जिवछ उदासी
लहान, सम्पन्न लहान भेट्रान कप फुटवल प्रतियोगिता झापा दमक भेट्रान टिमले मोरङग बिराटनगर युनाइटेड भेट्रान टिमलाई एकको विरुद्ध तीन गोलले जीत हात पार्दै प्रथम पुरस्कार प्राप्त गरेको छ ।
हिम कस्तुरी युवा क्लव र कस्तुरी युवा कल्व लहानले आयोजना गरेको भेट्रान कप फुटवल प्रतियोगिताको अन्तिम दिन शनिबारको खेलमा मध्यान्तरभन्दा अगाडि विराटनगरले एक गोल गरेर खाता खोलेको केहि बेरमै झापाले दुई गोल गरेर अग्रता हासिल गरेको थियो । मध्यान्तरपछि फेरि झापाले एक गोल गर्न सफल भएको थियो ।
अन्तिम खेलमा बिराटनगरको तर्फबाट निलो जर्समी रहेको ११ नम्बरको खेलाडी सरोज कुमार श्रेष्ठले गोल गर्नु भएको थियो भने झापा दमकबाट रातो जर्समी रहेको १८ नम्बरका खेलाडी गणेश देवान र ९ नम्बरका खेलाडी सन्तोष बस्नेतले तीन गोल गरेर झापा दमक भेट्रानलाई जीत हात पार्न सफल हुनु भएको थियो ।
शनिबारको फाइनल खेलमा सर्वोत्तम गोल रक्षकको र म्यान अफ द म्याचको झापा दमक भेट्रनका गोल रक्षक तीलक विक्रम म्याङगवोले उपाधि पाउनु भएको थियो भने सर्वोत्तम डिफेन्सरमा मोरङग विराटनगर यनाइटेड भेट्रनाका महेन्द्र खवास घोषित हुनु भएको थियो ।
यसैगरी वेस्ट मिड फिल्डरमा झापाका खेलाडी सुभाष एमवाङग र सन्तोष बस्नेत हुनु भएको थियो भने हाइ स्कोलरमा बिराट नगर युनाइटेडका सुरज कुमार श्रेष्ठले पुरस्कार हात पार्न सफल भएको थियो ।प्रथम हुने झापाले ५० हजार नगद सहित भेट्रानकप हासिल गरेको थियो भने उप विजेता विराटनगरले २५ हजार नगद पुरस्कारसहित दोश्रो कप हासिल गरेको थियो । खेलाडीहरुलाई खेलप्रति मोह बढाउन लहानका जनप्रतिनिधिहरुले शुक्रबार नगरप्रमुख मुनि साह र उपप्रमुख सरियार कुमारी चौधरीको नेतृत्वमा दुई टिममा विभाजित भएर मैत्रीपूर्ण खेल खेलेको थियो । नगरप्रमुख साहले प्रथम विजेता झापालाई नगद दस हजार र उपविजेता विराटनगरलाई पाँच हजार नगद पुरस्कार समेत दिएर खेलाडीहरुको मनोवल उच्च बनाउनु भएको थियो ।
भेट्रान कप सञ्चालनको लागि योगदान गरेका नगरप्रमुख मुनि साह,सनराइज बैंक लmहान, कुमारी बैंक लहान,श्रमजीवि ऋण तथा वचत,प्यावसन लहान, मनकामना ट्रेडिङग,सगरमाथा एजुकेशनल,ग्लोवल आइएमइ, सिद्यार्थ बैंक , कान्छा होटेल, सिम्रिक होटेल, लहान –१० का वडाध्यक्ष मन्टी कुमार मण्डल, लहान–१५ का वडाध्यक्ष तेज नारायण चौधरी र बाबुलाल माझी लगायत दर्जनौ संघ संस्थाहरुलाई प्रमाणपत्र सहित नगरप्रमुख मुनि साह, उपप्रमुख सरियार कुमारी चौधरी, वडा नम्बर ७ का वडाध्यक्ष राकेश रोशन गुप्ता, लहान –९ का वडाध्यक्ष प्रदिप कुमार चौधरी ,लहान –११का वडाध्यक्ष राज कुमार साह लगायत अन्य गन्यमान व्यक्तिहरुले सम्मनपत्र वितरण गर्नु भएको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2023 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A