परदर्शिताको लागि सामाजिक लेखाजोखा आवश्यक

  • भदौ १६, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी

सरकारी तथा गैर सरकारी कार्यक्रमहरुको पारदर्शिताको लागि सामाजिक लेखाजोखा आवश्यक रहेको सरोकारवाला निकायका प्रमुखहरुले बताउनु भएका छन् । दलित जनकल्याण युवा क्लवद्वारा संचालित एक्सन एड र वाटर एडका कार्यक्रमहरुको १५ औ वार्षिक सााजिक लेखाजोखा कार्यक्रममा जनप्रतिनिधि र गैरसरकारी संस्थाका अगुवाहरुले यस्तो धराणा राखेका हुन् ।


जिल्ला समन्वय समिति सिरहाका प्रमुख राम चन्द्र ठाकुरले जिल्लामा रहेका एक सयभन्दा वढी गैरसरकारी संघसंस्था र १७ वटै स्थानीय तहहरुले विकास र सामाजिक न्याय तथा जन चेतनाका लागि आएका बजेटहरुको सामाजिक लेखाजोखा हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।


सामाजिक रुपान्तरण र समृद्धिको लागि दलित जनकल्याण युवा क्लवले लहान नगरपालिका,धनगडीमाइ नगरपालिका,औरही गाँउपालिका र सखुवानन्कारकटि गाँउपालिकामा गरेका कार्यक्रमहरुमा पारदर्शिता जनसहभागितको बिधिबाट गरेका नमूना कार्यक्रमहरुबाट जनप्रतिनिधिहरुले समेत पाठ सिक्नुपर्ने उहाँले बताउनुभयो ।


तीनै तहको सरकारबाट आएका विकासका बजेटहरुको पारदर्शिता सामाजिक लेखाजोखा नहुँदा आर्थिक अनियमितता र भ्रष्टाचार बढ्दै जानुको साथै जन गुनासोहरु समेत भइरहेकोले सामाजिक लेखाजोखा प्रणालीलाई अभ्यासमा ल्याउन जिल्लाका १७ वटै स्थानीय तहसंग समन्वय गर्ने प्रमुख ठाकुरले विश्वास व्यक्त गर्नुभयो ।


सामाजिक लेखाजोखा प्रणलीलाई अभ्यासमा ल्याउन नचाहने गैरसरकारी संघ संस्थाहरुलाई वर्तमान अवस्थामा काम गर्न अपठयारो हुने गैरसरकारी महासंघ सिरहाका अध्यक्ष गोविन्द विष्टले बताउनुभयो । उहाँले थप्नुभयो ‘सिरहाका स्थानीय तहहरुमा बजेटलाई पारदर्शिता गर्ने अभ्यास गरेको छैन । चार वर्ष वित्नै लाग्यो स्थानीय तहमा सामाजिक लेखाजोखाको अभ्यास देखिएको छैन, यसतर्फ ध्यान जान आवश्यक छ ।’

लहान नगरपालिकामा दलित जनकल्याण युवा क्लवको माध्यमबाट विकन परियोजना वाटरएड र एक्सनएडको सहयोगबाट भएको करोडौको कार्यक्रममो पारदर्शिताले खानेपानी,स्वच्छता र जनजागरण कार्यक्रमा सबैको उत्साहजनक सहभागीता जुटेको लहान नगरपालिकाको उपप्रमुख सरियार कुमारी चौधरीले जानकारी दिनुभयो ।


धनगडीमाइ नगरपालिका उपप्रमुख फूल कुमारी श्रेष्ठले दलित जनकल्याण युवा कल्वले अपनाएको सामाजिक लेखाजोखा प्रणालीको अभ्यासलाई वडा स्तरीय कार्यक्रमहरुमा समेत लागु गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा एकसनएडको तर्फबाट शिब नारायण चौधरी र विकन परियोजना वाटर एडको तर्फबाट किरण ढुङगानाले भएका कार्यक्रमहरु जुटेको जनसहभागिता र बजेटको खर्च गरेको रकमबारे जानकारी गराएको थियो । दुबै कार्यक्रममा विनियोजित रककमको ९९ प्रतिशत खर्च भएको जानकारी गराएको थियो ।


कार्यक्रममा लहान नगरपालिका र धनगडीमाइ नगरपालिकाका वडाध्यक्षहरु, विद्यालयका प्रधानाध्यापक, सञ्चारकर्मी रविभिन्न संघ संस्थाहरुको प्रतिनिधि सहभागी थियो ।

 



वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A