लहान नगरपालिका कृषि शाखा बाझो खेतमा वेसार खेति गर्ने तयारीमा

  • वैशाख ५, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान,बैशाख ३ गते । ३३ वर्ष अघि आएको वाढीले बाझो बनाएको १२ विघामा बेसार खेति गरेर कृषकहरुलाई राम्रो आम्दानी गराउने तयारीमा लहान नगरपालिका कृषि शाखा जुटेको छ ।


मुतनी र बलान खोलाको बाढीले बाझो बनाएको जग्गामा केहि नहुने निरास भएका मिसानहरु लहान नगरपालिका कृषि शाखाले वेसार खेतिको प्याकेज ल्याएपछि स्थानीय कृषकहरु खुसी भएका हुन् ।


कृषि विकास शाखा लहानका प्रमुख प्रकाश साहका अनु्सार गाईवस्तु चरनको रुपमा रहेको बाझो जग्गामा के को खेति गर्न सकिन्छ भने स्थानीय कृषकहरुले गरेको माग अनुसार प्रधानमन्त्री कृषि आयोजना तरकारी पकेट खेति अन्तर्गत अनुदानमा विउ, मल, विषदीमा ५० प्रतिशत अनुदान दिएर वेसार खेतिको लागि तयारी अन्तिम चरणमा पुगेको छ । यस खेतिबाट प्रति कठा किसानले १५ हजारभन्दा बढी नै वर्षको आम्दानी गर्ने अनुमान गरेको छ ।


स्थानीय कृषिक जय प्रकाश चौधरी, श्याम कुमार चौधरी र राम कुमार चौधरी दयायत २३ जना किसानहरुले बाढीले बाझो बनाएर गाइबस्तु चर्ने चरन भएको जग्गामा बेसार खेतिको योजना ल्याएर ठूलो आसा जागेको खुसी व्यक्त गरेका छन् ।


जङगली जनावर गदहा, बदेल ,बाँदर र छाडा गाइबस्तुहरुले समेत वेुारको विरुवा नखाने भएकोले बाझो रहेको जग्गा सदुपयोग गरेर किसानहरुको माग अनुसार बेसार खेतिलाई अगाडि बढाउन थालेको लहान नगरपालिका कृषि शाखाका संयोजक तथा लहान नगरपालिका –९ नम्वरका वडाध्यक्ष प्रदिप कुमार चौधरीले जानकारी दिनुभयो । उहाँको अनुसार लगानी कम आाम्दानी राम्रो र बजारको समेत समस्या नहुने वेसार खेतिको लागि कृषि शाखाबाट माटो परीक्षण गरी कृषकहरुलाई सामुहिक र सहकारी खेतिचर्फ आकर्षित गर्न लागि परेका छौ ।

 

 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A