‘फोहोर उठाउन राजनीतिक सहमतिको लागि प्रयास भइरहेको छ’

  • भदौ ४, २०७७
  • समृद्धिपथ
alt

लहान नगरपालिकाको शहरी क्षेत्रको फोहोर उठ्न नसकिरहेको विषयमा पत्रकार जीवछ उदासीले लहान नगरप्रमुख मुनि साहसँग गरेको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

चाडपर्वको समया अर्कोतर्फ कोरोना महामारीको त्रासयस्तो समयमा लहान नगरपालिकाको शहरी क्षेत्रको फोहोर किन उठन सकिरहेको छैन ?

–लहान नगरपालिकाले नियमित फोहोर उठाइरहेको थियो सबैलाई विदितै छ । लगभग एक महिनादेखि फेरि फोहोर किन उठन सकिरहेको छैन ? यसबारे सबैलाई के बुझ्न जरुरी छ भने १६ महिनादेखि लहान ४ मा निर्माण भएको डम्पिंगसाइटमा फाहोर फाल्न स्थानीयहरुले रोक लगायो । यसको लागि निकै पहल पनि भयो । तर राजनीतिक रङग लिएपछि समस्या चर्किदै गयो । नगरपालिकाले सुखा समयमा अरु वैकल्पिक ठाँउहरुमा वयस्थापन गरेपनि वर्षाको समयमा अरु ठाँउमा फाल्न संभव भएन । यसको दर्घिकालिन समाधान डम्पिङगसाइटको संचालन नै हो । शहरमा थुप्रिएको फोहोरले नगरपालिका चिन्तित छ । तर के गर्ने ? आवेसमा आएर शक्ति प्रदर्शन र भीडन्तको बाटो पनि रोज्न भएन ।

 आखिर यसको निकासको लागि नगरपालिकाबाट के पहल भइरहेको छ ?

–नगरपालिकाको प्रमुखको हैसियतले सदैव प्रयत्नशील छौ । आज विहिबार पनि सर्वदलीय बैठक वसेर यो समस्याको निराकरणको लागि छलफल गरेका छौ । बैठकमा सवै दलका नेताहरु यति वेला गम्भीर रहेकोले समस्या समाधान हुनेमा हामी आशावादी छौ ।

 लहान ४ मा नै फोहोर फाल्ने अडानमा नगरपालिका किन रहेको छ ? यसको विकल्प अरु देख्नु भएको छैन । यसबारे पनि प्रष्ट गरिदिनुस न ?

लहान ४ मा रहेको ३५ विगहा ठूलो चटानमध्ये ८ विगहा डम्पिङगसाइटको लागि प्रयोग गर्न एक करोडभन्दा पनि बढीको लगानी भैसकेको छ । शहरी क्षेत्रबाट नजिकमा रहेको र भरपर्दो समेत रहेकोले यसलाई अझै व्यवस्थित गर्न नगरपालिकाले लोभलाग्दो परियोजनाहरु सुरु गर्ने तरखरमा रहेकोले राम्रो काम देख्न नसक्नेहरुले उचालेर यसलाई राजनीति रङग दिइयो जुन दुर्भाग्य हो । १६ महिनादेखि लहान नगरपालिका ठूलो चुनौतीलाई सामना गर्दै आइरहेको छ । अरु ठूला शहरहरुमा बीच शहरमा नै डम्पिङगसाइटको प्रयोग गरिहेको अनेकन उदाहरण छन् । लहान नगरपालिकाको लागि यसभन्दा उत्तम विकल्प र ठाँउ अरु ठाँउ हुन सक्दैन ।

 राजनीतिक दलहरुसँग भइरहेको छलफलबाट यो समस्या समाधान गर्न तपाई कतिको विश्वस्त हुनुहुन्छ ?

–राजनीतिक दलहरुमा सबैको चाहना र भावना एकै किसिमका हुँदैन । १६ महिनादेखि उत्पन्न समस्याले नगरवासीहरुले समेत डम्पिङगसाइट संचालन नै उपयुक्त समाधान हो भने जनदबाबको कारणले सबै दलहरु मिलेर यसको दीर्घकालिन सामाधान गरौ भने निष्कर्षमा पुगेकोले छलफलले निकास पाउनेमा म विश्वस्त छु । कोरोना महामारी जस्ता संकटको वेला स्वस्थ्य रहन फोहोर व्यवस्थापन गर्नु आवश्यक हुन्छ ।

 लहान ४ का स्थानीयहहरले फोहोर वस्तीबाट लैजाँदा र डम्पिङगसाइटमा फाल्दा दुर्गन्धले स्वास्थ्यमा प्रतिकूल असर परेकोले फाल्न नदिने माग गरेका छ नि ?

–फोहोरका गाडीहरु जाँदा निस्किने र फाल्ने ठाँउबाट निस्किने दुर्गन्धबाट स्वास्थ्यमा कुनै असर नपर्नेगरी व्यस्थापन गराउन नगरपालिका सदैव तयार छ । यो ठूलो विषय नै होइन । ४ नम्वरका स्थानीयहरुसँग मैले पटक पटक अपील गरिरहेको छु । यस वडाको समस्या नगरपालिकाले समाधान गरेर समृद्ध वडा बनाउन लाग्ने छौ । फोहोर व्यस्थापनमा झमेला नगर्न अहिले पनि हाम्रो आग्रह छ ।

 फोहोरबाट मोहोर बनाउने परियोजना लागु कहिले देखि हने तयारी भइरहेको छ, प्रष्टयाइ दिनुस न ?

–सहि प्रश्न गर्नुभयो । लहान ४ डम्पिङगसाइटमा नै फोहोरबाट मोहोर बनाउने आकर्षक आठ करोडको परियोजना यहि डिसेम्बरदेखि नै सुरु हुने भएको छ । यस अघि तपाईले फोहोरबाट निस्कने दुर्गन्धको कुरा उठाउनु भएको थियो । यो समस्या समाधान पूर्ण रुले हुनेछ । यस परियोजनाको सफलतापछि हुने आम्दानीको धेरै भाग त्यहि वडामा खर्च गरिनेछ । त्यो क्षेत्रलाई रमणीय बनाउने लहान नगरपालिकाको योजना रहेको छ । लहान नगरपालिका जस्तो डम्पिङगसाइट प्रदेश २ को कुनै नगरपालिकको छैन । तसर्थ हाम्रो लहान सुन्दर लहानको सपना डम्पिङगसाइटलाई व्यस्थित नबनाई सफल नै हुन सक्दैन । यसलाई लहान नगरपालिकाका सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवमलाहरुले बुझ्न जरुरी छ । अब अनावश्यक विवाद नगरी हातमा हात मिलाएर लहानको विकास र निकासमा सवै मिलेर अघि बढौ ।

 तपाइले पटक पटक भनि रहनु भएको छ चुनावमा जनतासँग गरेका प्रतिवद्धताहरु पुरा गर्ने छु । अहिलेसम्म कति पुरा गर्नुभयो ? नगरवासीलाई जानकारी गराइ दिनुुस न ?

हो, यो पनि अति नै सान्दर्भिक जिज्ञासा राख्नुभयो । चुनावी प्रतिवद्धताहरु मध्ये ९० प्रतिशत पुरा गर्ने लक्ष्यका साथ अघि बढिरहेका छौ । दस प्रतिशतमा एअरपोर्ट र चिडियाखाना निर्माणको लागि संघ र प्रदेशबाट सहयोग नभए सम्भव छैन । अरु सबै कामहरु सुरुवात भैसकेको छ । केहि योजनाहरुको ठेक्का टेण्डर पनि भैसकेको छ । कोभिड १९ ले केहि जटिलता त अवश्य नै थपियो तैपनि कामहरु पुरा गरिनेछ । यसवर्ष नै मुख्य चोकको तरकारी बजारको लागि आधुनिक भवन निर्माण र नयाँ बजारको व्यस्थापन, खुटी नहर निर्माण सुरु हुने र भवरामा आकर्षक पार्क निर्माण विद्यापति डिजिटल पुस्तकालय संग्रालय लगायत दर्जनौ कामहरुको सम्पन्न हुने अवस्थामा छ । सबै योजनाहरु पुरा गर्ने गरी काम भइरहेको छ ।

 नेपालकै सबैभन्दा ठूलो नगरपालिका लहानमा पिसिआर मेशिन ल्याउन नगरपालिकाले के पहल गरिरहेको छ ?

–लहान नगरपालिकाले पिसिआर मेशिन खरिद गर्न सबै प्रक्रियाहरु मिलाइ रहेको छ । जति चाँडो हुन्छ, लहान नगरपालिकामा पिसिआर मेशिन ल्याइनेछ । यसको लागि नगरपालिकाले काम गरिरहेको छ ।


कोरोनो नियणत्रणको नाँउमा अन्य स्थानीय तहहरुमा निकै भ्रष्टाचार भइरहेको सुनिएको छ । कति स्थानीय तहहरुमा छानविन पनि भइरहेको छ । लहान नगरपालिकमा पनि अनियमितता भएको आरोपहरु आइरहेको छ नि ?

–म भ्रष्टाचार सन्न पनि नसक्ने यदि लहान नगरपालिकामा मलाइ छलेर कुनै अनियमितता भएको प्रमाणित भयो भने त्यो कर्मचारी वा जो सुकै भएपनि कारवाही गर्न चुक्दिनँ । भ्रष्टाचारलाई प्रश्रय दिने काम म बाट हुने छैन । तर विना प्रमाण पूर्वाग्रही भएर कसैले अनावश्यक विरोध र जनतामा भ्रम फैलाउने खेति नै गर्छ भने लहानका जनतालाई सबैको चरित्रबारे राम्ररी थाहा छ ।

यत्रो ठूलो नगरपालिकामा काम गर्न तपाईलाई के के चुनौतीको सामना गर्नु परिरहेको छ ?

–लहान नगरपालिकमा काम गर्न सहज र चुनौती दुबै रहेको मैले अनुभव गरेको छु । २०५४ सालमा १० वटा वडा मात्रै रहेकोले काम गर्न खासै समस्या थिएन । तर अहिले २४ वटा वडाहरु रहेकोले ग्रामीण र शहरी क्षेत्रको विकास सन्तुलित रुपमा गर्नको लागि बढी अवसरसागै चुनौतीहरु पनि छन । राम्रो काम गर्न नदिने, अगडिमा सहमति गरेपनि पछाडि पर्दा षडयन्त्र गरि दिने सबैभन्दा बढी चुनौती फोहोर व्यस्थापनमा देखियो । यसको समाधानको लागि पनि अनवरत रुपमा लागि रहेका छौ । अवसर र चुनौतीको सामना प्रत्येक दिन गर्नु परिरहेको हुन्छ । तर विकास र सामाजिक निकासको लागि साझा धारणा बनोस । सुन्दर र समृद्ध लहान होस यसको लागि प्रयत्नशील रहेका छौ । चुनौतीहरुको सामना गर्दा पनि हिम्मत हारेका छैनौ कारण जनताले सधै साथ दिँदै आइरहेका छन् ।

 

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

राष्ट्रपति पौडेल र क ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवाय ...

सिरहाको सलहेश भोजपुर ...

भोजपुर, ११ वैशाख : डाँगीहाट युथ क्लब मोरङलाई ४-० गोल अन ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A