आफुलाई अध्यक्ष चयन नगरेको भन्दै सहकारीमा लगाइएको ताला खुल्यो

  • बैशाख २७, २०७८
  • समृद्धिपथ
alt

राम भरोसी महतो,

लहान । आफुलाई अध्यक्ष चयन नगरेको भन्दै साना किसान कृषि सहकारी संस्था लि. भवानीपुर प्र.ध. धनगढिमाई १ मा गत बैशाख २० गते केही असन्तुष्ट पक्षले गरेको तालाबन्दी आइतवार सामाजिक छलफलमा सहमतिपछि खोलिएको संस्थाका प्रवन्धक गिता चौधरीले जानकारी दिएका छन् ।

सहकारी संस्थाको गत बैशाख १८ गते धनगढिमाई नगरपालिका वडा नम्वर १ वडा अध्यक्ष सुर्यनारायण महतोको प्रमुख आतिथ्यतामा सम्पन्न बन्द सत्र र निर्वाचन प्रकृयाबाट सर्वसहमतिले माँगैन महतोलाई अध्यक्ष चयन गर्दै नौ सदस्य नयाँ कार्यसमिति चयन गरेको थियो ।

चयन गरिएको समितिको उपाध्यक्षमा सरिता कुमारी सिंह र सदस्यहरुमा रामअवतार महतो, आशाकुमारी चौधरी, लक्ष्मी नारायण यादव, संगिता कुमारी चाँैधरी, सदुम विश्वकर्मा, नासिम बेगम र अशोक कुमारी महतो रेहेको प्रबन्धक चौधरीले बताए ।

सहकारीको अधिवेशनबाट सर्वसहमतिले चयन भएको संचालक समितिको सदस्य लक्ष्मी नारायण यादवले अधिवेशन भन्दा अघि सञ्चालक समिति र साना किसान कृषि सहकारी संघका केन्द्रिय अध्यक्ष खेम पाठकको पहलमा २०७७ चैत्र २९ गते आफुलाई अध्यक्षमा चयन गरेको तर अधिवेशनबाट आफुलाई अध्यक्षमा चयन नगरेको भन्दै आफु नै अध्यक्ष चयन हुनुपर्ने दावी गर्दै संस्थामा तालाबन्दी गरेको आइतवार संस्थाको नजिकै रहेको विद्यालयमा भएको सामाजिक छलफलमा बताएका थिए ।

उनले भने पदाधिकारी चयनका लागि धेरै पटक छलफल भयो तर सहमति हुन सकेको थिएन । स्थानीय सामाजिक अगुवा, सहकारी अभियन्ताहरु, सञ्चलक समिति र केही शेयर सदस्यहरु गरी करिब २५ जनाको सहभागिता रहेको सो छलफलबाट साधारणसभाबाट चयन भएको समिति नै रहने सहमति भएपछि तालबान्दी गर्ने लक्ष्मी नारायण यादवले संस्थामा लगाइएको ताला खोलेका थिए ।

गत २०७७ पुस २२ गते नै भएको साधारणसभाबा पदाधिकारी चयनमा विवाद भएपछि बन्द सत्र लम्बिदै गएको थियो । नयाँ कार्यसमिति चयनका लागि सकुन्तला साह, शम्भु प्रसाद चौधरी र रामभरोसी महतो गरी तिन सदस्य निर्वाचन समिति गठन भएको थियो । गत बैशाख धनगढिस्थित प्राकृति अस्पतालको सभा हलमा भएको अधिवेशनले संचालक समिति, लेखा समिति र विमा उपसमिति सर्वसहमतिले चयन गरेको थियो ।

अधिवेशनबाट संस्थाको लेखा समितिको संयोजकमा रामबाबु महतो, मन्दिरा कर्ण र रिता कुमारी साह चयन भएका छन् । यसै गरी ठकनी कुमारी चौधरीको अध्यक्षमा नौ सदस्य विमा उपसमिति सचेत चयन भएका छन् । समितिका उपाध्यक्षमा हिरा मुखिया, सचिवमा सुनिता चौधरी, कोषाध्यक्षमा अम्बिाका कुमारी चौधरी छन् भने सदस्यहरुमा उमेश कुमार यादव, देवनाथ महतो, हिरादेवी राय, सुनिता विश्वकर्मा र विना कुमारी कामैत छन् ।

६ सय ८४ शेयर सदस्य रहेको संस्थामा ५÷७ जनाको अन्तर समुह गठन छन् । १३६ भन्दा बढि अन्तर समुहबाट नौ वटा समुह छन् उक्त समुहबाट स्थानीय स्तरमै सञ्चालक समितिका लागि प्रतिनिधि चयन गरी पठाएको र प्रतिनिधि मुलक साधारणसभाबाट नयाँ पदाधिकारी चयन गर्ने गरेका छन् ।

184403841_1348007108905014_1088433549245517233_n

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

राष्ट्रपति पौडेल र क ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवाय ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A