मृतकका परिवारलाई जिवन विमा वापतको रकम हस्तान्तरण

  • असार २२, २०७८
  • समृद्धिपथ
alt

एलिना हिङ्गमाङ्ग चौधरी,

लहान । सानिमा लाईफ ईन्सोरेन्स लिमिटेड लहान शाखाले एक मृतकका परिवारलाई जिवन विमा वापतको रकम हस्तान्तरण गरेको छ ।

लहानमा एक कार्यक्रमको आयोजना गरि मृतक ५५ वर्षीय जोगी ठाकुरकी श्रीमती सागर देवी ठाकुरलाई जीवन वीमा वापतको रकम एकमुष्ट चार लाख चौरासी हजार ८ सय ६ रुपैयाको चेक शाखाका म्यानेजर जितेनद्र चौधरी र अभिकर्ता विरेन्द्र शर्माले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो ।

सिरहाको साविक रामपुर विर्ता गाविस ५ हाल मिर्चैया नगरपालिका वार्ड नं १ वस्ने कृषि पेशा गर्दै आएका जोगीको यही जेठ १६ गते आप्नै कालगतिले मृत्यु भएको थियो । विमित ठाकुरले विमांङ्क २ लाख ४० हजारको शुम लक्ष्मी वीमा गरेका थिए । उनले सोका लागि दुई किस्ता बापत रु ४० हजार ३ सय ९४ वीमा शुल्क तिरेका थिए ।

यसरी जिवन वीमा गरेको वीमितले आप्नै कालगतीबाट मृत्यू भएका बखत जिवन वीमा कम्पनीले दावी भुक्तानी गरि निजको परिवारलाई आथर््िाक राहत पुगेको भनी उपस्थित व्यक्तिहरुले कम्पनीको छिटोछरितो दावी फछ्यौटको लागि धन्यवाद समेत दिएको कम्पनीले जनाएको छ ।

ह्स्तान्तरण कार्यक्रममा वीमितका आफन्त, शाखाका कर्मचारीहरु एवं वीमा अभिकर्ताहरुको समेत सहभागीता रहेको थियो ।

लहानदेखि गोठडाँडा सम ...

जीवछ यादव लहान,बैशाख १९ गते  जीवन कहिल्यै नटुङिन ...

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A