जन्मभूमि लहानमै उद्योग व्यापार संचालन गर्न शारडा र मुरारका परिवारलाई मन्त्री श्रेष्ठको आग्रह

  • फाल्गुन १९, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी/ फिरोज सिद्धिकी

लहान, फागुन १९ गते । न्याय कानुन तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले लहानका उद्योगपति शारडा र मुरारका परिवालाई आफ्रनै जन्मभूमि रहेको लहानमा व्यापार उद्योग संचालन गर्न आग्रह गर्नु भएको छ । जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको स्वर्ण ज्यन्ती वर्ष २०७७ तथा ३२ औ सधारणसभा समुद्घाट्न कार्यलाई धनगडीमाइ र लहान नगरपालिकाको सीमानामा रहेको बाटिका टुरिज्ममा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

राजनीतिक द्वन्द्वको कारण असुरक्षा महसुस गरेर लहानबाट अन्य शहरमा नै उद्योग व्यापार संचालन गरिरहेका उद्योगपतिद्वय शारडा र मुरारका परिवारलाई पूर्ण सुरक्षा दिन र माहोल बनाउन तयार रहेको मन्त्री श्रेष्ठले विश्वास दिलााउदै लहानमा कृषि पर्यटन भित्राउने व्यापार लगायत अन्य व्यापारहरु संचालनमा ल्याएर स्थानीय युवाहरुलाई विदेश पलायनबाट रोक्न उद्योग व्यापार खोल्न उहाँहरुजस्तो उद्योगपतिको खाँचो लहानमा रहेको धारणा राख्नुभयो ।

समृद्धिको आधार रहेको कृषि, पर्यट्न र उद्योग व्यापारलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको विश्वास उहाँले दिलाउदै निर्धक्क भएर वयापार व्यासाय संचालन गर्न गर्न सबैमा आग्रह गर्नुभयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘सिरहा जिल्लाको व्यापारी र उद्योगीहरुको नगरीको रुपमा समेत पहिचान बनाएको लहानमा उद्योग व्यापा्रमा लगानी गर्न लहानका लब्डप्रतिष्ठित उद्योगपति शारडा समूह र मुरारका परिवारलाई उद्योग संचालन गरेर युवाहरुलाई रोजगारी दिन लगानी गर्न हाम्रो आग्रह छ ।

lilanath shreshtha news lahan.photo 3
’ उपभोक्ता ऐन र २०३२ सालदेखि चलिरहेको कालाबजारीया ऐनले व्यापारी र उद्योगीहरु मार्कामा परेकै हो भने सरकराले छलफल गरेर उपभोक्ता र व्यापारीलाई सहज हुनेगरी ऐन कानुन संशोधन गर्न पछि नपर्ने मन्त्री श्रेष्ठले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपालभरीमा निर्माण भइरहेको ८० वटा राष्ट्रिय राजमार्गहरु मध्ये चारवटा राष्ट्रिय राजमार्गहरु सिरहा जिल्लामा नै निर्माण भइरहेको छ । यसले भारत नेपाल व्यापारमा ठूलो महत्व राख्ने उहाँले भन्दै नेपाल र चीन दुवै देशसँग व्यापार विस्तारको लागि समुन्द्री र रेलमार्गहरु संचालनमा आइरहेको उद्योगी व्यापारीहरु निरास हुन नपर्ने विश्वास दिलाउनुभयो ।

सिरहाको उत्तरी भेगमा आँप जोन र दक्षिणी भेगमा धान जोनको माध्यमबाट कृषिलाई व्यवसायीकरण गर्न सरकारले कार्यक्रम ल्याई सिँचाइको लागि कोशी कमला डाइभर्सन निर्माण कार्य अघि बढाएर वैदेशिक रोजगारमा जाने युवाहरुलाई आफ्नै ठाँउमा रोजगारीको प्रवद्र्धन गर्न लागि परेको मन्त्री श्रेष्ठले प्रष्टयाउनुभयो ।

lilanath shreshtha news lahan.photo 2
काठमाण्डौ नीजगढ फास्ट ट्रयाक खुलेपछि एक घण्टामै काठमाण्डौ पुग्न सक्ने, प्रदेश २ मा नै सबैभन्दा ठूलो अन्तराष्ट्रिय विमान स्थल निजगढमा निर्माण हुन लागेको र हुलाकी मार्ग द्रुतगतिमा निर्माण भइरहेकाले प्रदेश २ उद्योग व्यापारको हब हुने मन्त्री श्रेष्ठले दाबी गर्दै छिमेकी मुलुक भारत र चीनसँग व्यापार परवाहन सम्झौता नयाँ परिवेशमा भएको प्रष्टयाउनुभयो ।

उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुलाई आफ्नै मन्त्रालयमा बोलाएर कहाँ कुन ऐन संशोधन गर्नुपर्ने निक्र्यौल गरी अघि बढने विश्वास दिलाउदै मन्त्री श्रेष्ठले सिरहाको भारतीय सीमा क्षेत्रका व्यापारीहरुले भोगिरहेको समस्या तुरुन्तै समाधान गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख क्रमशः प्रदिपराज कणेल र सुदिपराज भण्डारीलाई निर्देशन दिनुभयो ।

यहि सरकारले राष्ट्रियताको जग मजबूत बनाएर समृद्धि र विकासको यात्रालाई गन्तव्यमा पुराउने दृढता व्यक्त गर्दै भन्नुभयो, ‘ढुक्क रहनुस यो सरकार नै पाँच वर्ष चल्छ । नेकपा फुटेकै छैन र फुट्दैन पनि । २३ गते प्रतिनिधिसभाको बैठकमा अविश्वासको प्रस्ताव आए सरकारले सामना गर्न तयार छ ।’

कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष दिनेशलाल श्रेष्ठले सरकारले व्यापारीहरुको समस्या समाधान गर्नको लागि व्यवसायीहरुसँगै सरकारले बसेर ऐन कानुन बनानउनुपर्ने, अनुगमनको नाँउमा व्यापारीहरुलाई तर्साउनु नहुने, चेम्बर ऐन बनाएर व्यापार व्यासाय संचालनको लागि २५ वटा ऐन संशोधन गर्नुपर्ने माग गर्नुभयो ।

lilanath shreshtha news lahan.photo 4
लहान नगरप्रमुख मुनि साहले लहान वयापारी र उद्योगीहरुको नगरीको रुपमा रहेकोले स्थानीय उद्योगी व्यापारीहरुको समस्या समाधान र सुरक्षाको लागि सहयोगीको भूमिका खेल्नुको साथै लहानबाट पलायन हुनु भएको शारडा र मुरारका परिवारलाई लहानमा फिर्ता ल्याउन आफ्नो ठाँउबाट पहल गरिरहेको बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्यसंघका वागमति प्रदेशका अध्यक्ष दिसुन्द् श्रेष्ठ, केन्दिय सदस्य विजय साह, सिन्धुली अध्यक्ष अमरेशचन्द्र बैद्य, नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता, प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल, उद्योग वाणिज्य संघ सिरहा लहानका पूर्व अध्यक्षहरु क्रमश पवन मुन्धडा, निरस चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रमको अध्यक्षता पुर्व अध्यक्ष अशोक अग्रवालले गर्नु भएको थियो भने सवागत मन्तव्य वर्तमान अध्यक्ष अशोकलाल आमात्यले गर्नु भएको थियो । कार्यक्रमको संचालन विकास शारडाले गर्नु भएको थियो ।

 

कार्यक्रममा हिमालयन सुगरमिल, सौया सिमेन्ट र मा?ती सिमेन्ट प्रालि,शारडा र मुरारका परिवार, स्मारिक प्रकाशित गर्न सहयोग गरेका पत्रकारद्वय भरत जर्घा मगर शम्भु यादव र सामाजिक क्षेत्रमा योगदान पुरयाएको सप्तऋषि अस्पताल लगायत विभिन्न क्षेत्रमा योदान गरेका दर्जनौ संघ संस्थाका प्रतिनिधिह?लाई सम्मान गरेका थिए ।


विभिन्न बहानामा मनपर ...

फिरोज सिद्दिकी लहान । संविधानमै माध्यमिक तहसम्मको शिक् ...

जेएस मुरारका क्याम्प ...

    जीवछ उदासी  लहान,बैशाख २८ गते ।&n ...

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A