लहान नगरपालिकाको बजेट एक अर्बभन्दा बढी कलरसिटी र कृषकको विद्युत महसुल निःशुल्क कार्यक्रम समेत समेटिएको

  • असार १३, २०७८
  • समृद्धिपथ
alt

c

जिवछ उदासी


लहान नगरपालिकाले २०७८÷०७९को लागि नीति तथा कार्यक्रम आठौ नगरसभाले पारित गरी एक अर्व ९४ करोड४४ लाख १५ हजार ३९८ ÷१५ पैसाको बजेट सार्वजानिकीकरण गरेको छ । पारित बजेटमा चालुतर्फ ८२ करोड ३९ लाख ४० हजार ४२.३७ प्रतिशत र पुँजीगततर्फ एक अर्व १२ करोड ४ लाख ७५ हजार ३५८÷१५ गरी ५७.६३ प्रतिशत रहेको छ ।आइतबार लहान नगरसभाको आधुनिक हलमा पत्रकार सम्मलेन गरी लहान नगरप्रमुख मुनि साहले बजेट सार्वजानिकीकरण गर्नु भएको हो ।

यस वर्षको बजेटमा लहान नगरपालिकाको मुख्य बजारलाई कलर सिटि बनाउन एक करोड र कृषकहरुलाई विद्युत महसुल निःशुल्क गर्न ७० लाख विनियोजन गरेर शहर र गाँउबीचको सन्तुलन कायम गरेर बजेट आएको उहाँले बताउनुभयो ।
महत्पूर्ण कार्यक्रमहरुमा सार्वजानिक ऐलानी पर्ति जग्गा नियणत्रण,संरक्षण तथा जग्गा विकासको लागि एक करोड,ज्येष्ठ नागरिक तथा एकल महिलाको लागि दस लाख,टोल विकाससंस्था सुधार सञ्चालन तथा परिचालनमा तीस लाख उद्योग तथा कृषिमा आधारित युवा स्रोजगारको लागि पच्चीयस लाख, महिला उद्यम विकासको लागि पन्ध्र हजार,नगर अस्पताल निर्माण संभाव्यता अध्धयनको लागि पन्ध्र लाख,पाठेघर उपचार तथा अन्य स्वास्थ्य उपचारको लागि तीस लाख,गरीव दलितहरुको बसोवास व्यवस्थिकरणको लागि एक करोड चालिस लाख विपद् व्यवस्थापनको लागि एक करोड,सिंचाई तथा खानेपानीको लागि एक करोड पचास लाख विनियोजन गरिएको हो ।


१३१ वटा कार्यक्रमहरुमा विनियोजित बजेटले ‘हाम्रो लहान, समृद्ध लहान,कृषि उद्योग पर्यटन पूर्वाधार,शिक्षा स्वास्थ्य, सामाजिक सुरक्षा र रोजगार’मूल नारालाई कार्यान्वयनको लागि नगरपालिकाले अहिले सम्म ९० प्रतिशत कार्य कार्या सम्पन्न हुनेल गरी बजेट ल्याएको प्रष्टयाउनुभयो ।

lahan nagarpalikako bajet news.photo 2
आँपको राजधानी रहेको लहानको पहिचानलाई अन्तराष्ट्रिय पहिचान दिलाउन मनमोहक आँप पार्क निर्माणको साथै धार्मिक पर्यटनको आधार रहेको सलहेस, राजदेवी , दिनाभद्री, ब्रम्हान स्थान,देवी दह लगायतका स्थानहरुको लागि समेत बजेट आएको नगरप्रमुख मुनि साहले थप्पनुभयो,‘श्मासान घाटको निर्माण र फिकल परियोजना अन्तर्गतको लेदो जन्य फोहर वयवस्थापन फोहोरबाट मोहर आठ करोडको परियोजना यसैवर्षदेखि सुरु हुनेछ ।’
बजेट सार्वजानिकीकारण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खेमनन्दन भुषालले स्वागत गर्दै लहानको समृद्धि र विकासको लागि नमूना कार्य भएको विश्वास व्यक्त गर्नुभयो ।


सार्वजानिकीकरण कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रमानन्द गुप्ताले लहानको समृद्धि र विकासको लागि लहान नगरपालिकाले प्रशंसनीय कार्य गरिरहेकेको धन्यवाद व्यक्त गर्नुभयो । सार्वजानिकीकरण कार्यक्रममा एक दर्जनभन्दा बढी पत्रकारहरु उपस्थित हुनु भएको कार्यक्रमको सञ्चालन लहान नगरपालिकाका कर्मचारी लखनलाल साहले गर्नु भएको थियो ।


 

लहानदेखि गोठडाँडा सम ...

जीवछ यादव लहान,बैशाख १९ गते  जीवन कहिल्यै नटुङिन ...

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A