सलमान खान र कैटरीना कैफ फेरि नजिकिए

  • पुस १०, २०७७
  • समृद्धिपथ
alt

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खान र कैटरीना कैफको प्रेमका बारेमा थाहा नपाउने सायद कम होलान् । उनीहरुको जोडी रिल र रियल दुवै हिट थियो । तर पछिल्लो पटक उनीहरु प्रेममा छैनन तर फेरी एक पटक उनीहरु नजिकिएका छन् । फिल्मले उनीहरुलाई नजिक बनाएको हो । उनीहरुले दर्शकलाई एकसाथ काम गरेर धेरै हिट फिल्म पनि दिएका छन् । यो जोडीलाई धेरैले मन पराउछन् ।

समाचार अनुसार सलमान र कैटरीना चाडै नै आफ्नो हिट फैचाइजी ‘टाइगर’को अर्को फिल्म सुटिङ गर्दै छन् । यी हिट जोडीले मार्च २०२१ बाट ‘टाइगर ३’ फिल्मको शुर्टिङ गर्ने छन् । टाइगर सीरिजको तेस्रो फिल्म ती तालिका अनुसार शुट हुने भएको छ । पहिलो भाग मुम्बईमा पुरा हुनेछ । हाल सलमान बिग बोसमा व्यस्त छन् भने कैटरीना ‘फोन भुत’ फिल्मको सुर्टिङमा व्यस्त छिन् ।

आफ्नो–आफ्नो प्रोजेक्टको काम सकेर सलमान र कैटरीनाको जोडी ‘टाइगर ३’ फिल्मको शुर्टिङमा व्यस्त हुनेछ । मुम्बईमा शुर्टिङ सकिएपछि फिल्मको टिम मध्य पुर्व जानेछ । जहाँ, दोस्रो भागको शुर्टिङ गर्ने जनाएको छ । अन्तिम र तेस्रो शुर्टिङ मुम्बईमा नै हुने सम्भावना रहेको निर्माण पक्षले जनाएको छ ।

टाइगर सीरिजको तेस्रो फिल्म अगाडीका फिल्म भन्दा धेरै भव्य रुपमा निर्माण हुन लागेको छ । अहिलेसम्म लिड रोलका कलाकारहरु छानिएपनि खलनायक तथा कलाकारहरुको टुंगो लागेको छैन् ।

यो फिल्मलाई मनीष शर्माले निर्देशन गर्ने भएका छन् । एक था टाइगरलाई कबीर खान, टाइगर जिन्दा हे मा अली अब्बासले निर्देशन गरका थिए । अली हाल कैटरीनाको साथमा अन्य फिल्ममा काम गरिरहेका छन् । सलमान र कैटरीनाले हालसम्म ८ फिल्ममा एकसाथ काम गरिसकेका छन् ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A