धान दिवसको अवसरमा अगुवा किसानलाई सम्मान र कृषि सडक निर्माण

  • असार १५, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी


१८ औ धान दिवसको अवसरमा लहान नगरपालिकाले ‘धान उत्पादनमा वृद्धि,खाद्य सुरक्षामा आत्मनिर्भरता र समृद्धि’मूल नाराको साथ लहान नगरपालिकाका अगुवा कृषक समूहलाई नगद पुरस्कार ससहित गम्छा ओढाएर सम्मान गरेको छ भने लहान–१३ मा कृषि सडक निर्माण सम्पन्न गरेको छ ।


लहान नगरसभा हलमा अगुवा कृषक समूहहरु मध्ये १० वटा समूहलाई प्रति समूह दस हजार नगद सहित समूहका अगुवा कृषकलाई गम्छा ओढाएर प्रमाण पत्र सहित वितरण गर्दै नगरप्रमुख मुनि साहले भन्नुभयो,‘कृषकहरु आत्मनिर्भर नहुञ्जेलसम्म नगर समृद्ध नहुने, हाम्रो लहान समृद्ध लहानको सपना पनि सकार नहुने भएकोले कृषकहरुलाई आत्म निर्भर बनाउन कृषि सिंचाई,विउ र प्राविधिक ज्ञान दिनुको साथै कृषि सडक निर्माण र विद्युतीकरणमा जोड दिएको हो ।’dhan diwas news (Autosaved).photo 2

ग्रामीण भेग र शहरी विकासको सन्तुलनको लागि सधैं तत्पर रहेको उहाँले भन्दै यस आर्थिक वर्षदेखि कृषकको कृषि मिटरको महसुल नगरपालिकाले नै तिर्नैगरी ७० लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । सम्मनति हुँदै लहान –११ क कृषक श्रीदेव साहले खुसी व्यक्त गर्दै कृषकको लागि स्थानीय सरकार काम गरिरहेको अनुभूति भएको बताउनुभयो ।

 

लहान–१३ का कृषक रघुवीर यादव इनर ठाकुर र देवेन्द्र महतोले हाम्रो आवाज नगरपालिका र वडा नम्वर –१३ ले सुनेर बर्षौदेखिको चाहना कृषि सडक निर्माण गरिदिएपछि असाध्यै खुसी भएको खुसी व्यक्त गर्नुभयो ।
लहान नगरपालिकाले सम्पन्न नीति तथा बजेट कार्यक्रममा कृषि तथा सिंचाई शिर्षकमा समेटिएको २२ वटा कार्यहरुमा एक वडा एक उत्पादन,कृषि सडक निर्माण तथा विद्युतीकरण,कृषि थोक बजार निर्माण,किसान परिचयपत्र,खुटी र बानो नहरको निर्माण कार्य सुरुवात लगायतका रहेका छन् ।

dhan diwas news (Autosaved).photo 3
धान उत्पादनको लागि लहान नगरपालिकाको केहि वडा पकेट क्षेत्रको रुपमा विकास गरी यस नगरपालिकालाई धान उत्पादनमा आत्मनिर्भर हुने गरी कृषि शाखाले काम गरी रहेकोले धान दिवसको अवसरमा अघि सारिएको नारा कार्यान्वयन हुने कृषि विकास प्रमुख प्रकाश साहले आफ्नो धारणा राख्नुभयो ।


कृषि संयोजक प्रदिप कुमार चौधरीले कृषि शाखा र अगुवा कृषकहरुबीच निरन्तरको सम्बन्ध कायम गरेर समयमै प्राविधिक ज्ञान सीप र तालिम दिएर धान उत्पादनमा बृद्धि गरिने विश्वास लिाउनुभयो ।

 

लहानदेखि गोठडाँडा सम ...

जीवछ यादव लहान,बैशाख १९ गते  जीवन कहिल्यै नटुङिन ...

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A