सलमान खान र कैटरीना कैफ फेरि नजिकिए

  • पुष १०, २०७७
  • समृद्धिपथ
alt

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खान र कैटरीना कैफको प्रेमका बारेमा थाहा नपाउने सायद कम होलान् । उनीहरुको जोडी रिल र रियल दुवै हिट थियो । तर पछिल्लो पटक उनीहरु प्रेममा छैनन तर फेरी एक पटक उनीहरु नजिकिएका छन् । फिल्मले उनीहरुलाई नजिक बनाएको हो । उनीहरुले दर्शकलाई एकसाथ काम गरेर धेरै हिट फिल्म पनि दिएका छन् । यो जोडीलाई धेरैले मन पराउछन् ।

समाचार अनुसार सलमान र कैटरीना चाडै नै आफ्नो हिट फैचाइजी ‘टाइगर’को अर्को फिल्म सुटिङ गर्दै छन् । यी हिट जोडीले मार्च २०२१ बाट ‘टाइगर ३’ फिल्मको शुर्टिङ गर्ने छन् । टाइगर सीरिजको तेस्रो फिल्म ती तालिका अनुसार शुट हुने भएको छ । पहिलो भाग मुम्बईमा पुरा हुनेछ । हाल सलमान बिग बोसमा व्यस्त छन् भने कैटरीना ‘फोन भुत’ फिल्मको सुर्टिङमा व्यस्त छिन् ।

आफ्नो–आफ्नो प्रोजेक्टको काम सकेर सलमान र कैटरीनाको जोडी ‘टाइगर ३’ फिल्मको शुर्टिङमा व्यस्त हुनेछ । मुम्बईमा शुर्टिङ सकिएपछि फिल्मको टिम मध्य पुर्व जानेछ । जहाँ, दोस्रो भागको शुर्टिङ गर्ने जनाएको छ । अन्तिम र तेस्रो शुर्टिङ मुम्बईमा नै हुने सम्भावना रहेको निर्माण पक्षले जनाएको छ ।

टाइगर सीरिजको तेस्रो फिल्म अगाडीका फिल्म भन्दा धेरै भव्य रुपमा निर्माण हुन लागेको छ । अहिलेसम्म लिड रोलका कलाकारहरु छानिएपनि खलनायक तथा कलाकारहरुको टुंगो लागेको छैन् ।

यो फिल्मलाई मनीष शर्माले निर्देशन गर्ने भएका छन् । एक था टाइगरलाई कबीर खान, टाइगर जिन्दा हे मा अली अब्बासले निर्देशन गरका थिए । अली हाल कैटरीनाको साथमा अन्य फिल्ममा काम गरिरहेका छन् । सलमान र कैटरीनाले हालसम्म ८ फिल्ममा एकसाथ काम गरिसकेका छन् ।

स्वास्थ्य बीमामा सहभ ...

काठमाडौं- स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक् ...

मधेश विकास नहुनुको प ...

फिरोज सिद्दिकी लहान, चैत ३० गते । उपप्रधानमन्त्री एवम् ...

आज सलहेस फूलवारी मेल ...

लहान, बैशाख १ गते । सलहेस फूलवारी मेला भर्न आएका भक्तजन ...

युथ मुस्लिम वेल फेवर ...

फिरोज सिद्दिकी  लहान। युथ मुस्लिम वेल्फेयर सोसाइट ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A