नूनदेखि सूनसम्म पाँउने त्रिमूर्ति चोक स्थापनामा रामनारायण यादवको भूमिका महत्पूर्ण

  • साउन ६, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान,सखुवानन्कारकटि ३ खरियानीको पश्चिमपटि तिन वटा सडक जोडिएको साझा स्थलमा लाग्न थालेको हटियालाई त्रिमुर्ति चोकको रुपमा नमाकरण गरिएको छ । गुलाइखोन भनेर दिउसै डरलाग्ने ठाँउमा अहिले शुक्रबार र मंगलबार ठूलो हटिया लाग्ने गर्दछ । हटिया लगाउन महदेवा पोर्ताहाको गाविस अध्यक्ष समेत भैसक्नु भएको राम नारायण यादवले अगुवाई र योगदानले यो ठाँउको भाग्य नै उदय भएको स्थानीयहरु बताउछन ।


नूनदेखि सूनसम्म हरेक समान पाउन थालेको त्रिमूर्ति चोक त्यस भेगमा विकासको लागि ठूलो फड्को मारेको हटियाको रुपमा चिनिन्छ । स्थानीय राम उदगार भनिने ठूले यादवका अनुसार हटिया लगाउनको लागि स्थानीय राजलाल यादव र राम नारायण यादवले यस ठाँउमा हटिया लगाउदा कस्तो हुन्छ भने सामान्य छलफलपछि यसलाई नजिक रहेको जगतपुर सरहचिया र क्रमनियाँ गाँउका अगुवाहरुसँग छलफल बढाएर हटियाको सुरसारगरेको एक महिनापछि नै हटिया र चोकको रुप धारण गरयो पनि ।

trimurti hatiya news.3 photo
हटियााको लागि अगुवाई राम नारायण यादवले गरेर नेपाली काँग्रेसका त्यस भेगका सबैको आदरणीय नेता सूर्य नारायण यादव , मधेशवादी दलका यदुनन्दन यादव लगायतका विभिन्न क्षेत्रका अगुवाहरुसँग छलफल गरेर थालेको प्रयासले योजना बनाएको एक महिनामा नै हटिया लाग्न थाले चोककको रुप धारण गरेको शिक्षक भोगेन्द्र यादव भन्नुहुन्छ ।


हटिकोको विकासको लागि यतिवेला स्थानीय समेत रहनु भएको सिरहा १ (ख) प्रदेशसभा सदस्य अशोक कुमार यादव, गाँउपालिका अध्यक्ष केदारनाथ यादव र वडाध्यक्ष महेन्द्र प्रसाद यादवले समेत सराहनीय भूमिका रहेको त्यस चोकमा औषधी पसल गरिरहनु भएको देवनन्दन यादवको भनाइ रहेको छ ।


हटिया व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएको राम नारायण यादव यतिवेला धानको खरिद बिक्री गर्ने व्यसाय समेत गरेर नेकपाको राजनीतिमा सक्रिय रहनु भएको छ । उहाँसँग समृद्धिपथ अनलाइनले गरेको कुराकानीमा यादव भन्नुहुन्छ, आफू २०५४ साललमा तत्कालिन नेकपा एमालेबाट महदेवा पोर्ताहाको गाँउपालिका अध्यक्षमा निर्वाचित भएको वेलामा पनि अन्य दलहरुसँग समेत सहमति सहकार्य , सामाजिक सदभाव र एकता कायम गरेर जाने अभ्यासिलाई हटिया चोक स्थापनामा पनि प्रयोग गरे । नेपाली काँग्रेसको नेता सूर्य नारायण यादवको अभिभावकीय सहयोग रहयो । प्रदेशसभा सदस्य अशोक कुमार यादवले पीच सडक निर्माण गरिदिनुभयो । वडा र गापाबाट समेत केहि पूर्वाधार निर्माणको लागि सहयोग पाउने अश्वासन पाएका छौ ।

trimurti hatiya news.2 photo
त्यस चोकमा हार्डवेयरका पसल गरिरहेका घुरन यादव भन्नुहुन्छ, चोक स्थापना २०७२ सालमा भएपछि पक्की घर बनाएर थालेको पसलको कमाइले मैले पनि प्रगति गरे । मेरो छोरा पनि रोजगारी पायो । चोक नलाग्दा सामान्य ५० हजारको कठा विक्री हुने जमीनको मूल्य ६० लाख कठा पुगिसकेको छ । यस भेगका मानिसहरु नूनदेखि सूनसम्म सबैथोक यहाँ पाउन थालेकोले गाँउ देहात शहरको रुप लिन थालेको छ ।


सखुवानन्कारकटि ३ मा पर्ने महदेवा खरियानी गाँउमा गाँउपालिका र प्रदेश सभाको बजेटबाट सडक निर्माण कृषि विद्युतीकरण , मठ मन्दिरको निर्माण, गाँउमा फूसको घर विस्थापित र पक्की घर निर्माण र त्रिमुर्ति र परिहारपुर चोकमा समेत शहरको जस्तो भवन निर्माण पसल संचालन , बैंक स्थापनाले यतिवेला महदेवा खरियानीको मुहार नै फेरिएकोमा स्थानीयहरु खुसी भएर अगुवा राम नारायण यादवको भूमिका सराहनीय रहेको अर्का स्थानीय शिक्षक बेचन प्रसाद यादवको बुझाइ छ ।

trimurti hatiya news.4 photo

लहानदेखि गोठडाँडा सम ...

जीवछ यादव लहान,बैशाख १९ गते  जीवन कहिल्यै नटुङिन ...

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A