परदर्शिताको लागि सामाजिक लेखाजोखा आवश्यक

  • भदौ १६, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी

सरकारी तथा गैर सरकारी कार्यक्रमहरुको पारदर्शिताको लागि सामाजिक लेखाजोखा आवश्यक रहेको सरोकारवाला निकायका प्रमुखहरुले बताउनु भएका छन् । दलित जनकल्याण युवा क्लवद्वारा संचालित एक्सन एड र वाटर एडका कार्यक्रमहरुको १५ औ वार्षिक सााजिक लेखाजोखा कार्यक्रममा जनप्रतिनिधि र गैरसरकारी संस्थाका अगुवाहरुले यस्तो धराणा राखेका हुन् ।


जिल्ला समन्वय समिति सिरहाका प्रमुख राम चन्द्र ठाकुरले जिल्लामा रहेका एक सयभन्दा वढी गैरसरकारी संघसंस्था र १७ वटै स्थानीय तहहरुले विकास र सामाजिक न्याय तथा जन चेतनाका लागि आएका बजेटहरुको सामाजिक लेखाजोखा हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।


सामाजिक रुपान्तरण र समृद्धिको लागि दलित जनकल्याण युवा क्लवले लहान नगरपालिका,धनगडीमाइ नगरपालिका,औरही गाँउपालिका र सखुवानन्कारकटि गाँउपालिकामा गरेका कार्यक्रमहरुमा पारदर्शिता जनसहभागितको बिधिबाट गरेका नमूना कार्यक्रमहरुबाट जनप्रतिनिधिहरुले समेत पाठ सिक्नुपर्ने उहाँले बताउनुभयो ।


तीनै तहको सरकारबाट आएका विकासका बजेटहरुको पारदर्शिता सामाजिक लेखाजोखा नहुँदा आर्थिक अनियमितता र भ्रष्टाचार बढ्दै जानुको साथै जन गुनासोहरु समेत भइरहेकोले सामाजिक लेखाजोखा प्रणालीलाई अभ्यासमा ल्याउन जिल्लाका १७ वटै स्थानीय तहसंग समन्वय गर्ने प्रमुख ठाकुरले विश्वास व्यक्त गर्नुभयो ।


सामाजिक लेखाजोखा प्रणलीलाई अभ्यासमा ल्याउन नचाहने गैरसरकारी संघ संस्थाहरुलाई वर्तमान अवस्थामा काम गर्न अपठयारो हुने गैरसरकारी महासंघ सिरहाका अध्यक्ष गोविन्द विष्टले बताउनुभयो । उहाँले थप्नुभयो ‘सिरहाका स्थानीय तहहरुमा बजेटलाई पारदर्शिता गर्ने अभ्यास गरेको छैन । चार वर्ष वित्नै लाग्यो स्थानीय तहमा सामाजिक लेखाजोखाको अभ्यास देखिएको छैन, यसतर्फ ध्यान जान आवश्यक छ ।’

लहान नगरपालिकामा दलित जनकल्याण युवा क्लवको माध्यमबाट विकन परियोजना वाटरएड र एक्सनएडको सहयोगबाट भएको करोडौको कार्यक्रममो पारदर्शिताले खानेपानी,स्वच्छता र जनजागरण कार्यक्रमा सबैको उत्साहजनक सहभागीता जुटेको लहान नगरपालिकाको उपप्रमुख सरियार कुमारी चौधरीले जानकारी दिनुभयो ।


धनगडीमाइ नगरपालिका उपप्रमुख फूल कुमारी श्रेष्ठले दलित जनकल्याण युवा कल्वले अपनाएको सामाजिक लेखाजोखा प्रणालीको अभ्यासलाई वडा स्तरीय कार्यक्रमहरुमा समेत लागु गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा एकसनएडको तर्फबाट शिब नारायण चौधरी र विकन परियोजना वाटर एडको तर्फबाट किरण ढुङगानाले भएका कार्यक्रमहरु जुटेको जनसहभागिता र बजेटको खर्च गरेको रकमबारे जानकारी गराएको थियो । दुबै कार्यक्रममा विनियोजित रककमको ९९ प्रतिशत खर्च भएको जानकारी गराएको थियो ।


कार्यक्रममा लहान नगरपालिका र धनगडीमाइ नगरपालिकाका वडाध्यक्षहरु, विद्यालयका प्रधानाध्यापक, सञ्चारकर्मी रविभिन्न संघ संस्थाहरुको प्रतिनिधि सहभागी थियो ।

 



लहानदेखि गोठडाँडा सम ...

जीवछ यादव लहान,बैशाख १९ गते  जीवन कहिल्यै नटुङिन ...

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A