श्री जन्ता डोमी चौधरी माध्यमिक विद्यालयको सार्वजनिकिकरण कार्यक्रम सम्पन्न

  • बैशाख ८, २०७८
  • समृद्धिपथ
alt

लहान । लक्ष्मीपुर पतारी गाउँ पालिका वाडा न २ पोखरभिण्डा पर्सामा रहेको श्री जनता डोमी चौधरी माध्यमिक विद्यालय प्राविधिक पोखरभिण्डा पर्साको आर्थिक वर्ष २०७६÷०७७ को आय व्यय विवरण सार्वजनिक भएको छ ।

सोमबार विद्यालयको सभा हलमा सयौं अभिभावक, बुधिजिवि नागरिक समाज, शिक्षक, पत्रकारहरुविचमा प्रधानाध्यापक पशुपति साहले ८७ लाख ८२ हजार ३२० रुपैया ९० पैसा बराबरको हर हिसाब प्रस्तुति गर्नु भएको हो ।

आर्थिक वर्ष २०७७÷०७८ को जम्मा ८८ लाख ९४ हजार ३८७ रुपैया प्रस्तावित आय व्यय विवरण प्रस्तुत गर्नु भएको छ ।

school 2

कार्यक्रममा स्वागत मन्तब्य समाजसेवी रामचन्द्र चौधरी, रामदेव राय, शिक्षक राजाराम यादव, पत्रकार शिव कुमार शाह, ईन्द्र नारायण चौधरी, महेश्वर कामैत, लगायतका वाक्ताहरुले प्रधानाध्यापक पशुपति साहको विद्यालय प्रतिको लगनशीलता काम, कर्तव्य र विद्यालयको विकासमा निरन्तर लागिरहेको कारण आज विद्यालय यो अवस्थामा पुग्न सफल भएको बताउनु भयो ।

कार्यक्रमको प्रमुख अतिथि दाता सुर्य नारायण चौधरी रहेको थियो भने अतिथिमा वाडा नं २ को वाडा अध्यक्ष धर्मेन्द्र कुमार रायले यश विद्यालयको आमूल परिवर्तन गर्न आफू रतिभर पछि नहटने निरन्तर लागिरहने प्रतिबधत्ता ब्यक्त गर्नु भयो ।

school 2 1

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

विभिन्न बहानामा मनपर ...

फिरोज सिद्दिकी लहान । संविधानमै माध्यमिक तहसम्मको शिक् ...

जेएस मुरारका क्याम्प ...

    जीवछ उदासी  लहान,बैशाख २८ गते ।&n ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A