मौसम परिवर्तन भएसंगै रुघा, खोकीबाट ग्रसित हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपाय "चिसोमा गर्नै नहुने सात गल्ती"

  • मंसिर १७, २०७७
  • समृद्धिपथ
alt

मौसमको परिवर्तनसंगै शरीरमा विभिन्न खाले परिवर्तन देखिन्छ। अत्यधिक चिसोका कारण रुघा, खोकी, एलर्जी र ज्वरो जस्ता समस्या देखिन सक्छन्। मानिस कुनै निश्चित वातावरणसँग छिट्टै घुलमिल हुनुको साटो जाडोका कारण अधिकांश समय अल्छी बनेर बस्ने गर्छन्। जसका कारण जानीनजानी विभिन्न स्वास्थ्य समस्या निम्तिरहेका हुन्छन्।

रुघा, खोकी हुँदा अपनाउने घरेलु उपायहरु ः

मनतातो नुन पानीले मुखकुल्ला गर्ने, धेरै अमिलो खानेकुरा नखाने, अधिक मात्रामा पानी पिउने अनि भिटामीन सी युक्त खाना खाने, पौष्टिक तथा सन्तुलित भोजन गर्ने, सागसब्जीको सुप, खिचडी, दाल र झोलयुक्त खानेकुरा प्रसश्त खाने गर्नुहोस । त्यस्तै अदुवा र मह राखेर चिया खाने, खाली पेटमा तुलसी पानी पिउने, तातो दुधमा बेसार राखेर सुत्नुभन्दा अघि पिउने, मौसम अनुसारको कपडा लगाउने, खाली पेट कहिले नबस्ने लामो समयसम्म खाली पेट बस्नाले शरीर कमजोर हुन्छ र संक्रमणको प्रभाव छिट्टै रहन्छ ।

बदलीदो मौसम अनुसार फ्रिजमा राखिएको पानी नपिउनुहोस । वाताबरणा फैलिएको प्रदुषणले भाईरल ईन्फेक्सन फैलन मद्धत गर्छ । त्यसै प्रदुषित वाताबरणमा हामि श्वास लिन्छौ जसमा हजारौ भाईरस रहेको हुन्छ । भीडभाडमा भाईरल संक्रमण छिट्टै हुने हुनाले भिडभाडमा बस्ने गरौ । एयर कन्डिसन रुममा ताजा हावाको कमी हुने हेनाले त्यसमा भाईरस धेरै हुन्छ । कमजोर व्यक्ति त्यसको चपेटामा पर्छ ।

चिसोमा गर्नै नहुने सात गल्ती यस प्रकार छन्।

थोरै पानी पिउने

निश्चय नै गर्मी मौसममा जस्तो जाडोमा हामीलाई तिर्खा लाग्दैन। तर, जाडोसँग तिर्खाको कुनै सरोकार छैन। जाडो मौसममा थोरै शारीरिक गतिविधि गर्ने भएकाले हामी कम तिर्खा लाएको महसुस गर्छौं। बेलायतको डायबेटिक एसोसिएसनका अनुसार हाइड्रेड रहन जाडोमा हाम्रो शरीरलाई दैनिक दुई लिटर पानी आवश्यक पर्छ। जाडो मौसममा अत्यधिक तातो पानी पिउनु हुँदैन। त्यस्तै, चिसो भन्दैमा अत्यधिक कफिनयुक्त खाना पनि खानु हुँदैन।

बढी लुगा लगाउने

जाडोबाट बच्न हामीले न्यानो जाकेट, स्विटर र अन्य बाक्ला लुगा लगाउँछौं। तर, धेरै लुगा लगाउनु पनि जाडोबाट बच्ने उत्तम उपाय भने होइन। अत्यधिक लुगाले बढी गर्मी हुने शरीरमा पसिना आउन सक्छ। जब पसिना पग्लिएर फैलन्छ, यसले हामीलाई झन् चिसो बनाउँछ। तसर्थ जाडोमा लुगा लगाउँदा मांसपेशीलाई न्यानो पार्ने तर धेरै लुगामाथि लुगा लगाउनु हुँदैन।

हातमा पन्जा र खुट्टामा मोजा

जाडोबाट बच्न हातमा पन्जा र खुट्टामा मोजा लगाउनु नराम्रो होइन। तर, चिसोलाई जित्ने यो नै राम्रो तरिका भने होइन। कुनै पनि मौसमसँग अभ्यस्त हुन हाम्रो हात र खुट्टा मात्र सहज अंग हुन्। हात र खुट्टालाई पनि ढाकेर बस्नुको अर्थ वायुमण्डलमा भएको वातावरणीय परिवर्तनलाई अंगीकार गर्न हामीले हाम्रो शरीरलाई अवरोध गरेका छौँ भन्ने अर्थ लाग्छ । जाडोमा मोजा लगाएर कहिल्यै पनि नसुत्नुहोस् । यसले मुटुबाट जोर्नीमा हुने रक्त प्रवाह र रक्त सञ्चालनमा प्रभाव पार्छ । मोजा लगाएर सुत्दा जोर्नीमा रगत जम्ने खतरा हुन्छ।

आनन्दका लागि खाने

तौलका बारेमा सबैभन्दा ध्यान दिने भनेको जाडो मौसममा हो। जाडोबाट बच्न हामी मीठामीठा र बढी चिल्लो, प्रोटिनयुक्त र जंक फुडलगायत खानेकुरा खाने गर्छौं। जाडोको समयमा हाम्रो शरीर पनि अल्छी बन्छ। हामीमध्ये धेरैजसो काम गर्न झन्झट मान्छौँ। शारीरिक गतिविधि कम गर्छौं, हिँड्ने र व्यायाम गर्ने भन्दा पनि जतिखेर पनि सिरकभित्रै बस्न मन पराउँछौँ। यो राम्रो बानी होइन। जाडोको समयमा न्यानो बन्न ताजा खानेकुरा विशेषगरी फलफूल र सागसब्जी खानुपर्छ। मौसमी फलफूल जस्तैः सुन्तला, अनार, बदाम इत्यादि खाएर पनि ज्यान तताउन सकिन्छ।

बढी सुत्ने

जाडोको समयमा हामी बढी सुत्न खोज्छौँ किनभने ब्ल्यांकेटभित्र छिर्नेबित्तिकै स्वाभाविक रुपमै निद्रा आउँछ। बिहान पनि हामी अबेरसम्म बेडमै सुत्न मन पराउँछौँ। त्यतिमात्र होइन, बिहानको खाना खाएपछि दिउँसो पनि घाम देखेपछि झुपुक्क सुतौँ जस्तो लाग्छ। अझ भनौँ, घाम छोड्नै मन लाग्दैन। जाडो सकिनेबित्तिकै सामान्य अवस्थामा फर्किन हामीले निकै प्रयत्न गर्नुपर्छ।

भित्रै बस्न मन पराउने

घाम लाग्दा घाम छोड्न मन नलागे पनि बिहान(बेलुकी अधिकांश समय भित्रै बस्न मन पराउँछौँ। बाहिर हिउँ परेका बेला भित्र बस्नु राम्रो कुरा हो। तर, बादल लाग्नेबित्तिकै जाडो मौसममा अधिकांश मानिस निष्क्रिय भएर भित्रै बस्न वा भट्टी पसलमा गएर ज्यान तताउन मन पराउँछन्। यो पनि राम्रो आदत होइन। जाडो मौसममा पार्कतिर घुम्दा वा काममा व्यस्त हुँदा रक्त सञ्चार तीव्र हुनुका साथै तपाईंलाई स्वाभाविक रुपमा न्यानो हुन्छ।

अनावश्यक क्रिम र लोसनको प्रयोग

जाडोमा हामीले गर्ने अर्को गल्ती नानाथरी क्रिम र लोसनको प्रयोग हो। छालालाई चिल्लो बनाउनु राम्रो भए पनि चिकित्सकको सल्लाहबिना जथाभावी मोस्चराइजेसन गर्नु उचित होइन। जथाभावी लोसन दल्दा छालाको एलर्जी हुनुका साथै छालासँग सम्बन्धित अन्य रोग लाग्न सक्छ।

पत्रकारमाथिको धरपकडव ...

फिरोज सिद्दिकी  सिरहा । पत्रकारहरूमाथि भएको सामूह ...

जनकपुरधाम–अयोध्या सी ...

नयाँदिल्ली । नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक स ...

प्रधानमन्त्री बालेन ...

काठमाडौं। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बाले ...

एनप्याब्सनका निवर्तम ...

लहान। निजी विद्यालयहरूको छाता संगठन एनप्याब्सनका निवर्त ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A