सर्वसाधारणले शुक्रबारदेखि सिंगटी हाइड्रो इनर्जी आईपीओ भर्न पाइने

  • चैत ५, २०७७
  • समृद्धिपथ
alt

काठमाडौं । भालि शुक्रबारदेखि सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ भर्न पाइने भएको छ । कम्पनीले सर्वसाधारणका लागि भोलि अर्थात् चैत ६ गतेबाट आईपीओ बिक्री गदैछ ।

कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गर्ने छ ।

कम्पनीले दोस्रो चरणमा कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन गरेकोमा जसमध्ये २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता सामुहिक लगानीकोषहरुका लागि छुट्याएको छ ।

बाँकी रहेको २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ । यसअघि स्थानियहरुको लागि शेयर विक्रि खुल्ला गरेको कम्पनीले अब भने सर्वसाधरणको लागि आईपीओ सार्वजनिक गर्न लागेको हो ।

कम्पनीको आइपीओमा छिटोमा चैत ६ गतेदेखि १० गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा चैत २० गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ।

कम्पनिको शेयरमा अधिक आवेदन पर्ने निश्चित छ त्यसैले पनि यो कम्पनीको शेयरमा दश कित्ता मात्र शेयर आवेदन दिनु उपयुक्त हुने देखिन्छ ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A