन । तसर्थ यस देशमा भ्रष्टाचारको अन्तय, सुशासन समृद्धिको जन मजबूत बनाउन, राष्ट्रियता र जनजीविकाको सवालमा पाटी अघि बढ्न संविधान संशोधन गरेर भएपनि हिमाल पहाड मधेश तराई सबैको चाहनालाई समेटेर सबैको छाहारी एउटै साझा फूलबारी होस् । यसको लागि राष्ट्रपतीय प्रणलीमा जान पनि आवश्यक छ । सुशासन, समृद्धि र भ्रष्टाचार कहिलेपनि कहिपनि साँगसँगै जादैन ।

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A