मृतकका परिवारलाई जिवन विमा वापतको रकम हस्तान्तरण

  • असार २२, २०७८
  • समृद्धिपथ
alt

एलिना हिङ्गमाङ्ग चौधरी,

लहान । सानिमा लाईफ ईन्सोरेन्स लिमिटेड लहान शाखाले एक मृतकका परिवारलाई जिवन विमा वापतको रकम हस्तान्तरण गरेको छ ।

लहानमा एक कार्यक्रमको आयोजना गरि मृतक ५५ वर्षीय जोगी ठाकुरकी श्रीमती सागर देवी ठाकुरलाई जीवन वीमा वापतको रकम एकमुष्ट चार लाख चौरासी हजार ८ सय ६ रुपैयाको चेक शाखाका म्यानेजर जितेनद्र चौधरी र अभिकर्ता विरेन्द्र शर्माले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो ।

सिरहाको साविक रामपुर विर्ता गाविस ५ हाल मिर्चैया नगरपालिका वार्ड नं १ वस्ने कृषि पेशा गर्दै आएका जोगीको यही जेठ १६ गते आप्नै कालगतिले मृत्यु भएको थियो । विमित ठाकुरले विमांङ्क २ लाख ४० हजारको शुम लक्ष्मी वीमा गरेका थिए । उनले सोका लागि दुई किस्ता बापत रु ४० हजार ३ सय ९४ वीमा शुल्क तिरेका थिए ।

यसरी जिवन वीमा गरेको वीमितले आप्नै कालगतीबाट मृत्यू भएका बखत जिवन वीमा कम्पनीले दावी भुक्तानी गरि निजको परिवारलाई आथर््िाक राहत पुगेको भनी उपस्थित व्यक्तिहरुले कम्पनीको छिटोछरितो दावी फछ्यौटको लागि धन्यवाद समेत दिएको कम्पनीले जनाएको छ ।

ह्स्तान्तरण कार्यक्रममा वीमितका आफन्त, शाखाका कर्मचारीहरु एवं वीमा अभिकर्ताहरुको समेत सहभागीता रहेको थियो ।

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

राष्ट्रपति पौडेल र क ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवाय ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A