कालाबजारीया र माफियाहरुको दिन गए : उद्योगमन्त्री यादव

  • असार ५, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री राज किशोर यादवले कालाबजारीया र माफियाहरुले सोचे अनुसारको अब नहुने बताउनु भएको छ । गृह जिल्ला सिरहा आइपुग्नु भएको मन्त्री यादवले उद्योग वाणिज्यसंघ सिरहा लहान र पत्रकार महासंघ सिरहा शाखाले संयुक्त रुपमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो ।

कालोबाजारिया र माफियाहरुको गिरोहलाई भत्काएर उपभोगय सामानहरुको आपूर्ति सहज तरिकाबाट गर्न आफू प्रतिवद्ध रहेको भन्दै उहाँले उद्योगीहरुको संरक्षण र सुरक्षामा समेत ध्यान दिइने बताउनुभयो । आफ्नो छनौट अनुसारको मन्त्रालय पाएकोमा खुसी व्यक्त गर्दै मन्त्री यादवले भन्नुभयो,‘यतिवेला वैश्विक महामारी कोरोनाको कारण प्रतिकूल अवस्था रहेकोले आर्थिक सङ्कट देखिएको छ । अवस्थामा सुधार हुने वित्तिकै उद्योगमैत्री नीति ल्याएर बन्द भएका उद्योगहरु सञ्चालनमा आउनेछ ।’

mantri rajkishor yadav news.photo 1

बन्द रहेका उद्योगहरु सञ्चालन गर्ने र नयाँ उद्योगहरु खेलेर युवाहरुलाई स्वदेशमै रोजगारी दिने सरकारको नीति रहेको प्रष्टयाँउदै मन्त्री यादवले थप्पनुभयो,‘नेपाल सरकारका संस्थानहरु बुढो गाई जस्तो अवस्तामा पुगि सकेको छ । यसलाई चलायमान बनाउनुपर्ने आवश्यक्ता छ । उदयपुर स्थित सिमेन्ट कारखाना दक्षिण एशियाकै उत्कृष्ट उद्योगमा पर्ने संस्थानहरु अब निजी क्षेत्रका उद्योगका प्रतिस्पर्धामा अग्र स्थानमा ल्याउन मन्त्रालयले काम गर्नेछ ।’

लकडाउनमा बन्द रहेका उद्योगहरुलाई पुनः सञ्चालनमा ल्याउनको लागि सरकारले राहत दिइने कार्यक्रम ल्यउने उहाँले अश्वासन दिँदै सरकारले औद्योगिक व्यापारीहरुलाई कुनै ठाँउबाट पलायन हुन नदिन समेत सरकार प्रतिवद्ध रहेको प्रष्टयाउन्भयो 

जिल्ला उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष अशोकलाल आमात्यले सिरहाको भारतीय सीमा नाकाहरुका आयात निर्यातमा सहजता ल्याउन क्वाराइनटाइनको वयवस्था र सरकारी कार्यालयहरुमा उद्योगी व्यापारीको कार्य सहज रुपमा गरी दिन हेल्प डेस्कको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

mantri rajkishor yadav news.photo 3
पत्रकार महासंघ सिरहा शाखाका अधयक्ष मनोज बनैताच यादवले नवनियुक्त मन्त्री यादवलाई दोसलला ओढाई सम्मन गर्दै सिरहाको लहान र मिचैयालाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्नुको साथै सुरक्षा र संरक्षणमा सकेत ध्यान पुरयाउन आग्रह गर्नुभयो ।


मन्त्री यादवले लहान स्थित रमेश महतो शहिद पार्कमा रहेको पञ्चमुखि शहिदहरुलाई माल्यापर्ण गर्दै शहिदहरुको सपना पुरा गरेर समृद्ध सुन्दर नेपाल निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।

 

 



वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A