घुम्ती प्लान्ट शिविर पकडियागढबाट सुरु

  • फाल्गुन ३, २०७७
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान,फागुन ३ गते । लहान नगरपालिकाको तरकारी उत्पादनको लागि पाकेट क्षेत्रको रुपमा चिनिएको लहान–१८धार्मिक पर्यटकीय क्षेत्र पकडियागढबाट घुम्ती प्लान्ट शिविर संचालन गरेको छ । शिविरबाट किसानहरुले बालीमा लाग्ने रोगको निदान गर्न चाहिने उपचारको साथै तरकारी बालीमा विषदीको प्रयोगबारे किसानहरुलाई सचेत गराउन शिविर संचालनमा ल्याएको हो ।

नगरपालिकाको २४ वटै वडामा शिविर संचालन गरेर बालीनालीमा लाग्ने रोगबाट जोगिन प्रयोग जैविक र रसायनिक विषादी प्रयोगको समय र मात्राबारे वृहत्त जानकारीको लागि शिविर संचालनमा ल्याएको शाखा प्रमुख प्रकाश साहले जानकारी दिनुभयो ।

उहाँको अनुसार नगरपालिकाको उत्तरी क्षेत्रमा रहेको लहान–१८ ले कोरोना महामारीको समयमा चाहिने तरकारी आपुर्ति गरेर ठूलो योगदान गरेको यस वडाबाट यो शिविर संचालनमा आएको छ । पहिलो दिन फागुन १ गते शनिबार नै ६२ जना किसानले १२५ वटा विरुवाहरु जाँचको शिविरमा ल्याएका छन् । डााँट, हाङगा, जरालाई जाँचेर पहिलो चरणमा जैविक विषादी प्रयोग गर्ने , जैविक विषादीले नटेर्ने अवस्था आएमात्रै रसायनिक विषादी प्रयोगमा ल्याउनुको साथै सन्तुलित रुपमा मलखाद्य प्रयोग गर्ने सुझाव दिएको छ ।

लहान–१८ अमहीका कृषक हृदय नारायाण महतोले खुसी हुँदै भन्नुभयो, ‘शिविर कहिलेपनि आयोजना भएको थिएन । कृषि शाखाले किसानसँग पटक पटक गरेको चेतनामुलक शिक्षा र उपचारले यस भेगमा तरकारी उत्पादनमा कृषकहरुको चासो हवातै बढेको छ । तरकारी, धान गहुँ र आँप कटहरका विउ विरुवाहरु अनुदानमा उपलब्ध गराउन थालेपछि स्थानीय सरकारले पुरयाएको सेवाबाट कृषकहरु अति नै लाभनान्वित भइरहेको छ ।’

plant shibir news lahan.photo 2

शिविरर संचालनको उद्घाट्न गर्दै लहान नगरप्रमुख मुनि साहले चुनावमा गरेको प्रतिवद्धताअनु्सार किसालनई अनुदानको विउ सिंचाईको लागि बोर्डिङ, नहर संचालन र आधुनिक कृषि बजार संचालनको लागि काम गर्नुको साथै कृषिमा नै युवाहरुलाई रोजगारी दिन नगरपालिका कार्य गरिरहेको विश्वास दिलाउनुभयो 

शिविरमा उत्तरी भेगमा उत्पादन हुने अाँपमा मञ्जर लागेकै समयदेखि कसरी संरक्षण गर्नेबारे कृषकहरुलाई सचेत गराउनुको साथै प्रयोग गर्नुपर्ने औषधीहरुकोबारे शिबिरबाट कृषकहरु लाभान्वित हुने उद्येश्यले पनि उत्तरी भेगबाट नै संचालनमा ल्याएको कृषि संयोजक लहान–९ का वडाध्यक्ष प्रदिप कुमार चौधरीले जानकारी दिनुभयो ।

 

 



जेएस मुरारका क्याम्प ...

    जीवछ उदासी  लहान,बैशाख २८ गते ।&n ...

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A