‘भ्रष्टाचारको जगमा सुशासन र समृद्धि संभव छैन’

  • असार २६, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
असार २६ गते लहान
नेकपाको सरकार खुसी नेपाली,समृद्ध नेपालको नारा दिएर जनमत पाएको हो । नारालाई कार्यान्वयन गर्न सरकारी तयारी हुनु आवश्यक पनि छ । देश समृद्ध हुनु जनता खुसी रहनु भनेको आमूल परिवर्तन हो । नारा लगाउनु सजिलो छ, तर यसको कार्यान्वयन गर्नु चुनौतीपूर्ण कार्य नै हो । भ्रष्टाचार र समेद्धिसँगसँगै जान सक्दैन । जहाँ भ्रष्टाचार छ, त्याँहा समृद्धि हुँदैन । तर भ्रष्टाचार संस्कृति बनि सकेको छ, यसलाई हटाउनु र जरैदेखि उखेल्नु चानचुने कार्य होइन, यसको लागि राष्ट्रिय संकल्पको आवश्यक्ता छ । जनता ,नेता,कर्मचारी,ठेकेदार सबैले शपथ खाएर भ्रष्टाचार नगर्ने देश समाज बनाउने अठोट नगर्ने हो भने भ्रष्टाचारको अन्तय हुने छैन । बजेटको दुरुपयोग हुनु नै भ्रष्टाचार हो । तोकिएको मापदण्ड अनुसार काम नगर्नु भ्रष्टाचार हो । नैतिक र भौतिक भ्रष्टाचारले नेपाली समाज प्रगति गर्न सकिरहेको छैन । असी प्रतिशत काम गरि दिएर २० प्रतिशत भ्रष्टाचार गर्न त जनताले नै छुट दिएको छ तर ७० प्रतिशत खाएर ३० प्रतिशत काम गर्ने चलन भएको छ ।

 

असारे विकासे बजेटले त झन् भ्रष्टाचार गर्नकै लागि भएको व्यापक जनगुनासो सुन्छि । तर सुनिएको मात्रै होइन् सत्य पनि हो । सबैभन्दा बढी बचत माटोका काममा हुन्छ । सडक निर्माणकोको कार्यमा त करोडको रकम भ्रष्टाचार हुने गरेको छ । कामले त्यसै भनिरहेको छ, यस कार्यमा भ्रष्टाचार भयो तर कानुनी प्रक्रिया पूरा गरेको कागजी घोडा दौडाएकोले भ्रष्टाचार गरेपनि भन्न सकिदैन । लोकतन्त्र गणतन्त्र आएपछि भ्रष्टाचारको अन्तय भएर सुशासको स्थापना हुने मान्यता धरापमा पर्न गयो । भ्रष्टाचारको संस्कृति झनै मौलायो । कसले गरयो कुन दलले गरेन भने छुटयाउन समस्या छ । यहाँ त सचेत जनताले भन्न थालेको छ जुन जोगी आएपनि कानै चिरेको । राजा हटाएर काँग्रेस कम्युनिष्ट लगायतका दलहरुलाई शासन सत्ता सुम्पेपनि भ्रष्टाचारको गति कम भएन भनै तेज गति लियो । सानो देश प्रकृति छट्टाले सिंगारिएको सुन्दर देशलाई संसारकै मनमोहक देश बनाउन सकिने संभावना र सपनालाई पूरा गर्न सकिएन । हरेक वडामा करोडौको विकासे बजेट गयो तर निर्माण भएका सडक तीन चार वर्षभन्दा बढी जादैन फेरि बनाउनु पर्ने बाध्यता । सानो उदाहरणको रुपमा केहि दिन अगाडि लहान ठाडी सडकको नहरा र भगवानपूरबीचमा गत वर्ष नै पीच गरेको सडकमा ट्रक हिलोमा झै गाडिएको देखियो । पीच गरेको सडक एक वर्ष नहुँदै भत्किने उप्किने गरेको छ । यो त भयो सडक क्षेत्रमा भएको भ्रष्टाचार अन्य अन्य क्षेत्रमा पनि यहि रोगले गाजेको छ ।


कुनै यस्तो क्षेत्र छैन, कुनै यस्तो निकाय छैन जहाँ भ्रष्टाचार हुँदैन । राजतन्त्रमा हुकुमी शासन थियो । जनताले बोल्न सक्दैन्थयो । त्यसवेला निरंकुशताकै कारण भ्रष्टाचार भयो । राजतन्त्र फाल्न पनि नेपाली जनताले रगत बगाएर गणतन्त्र लयायो तर पहिले एउटा संस्थामा हुने भ्रष्टाचार अहिले सबै दलमा छरिए । व्यस्था बदलिएपनि अवस्था बदल्न सकेन । लोकतन्त्र आएपछि सबैभन्दा नेपाली काँग्रेसले शासन गरयो । काँग्रेसको पालामा भ्रष्टाचारको जरा गहिरियो । यसलाई उखालेर फाल्न कम्युनिष्टहरुको झण्डै दुई तिहाई जनताले दियो तर भ्रष्टाचारको नियणत्रण हुन सकेन । जबकि चुनावमा तत्कालिन एमाले र माओवादीको साझा चुनावी प्रतिवद्धतापत्रमा भ्रष्टाचारको अन्तय , सुशासन समृद्धि ल्याउने समृद्ध नेपाल र खुसी नेपालीको नारालाई जनताले अनुमोदन गरे । जमेर मतदान गरे । तीनै तहमा नेकपाको सरकार आयो । यो सरकारको पनि आयू अब अढाई वर्ष मात्रै छ तर सुशासनको प्रत्याभूति जनताले गर्न सकेन । जन चहना अनुसारको काम गर्न खरो उत्रिन सकेन भने आवाजहरु उठिरहेको छ । कम्यसनिष्ट घोषणापत्र अनुसारको काम हुन नसक्दा , गरीव मजदुरले राहतको महसुस नगर्दा , सुकुमवासी र जग्गा विहिनहरुले बस्ने ओत नपाँउदा समाजमा न्याय र समानताको अनुभूति नगर्दा कम्युनिष्टहरुले आफनो वोलीलाई व्यावहारमा नउतार्नु पनि नैतिक र राजनीतिक भ्रष्टाचार नै हो ।


यतिवेला सत्ताधारी कम्युनिष्ट पाटीको स्थायी कमिटिको बैठक चलिरहेको छ । यस बैठकले जनताले राहत पाउने विषयमा छलफल होला, किसानले मलखाद्य पाउला ,कम्युनिष्टहरु श्रम शिविर चलाएर देशको विकासमा योगदान गर्दा ,शिक्षा, स्वास्थ्य र भूनीति ल्याएर समाजवादको जग मजबूत गरेर तमाम विभेदहरुको अन्तय गर्न स्थायी कमिटिमा प्रस्तावहरु पेस होला भने रहर बोकेका समर्थक शुभचिन्तकहरु ठूला नेताको पदको झगडा हेरेर छक्क परेका छन् । सुविधाभोगी भएका कम्युनिष्टहरु पनि भ्रष्टाचारको दलदलमा फसिसक्यो भने सन्देस प्रवाह भइरहेको छ । आज सत्ताधारी नेपाल कम्युनिष्ट पाटी भित्र जुन किसिमको सत्ताको लागि अस्वस्थ्य र अभद्र प्रदर्शन भइरहेको छ । यसले आउने समयमा नेपालमा पनि कम्युनिष्टहरुको लागि सुखद छैन , समृद्धि आँउदैन, नेपाली जनता खुसी हुँदैन र भ्रष्टाचार हट्दैन । कुनै वेला भारतमा कम्युनिष्ट पाटी लोकसभामा दोश्रो स्थानमा हुन्थे । आज एक दुई सिटमा खुम्चिनु परेको छ । पश्चिम बंगालमा कम्युनिष्टहरुको हाल वेहाल भएको छ । यसको गहिराइमा जाँदा जनतासँग गरेका कबुलहरु पुरा नगरेर आफ्नो निहित स्वार्थमा केन्द्रित भएपछि क्रान्तिकारी पर्खालहरु भत्किएको प्रष्टै हुन्छ ।


नेपाल कम्युनिष्ट पाटीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संघर्षको जीवनले नेपालमा समृद्धि ल्याउन , समाजवादको जग बसाल्न यतिवेला राजकीय सेवा सुविधामा लिप्त हुने तृष्णलाई मनभित्र आउन नदिएर देशको विकासतर्फ मोडिनुपर्नेमा कुर्सीको लागि घरझगडामा लागेर जनताका भावना र शहिदका सपनाहरुलाई वेवास्ता गरिनुले वातवरणमा भौतिक फोहोर देखिए झै पाटीभित्र विकृति र कम्युनिष्टले गर्नै नहुने विकृति बढेर गएको छ । कम्युनिष्ट शासन सत्तामा भ्रष्टाचारीहरुको भगाभाग हुन्थ्यो तर त्यसो हुन सकिरहेको छैन । तश्कर र भ्रष्टाचारीहरुको विगविगी अहिले झन् बढेर गएको छ । काँग्रेसको पालामा गठन भएर उपभोक्ता समितिले गरेको काम र कम्युनिष्टको सत्तामा उपभोक्ता समितिले गरेको कामामा अकाश पतालको फरक हुनुपर्दथ्यो तर बोटल फेरिए पनि रक्सी उही रहेको जन बोली पनि रहेको छ । व्यवहारपनि त्यस्तै देखिएको छ । पूँजीपति कम्युनिष्ट विरोधीहरुले भित्रयाएको दारु भरुको संस्कृति कम्युनिष्ट सत्तामा समेत देखिनु खेदजनक छ । अहिलेपनि नेकपाका सरकार र पाटीलाई सुधार गर्न प्रर्याप्त समय छ । चमत्कार गरेर देखाउन राष्ट्रिय संकल्प लिएर जो जहाँ छौ, जुन क्षेत्रमा छौ अब देश समाज बनाउनु छ भने भावले कमरेडली मनले अघि वढ्न जरुरी छ ।


आठ लाख सदस्य रहेको कम्य्निष्ट पाटीका सदस्यहरुले चहयो भने देशको काया पलट गर्न सक्छ न तर सबै महल र पजेरोमा रमाएर काठमाण्डौको एअर कन्डिशनमा रमाएर बालुवाटारमा सरकार बनाउने र भत्काउने कामतिर मात्रै केन्द्रित हुनु भयो भने सत्यानास शिवा केहि हात लाग्ने छैन । महँगो चुनावी प्रणलीलाई बदलिन जरुरी छ । यस चुनावी प्रक्रियाबाट इमामनदारहरु केहिलेपनि दारु भरुको सामना गर्न सक्दैन र चुनाव पनि जित्न सक्दैन । तसर्थ यस देशमा भ्रष्टाचारको अन्तय, सुशासन समृद्धिको जन मजबूत बनाउन, राष्ट्रियता र जनजीविकाको सवालमा पाटी अघि बढ्न संविधान संशोधन गरेर भएपनि हिमाल पहाड मधेश तराई सबैको चाहनालाई समेटेर सबैको छाहारी एउटै साझा फूलबारी होस् । यसको लागि राष्ट्रपतीय प्रणलीमा जान पनि आवश्यक छ । सुशासन, समृद्धि र भ्रष्टाचार कहिलेपनि कहिपनि साँगसँगै जादैन ।

लहानदेखि गोठडाँडा सम ...

जीवछ यादव लहान,बैशाख १९ गते  जीवन कहिल्यै नटुङिन ...

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A